नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ ।
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
आर्थिक र सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले १९८५ मा घोषणा गरेको थियो। यस दिनले संसारभरका स्वयंसेवकहरूको आर्थिक र सामाजिक विकासतर्फको महत्त्वपूर्ण योगदानलाई मान्यता र सम्मान प्रदान गर्दछ। यो दिन स्वयंसेवक गतिविधिहरूको प्रवर्द्धन गर्न र थप मानिसहरूलाई सामुदायिक सेवामा सहभागी हुन प्रोत्साहन दिनको अवसर पनि हो।
२०२४ को विषयवस्तु
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको विषयवस्तु प्रत्येक वर्ष परिवर्तन हुन्छ यद्यपि यसले स्वयंसेवक को प्रभावको विशेष पक्षलाई केन्द्रमा राख्छ।
सन् २०२४ को नारा:
How volunteers contribute to the Sustainable Development Goals (SDGs) दिगो विकासको लक्ष्य प्राप्त गर्न स्वंसेवकहरुको योगदान भन्ने अर्थ लाग्दछ ।

स्वयंसेवा के हो ?
यस वर्ष संयुक्त राष्ट्र सङ्घले आफ्नो वेबसाइटमा स्वयंसेवालाई यसरी व्याख्या गरेको पाइयो । स्वयंसेवा भनेको दिनु, बाँड्नु , अरूको साथमा उभिनु, तपाईँले ख्याल गर्नुहुने कारणहरूलाई समर्थन गर्नु र सबैका लागि राम्रो भविष्य सिर्जना गर्नु हो।
नेपालको स्वयंसेवा
नेपालको स्वयंसेवाको परिपक्ष्यमा कुरा गरौँ, स्वयंसेवाको कुरा गर्दा हामीमध्ये धेरैले रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेको हुनसक्छौं, कुनै स्वार्थबिना या अझ भनौँ अनुभव कालागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरूमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो ।
समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरू को ठुलो भूमिका छ, सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । स्वयंसेवा अर्थात् आफैले निस्वार्थ सेवा गर्नु भन्ने बुझाउँदछ ।
तपाईंको विचारमा समाजमा सबैभन्दा महत्त्वपूर्ण स्वयंसेवी कार्य कुन हो?
स्वंसेवकहरुको भूमिका मार्फत गरिबी, असमानता, शिक्षा, स्वास्थ्य, र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूको सामना गर्न सहयोग पुग्दै आएको छ । स्वयंसेवकहरूले समावेशी समुदायहरू निर्माण गर्न, उपेक्षित आवाजहरूलाई सशक्त बनाउन, र सामाजिक तथा वातावरणीय समस्याहरूको सामना गर्न प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछन् भन्ने अठोट पनि आजको दिनले लिएको छ ।
प्रमुख उद्देश्यहरू
स्वंसेवकहरुको प्रयासहरूको सम्मान: स्वयंसेवक कार्यमार्फत योगदान गर्ने व्यक्तिहरू र संस्थाहरूको समर्पणलाई उजागर गर्दै सम्मान गर्नु।
स्वयंसेवाको प्रवर्द्धन विश्वभरका मानिसहरूलाई स्वयंसेवकमा संलग्न हुन प्रेरित गर्दै आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्न हौसला दिनु।
चेतना फैलाउनु: स्वयंसेवकले विश्वव्यापी शान्ति, विकास, र सहकार्य हासिल गर्न गरेको महत्वलाई उजागर गर्नु पनि हो ।
यस दिवसको अर्थपूर्ण शुभकामना । यदि तपाईँले पनि कुनै स्वयंसेवा गर्नुभएको छ ? आफ्नो अनुभव हामीलाई लेख्नुहोला है त ।


विश्व माटो दिवस
५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ।
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
सन् २०२४ को माटो दिवसको नाराः
Caring for Soils: Measure, Monitor, Manage
अर्थात् माटोको हेरचाह, मापन, निगरानी र व्यवस्थापन भन्ने अर्थ लाग्दछ ।
पृष्ठभूमि
बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले कहिले ख्याल नै गरेका छैनौ। त्यसैले स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ। थाईल्याण्डको राजा भुमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




क्लिकमान्डु काठमाडौं । एक वर्षभन्दा पहिलेदेखि हमास समूहले बन्धक बनाइराखेका नेपाली विद्यार्थी विपिन जोशी जीवीत नै रहेको इजरायल सरकारले जानकारी दिएको छ । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत समुल...

वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको विशेषको ठहर, राजनीतिक तहलाई सफाइ ५ मिनेट अघि A A काठमाडौँ : विशेष अदालत काठमाडौँले दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाच...

काठमाडौं, २० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले कुलमान घिसिङले सरकारलाई नटेरेको भन्दै अब टुलुटुलु हेरेर नबस्ने भन्दै हस्तक्षेप गर्ने चेतावनी दिएका छन् । ट्रंकलाइन र डेडिकेटेड लाइनमा देखिएको समस्याक...

काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हव...

वाइडबढी प्रकरणमा मुद्दा चलेपछि कर्णाली प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका जीवनबहादुर शाहीले सफाइ पाएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका उनको फैसलासँगै अब निलम्बन फुकुवा हुने भएको छ । वाइडब...

पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना र पर्यटन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछानेलाई डेढ वर्षका दरले कैदको फैसला भएको छ। वाइडबडी विमान खरिदमा उनीहरुको भ्रष्टाचार ठहर गर्दै विशेष अदालतले ...
सोलुखुम्बु — हिउँदयाममा गएको सुक्खा पहिरोका कारण सोलुदुधकुण्ड नगरपालिका-११ तिङ्लाको एउटा बस्ती नै जोखिममा परेको छ । एक सातायता सोलुखोलामाथि सारेलोकचौरमा लगातार पहिरो जाँदा २ सय रोपनी खेतीयोग्य जमिन...
२० मंसिर, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा जारी भएको नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगितामा ६ चरणको खेल सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका,भ...