अन्तर्राष्ट्रिय पुरुष दिवस / बाला चतुर्दशी व्रत (शतबीज छर्ने) / विश्व शौचालय दिवस
मंसिर कृष्ण चतुर्दशी
मंसिर कृष्ण चतुर्दशी

बाला चतुर्दशी व्रत
विशेष अडियो
बालचतुर्दश्याः पुण्यं श्राद्धतर्पणपूर्वकम्।
पितृभक्त्या समाराध्यं सद्गतिर्मोक्षदायिनी॥
बाला चतुर्दशीका दिन दिवंगतहरूको लागि बलिदान र अनुष्ठान गर्दा पुण्य प्राप्त हुन्छ।
पितृहरूप्रति भक्ति गरेमा यसले मुक्ति र परम शान्ति प्रदान गर्दछ।
पितृका नाममा दीप दान
आजको तिथिमा पितृका नाममा दीप दान गरेर बाला चतुर्दशी पर्व मनाइन्छ । काठमाडौँको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।

हिजो रातभर जाग्राम बसेर, भजन कीर्तन गरेर दीप प्रज्वलन गरेपश्चात् आज बिहान शत बीज छर्ने चलन रहेको छ । शत बीजमा सप्त बीज हुन्छ ।
शत बीज छर्ने चलन
आउनुहोस्, हाम्रो पात्रोमा आज चर्चा गरौँ, यो दिनको विषयमा । हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शत बीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्ग वा नर्कमा तर्नका लागि सहज होस् भनेर शत बीज छर्ने गरिएको हो ।
मङ्सिर कृष्ण त्रयोदशीका दिन जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ ।
शत बीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शत बीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ । मङ्सिर कृष्ण त्रयोदशीको दिन पितृहरूको सम्झनामा दीप प्रज्वलन गरेर रातभर जागा बस्ने र बिहान शत बीज छर्ने प्रचलन रहेको छ । बिहान स्नान गरेर चोखो र श्रद्धापूर्वक मनले शत बीज छर्नका लागि शिवालयनजिकका जङ्गलहरूलाई छान्ने गरिन्छ । काठमाडौँमा पशुपतिनाथ र यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, चतरा, वराहक्षेत्र, सेती वेणी धाम, देवघाटलगायतका स्थानहरूमा शत बीज छर्ने दर्शनार्थीहरु भेला भएका हुन्छन् ।

शत बीज छर्ने किंवदन्ती
शत बीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती चाहिँ अलिक अनौठो लाग्न सक्छ । बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए ।
बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।
उनीहरूको गुनासो सुनेपछि राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शत बीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शत बीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।
साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् ।
आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।


