नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


धनु संक्रान्ति
यो श्लोकले धनु सङ्क्रान्तिको धार्मिक महत्त्व र यस अवसरमा गर्नुपर्ने कर्महरूलाई प्रकाश पार्छ।
सुन्न ट्याप गर्नुहोस्
धनु सङ्क्रान्ति श्लोकः
सूर्यः धनुरभिप्राप्तः पुण्यकालः प्रतिष्ठितः।
दानं स्नानं जपः कार्या धर्मस्य फलसिद्धये॥
अर्थ:
जब सूर्य धनु राशिमा प्रवेश गर्दछ, त्यो समय पुण्यकाल मानिन्छ। यस समयमा दान, स्नान, र जप गर्नु धर्मको सिद्धि प्राप्तिका लागि गरिन्छ।
यो श्लोकले धनु सङ्क्रान्तिको धार्मिक महत्त्व र यस अवसरमा गर्नुपर्ने कर्महरूलाई प्रकाश पार्छ।

वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ
जाडो, गर्मी, चिसो तातो, वर्षा अनि हिउँद यी सबै सूर्यको अवस्थिति र पृथ्वीको घुमाई मा भर पर्दछ, वैदिक सनातन हिन्दु महिना आजबाट नवौँ महिना पौषमा लाग्दै छ र सूर्य आजबाट धनु राशिमा प्रवेश गर्दै छ । दिनहरू अब बिस्तारै छोटा छोटा हुँदै छन् भने रातहरू लामा लामा हुँदै छन् । पुस फासफुस अर्थात् छिट्टै बित्ने छोटा दिनहरूका रूपमा लिइन्छ । अब यो महिना मकर सङ्क्रान्तिमा जोडिन्छ र यो पावन सङ्क्रान्तिमा विभिन्न तीर्थहरूमा गएर र विशेषतः नदी किनारमा डुबुल्की मार्दै पाप मोचन र पुण्य प्राप्ती गर्ने चलन छ । यसरी गरिने स्नानलाई सङ्क्रमण स्नान भनिन्छ ।
घामका किरणहरू सर्वप्रिय भएका छन्
तातो तातो लुगा अनि तातो तातो खानेकुरा अब सबैको प्यारो भई सक्यो, गर्मीमा घाम उति प्यारो थिएन तर बिस्तारै पारिला घामका किरणहरू सर्वप्रिय भएका छन् । चौरमा बसेर घाम ताप्ने अनि बदाम छोडाउँदै खाने भीडहरू प्रशस्तै देखिन्छ ।
यो मध्ये कुन शब्दमा पुष महिनालाई जोडिने गरिन्छ ?
अनि हिउँदमा आफ्नो हेरविचार अलि बढी गर्न जरुरी हुन्छ । चिसो लागेमा खोकी अनि निमोनियाजस्ता सङ्क्रमण हुने सम्भावनाबाट बच्न धेरै न्यानो हुन जरुरी छ ।
आजका सङ्क्रान्ति तिर्थाटनका लागि एकदमै जरुरी छ, आजकै दिन श्रीकृष्ण मथुरा गएको र हिंसक मामा कंसको संहार गर्ने क्रम अगाडी बढेको जनविश्वास रहेको छ । भागवत पुराणका अनुसार आज कंशले कृष्ण र बलरामलाई धनु यात्रामा निमन्त्रणा दिएर मार्ने योजना गरेका थिए । आजका दिन सूर्य देव र भगवान् शिवको पूजा गरिन्छ । सूर्यलाई विभिन्न प्रकारको अर्घ अनि प्रसादहरू चढाउने अनि शिवलाई नैवेद्य तथा सुगन्धित पुष्पहरू चढाउने गरिन्छ ।
यस पुस महिनामा सबैको जय होस्, शुभकामना!
-हाम्रो पात्रोको लागि सुयोग ढकाल




कोलम्बो । श्रीलंकाको राष्ट्रिय निर्माण अनुसन्धान संगठन (एनबीआरओ)ले सोमबार चार जिल्लाका धेरै क्षेत्रमा पहिरोको प्रारम्भिक चेतावनी जारी गरेको छ । श्रीलंकाका केही भागमा भारी वर्षा जारी रहेपछि चेतावनी...
काठमाडौँ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कास्कीको पोखरामा आइतबार सम्पन्न सम्मेलनले वीरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी...

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई गुणस्तरीय साथै व्यावहारिक शिक्षा प्रदान गरी दक्ष, सक्षम तथा नैतिकवान नागरिक तयार गर्नु हामी सबैको जिम्मेवारी र दायित्व भ...
काठमाडौँ । पूर्व प्रमुख स्व. पिएल (प्रेमलाल) सिंहलाई मंसिर २९ गते काठमाडौँ महानगरपालिकाकाले सम्मानित गरेको थियो । उहाँको कार्यकालमा घोषणा भएको महानगर ३० औँ वर्ष प्रवेश अवसरमा मंसिर २९ गते सम्मान प...

नुवाकोट, पुस १ गते । नुवाकोटको विदुर नगरपालिका –११ स्थित ऐतिहासिक जितगढी भ्रमण र यहाँबाट देखिने नुवाकोट–रसुवालगायतका स्थानको अवलोकन गर्न पुगेका आन्तरिक पर्यटक । पुरातत्त्व विभागको अनुसार यहीँबाट गर...
झापा,। बिर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको क्वार्टरफाइनलमा सिराहाको सहलेश युवा क्लबसँग पराजित हुँदै त्रिभुवन आर्मी फुटबल क्लब प्रथम झापा कप प्रतियोगिताबाट बाहिरिएको छ।

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १ दशमलव ८९ प्रतिशतले सङ्कुचित भएको सङ्घीय वाणिज्य र उद्योग मन्त्रालयले सोमबार जनाएको छ ।

काठमाडौँ : भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ्गले नेकपा एमालेलाई जग्गा दान गरेको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। आज रिट खारेज भएपछि उक्त जग्गामा पार्टी कार्यालय बनाउ...