नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।
पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥
बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।
पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ।
पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।
शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।

शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।
शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
तपाईंको लागि बाला चतुर्दशीको सबैभन्दा अर्थपूर्ण पक्ष के हो?




बागमती, १५ मङ्सिरः बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशका ६७ वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्य...

सुन्दरबजार (लमजुङ) – सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन्। पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थी...
काठमाडौँ । सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौँमा सुरू भयो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले...

काठमाडाैँ । सौर्य उर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान)ले नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता विवादमा जोडिएका उद्योगीहरूको लगानी रहेको हाइड्रोपावरबाट उठाउने गरी गरेक...
पोखरा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदान नै उपयुक्त हुने विचार व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन भ्रमणका निम्ति प्रस्थान गरेका छन् । उनी शनिबार एक हप्ताका निम्ति निजी भ्रमणका सिलसिलामा चीन प्रस्थान गरेका उक्त पार्टीका केन्द्रीय प्रवक्ता डा. श...
रौतहट — रौतहटको गुजरा नगरपालिकास्थित राईटोलमा शनिबार बाघको आक्रमणमा परी वडाध्यक्षसहित दुईजना घाइते भएका छन् । बाघको आक्रमण परी गुजरा–१ का ६५ वर्षीय बौराही चौधरी र वडाध्यक्ष ५५ वर्षीय रामजीत चौधरी ...
उकेरा टप फाइभ : क्रिकेटको आवरणमा पारसको शंकास्पद कामदेखि डा. सुभाषको उपचार अनुभवसम्म केहि सेकेन्ड अघि A A आज नेपाल प्रिमियर लिग एनपिएलको उद्घाटन। त्यसैले दिनभर एनपिएल चर्चामा रह्यो। आजै भएको उद...