विश्व शौचालय दिवस
विशेष अडियो
के ट्वाइलेट फोहोरी ठाउँ नै हो त ?
ट्वाइलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनेँ अत्यन्त फोहोर या दुरवस्था जनाउने ठाउँ जनाउनु पर्दा ट्वाइलेट जस्तो छ्या भन्ने चलन छ ।
बच्चाले राम्रो नपढेमा ट्वाइलेट मा थुनिदिन्छु भन्ने धम्कीहरू त हामी मध्य धेरैले भोगेका अनि खपेका छौँ । जीवनका लागि अपरिहार्य अनि सरसफाइ को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि वितृष्णाका रूपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाहीँ लाग्ने गर्दछ ।
दुखद कुरा त के भनेँ नेपालका अधिकांश सहर या गाँउहरुमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच अनि मूत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?
शौचालयहरू दुर्गन्धित छन् , तर किन ?
अस्पताल देखि सिनेमा घर सम्मा अधिकांश शौचालयहरू दुर्गन्ध हुने गरेको हामीले पाएका छौँ भनेँ अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनेँ सुस्तरी शौचालय सभ्यता अनि सरसफाइ बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्त्वलाई सबैसामु उजागर गर्दे हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ।सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सर सफाइका श्रोत र सुविधा का साथ फालिने पानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।
अस्पताल देखि सिनेमा घर सम्मा अधिकांश शौचालयहरू दुर्गन्ध हुने गरेको हामीले पाएका छौँ भनेँ अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनेँ सुस्तरी शौचालय सभ्यता अनि सरसफाइ बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्त्वलाई सबैसामु उजागर गर्दे हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ।सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सर सफाइका श्रोत र सुविधा का साथ फालिने पानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।
आउनुहोस् यसै शौचालयको परिवृत्त अनि बिकासक्रमका कुरा गरौं ।
"सानैदेखि लगाऊँ बानी, चर्पी जाउन् हाम्रा नानी"
यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमूत्रबाट फैलन सक्ने रोगहरू अनि सङ्क्रमणहरू रोक्नका लागि यस्ता उदाहरणीय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको इतिहास त्यति पुरानो छैन तर विकासका धेरै मापदण्डहरू परिवर्तन भएको देख्ने पुस्ताहरू अझै जीवितै छन् ।
मान्छेहरूले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सर सफाइका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आई पुग्दा हाम्रो दिनचर्यासँग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरू थपिँदै आएका छन् । शौचालय पनि तिनीमध्येको एक हो । सुरुसुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौच गर्ने मान्छेहरूले बिस्तारै एउटा छुट्टै सानो कोठा शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । विश्व प्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मवृत्तान्त या यात्रा संस्मरणमा त्यस बखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा व्याख्या गरेको पाइन्छ । आज हामीहरू विभिन्न प्रकारका शौचालयहरू प्रयोग गर्दछौ, कुनै कुर्सीजस्तो बसेर शौच गर्न मिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने । गाउँघरमा सेप्टी ट्याङ्क या रिँग हालेर बनाइएको शौचालयहरूको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाउँका रूपमा हेरिने गरिए पनि सर सफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन आफू बस्ने कोठाभित्रै सङ्क्रमण रहित सफा र आकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छौँ । हरेक बिहान सामान्यतया हामी सबै शौचालय जान्छौँ । दिनभरिमा एउटा मानव सबैभन्दा धेरै जाने एक मात्र ठाउँ नै शौचालय हो ।

शौचालयको प्रयोगपछि गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुनुपर्ने कुराहरू पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत जस्तै: टिभी, रेडियोबाट प्रचार प्रसार गर्ने गरिएको छ । अझै पनि शौचालय प्रयोग गरिसकेपछि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरू सार्वजनिक शौचालयहरूमा लेखिएको पाइन्छ, यस अर्थमा शौचालय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बन गर्न जरुरी छ ।
शौचालय प्रयोगको विश्वव्यापी तथ्याकं
अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १०जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।
नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफाइ तथा व्यवस्थापन छैन ?
नेपालमा शौचालयका स्वरूपहरू
सुरुसुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलार्इ अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचालयको प्रयोग कालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक बहिस्कारसम्म गर्ने ह्वीम सृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले व्यापक भूमिका खेलेका छन् । तर नेपालका विकसित सहरहरूमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्ने गर्दछ । कतिपय ठाउँमा त सार्वजनिक शौचालयको सुल्क यति महँगो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमूत्र त्याग गर्ने हामी नेपाली नै हौँ कि भन्ने भान हुन्छ । घरघरमा शौचालयको सही उपयोगका कुराहरू जानकारी दिन जरुरी छ ।
विदेशीहरूले ट्वाइलेट पेपरले शौच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरू पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौँ, दुवै तरिका सही हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरू हुन्छन् तर सरसफाइ महत्त्वपूर्ण कुरा हो ।
मुख्य कुरा आउने पुस्ताहरूलाई शौचालय फोहोर ठाउँ हो भन्ने भावना विकास हुन नदिऊँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर सङ्क्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरू हरेक वर्ग, लिङ्ग, जात जाति, समुदायसम्म पुर्याउनु जरुरी छ । याद राखौँ सफा शौचालयको सही प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।
विश्व शौचालय दिवस २०२५ को नारा "Sanitation in a Changing World" रहेको छ । यो नाराले बदलिँदो विश्वसँग मिलेर जाने सरसफाइ प्रणालीको आवश्यकता जनाउँछ। वातावरणीय परिवर्तन, द्रुत सहरीकरण, जनसंख्या वृद्धि र पानीको अभावजस्ता चुनौतीबीच पनि सबैका लागि सुरक्षित, पहुँचयोग्य र दिगो सरसफाइ सुनिश्चित गर्नुपर्ने सन्देश यो नाराले दिन्छ। यसले नयाँ प्रविधि, व्यवहार परिवर्तन र दीगो योजनाबाट सरसफाइ सेवालाई भविष्यका परिवर्तनहरू सामना गर्न सक्षम बनाउन आग्रह गर्दछ।