दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

दशमी श्राद्ध
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

दशमी श्राद्धमा पितृमोक्षका लागि तपाईंको कामना के हो?
सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
दशमी तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।


International Day For The Preservation Of The Ozone Layer
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि
विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।
किन मनाइन्छ यो दिवस ?
सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसबेलादेखि प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई सुरक्षात्मक ओजोन तहको संरक्षणको महत्त्वमा समर्पित गरिएको छ।
ओजोन तह विनाश
स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।
विश्व ओजोन तह बचाउ दिवस विश्व ओजोन तह बचाउ दिवस २०२५ को नारा "From Science to Global Action" यो विषयले देखाउँछ कि वैज्ञानिक अनुसन्धानले कसरी ओजन तह संरक्षणको लागि वैश्विक पहलमा रूपान्तरण गर्यो। ओजन तहलाई नष्ट गर्ने रासायनिक पदार्थहरू (जस्तै CFCs) नियन्त्रण गर्न Montreal Protocol लागू गरियो, जुन ऐतिहासिक अन्तर्राष्ट्रिय सहमति हो।






म्याड्रिड । उपभोग र लगानीको राम्रो प्रवृत्तिका कारण स्पेन सरकारले सन् २०२५ का लागि देशको आर्थिक वृद्धिको अनुमान २.६ प्रतिशतबाट बढाएर २.७ प्रतिशतमा पुर्याएको छ । अर्थमन्त्री कार्लोस कुएर्पोले पत्र...

‘इतिहासका लागि सत्य सुरक्षित राख्नुपर्छ र पस्कनु पर्छ,’ पत्रकार सञ्जय बारुले ‘दि एक्सिडेन्टल प्राइममिनिस्टर’ नामक आफ्नो पुस्तकमा लेखेका छन्। तर नेपालमा भदौ २३ र २४ गतेको जेनजी विद्रोहका क्रममा दशकौ...

अमेरिका — अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा प्रवेश गरेका आप्रवासी निष्कासितपछि पुनः प्रवेश गरे १० वर्ष जेल सजाय हुने भएको छ । ‘स्टप इलिगल इन्ट्री एक्ट’ नाम दिइएको बिल गत बिहीबार अमेरिकी...
'हरर' फिल्म अर्थात् भूतप्रेतको कथा भएको डरलाग्दो फिल्म हेर्नु आफैमा एउटा अलग अनुभव हो। हरर फिल्महरू सस्पेन्स र डरले भरिएका हुन्छन्। केही हरर फिल्म त यस्ता हुन्छन्, जसलाई एक्लै हेर्दा डरले पसिना छु...

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्र...

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूलाई जति रिस गरे पनि माया गर्न छाड्दिनँ भनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन्। साम्पाङले बालेनलाई विदेशीको कठ...

काठमाडौं- मुख्यसचिवको अध्यक्षतामा बसेको नेपाल सरकारका सचिवहरूको बैठकले जेनजी युवा पुस्ताको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त, मितव्ययी र प्रभावकारी बनाउने निर्णय गरेको छ। ...

पोखरा । जेनजी प्रदर्शनका क्रममा एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी ओलियाको बर...