मुख्य सामग्रीमा जानुहोस्
हाम्रो पात्रो
आज
४९ दिन अगाडि
१७वैशाख २०८३बिहिवारApr 30, 2026🌔

नरसिंह जयन्ती

वैशाख शुक्ल चतुर्दशी

सूर्योदय:५ : २५
सूर्यास्त:१८ : ३६

नोटस्

आगामी दिनहरू

नरसिंह जयन्ती

नरसिंह जयन्ती

विशेष अडियो सामग्री

0:00 / 0:00

को हुन नरसिंह ?

राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुई छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भाइ हिरण्यकशिपुले आराध्यदेव भगवान महादेवलाई प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर आज्ञा भयो ।


हिरण्यकशिपुको वरदान के थियो ?

हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन आग्रहलाई भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।

न भूमीमा, न आकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।

न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।


हिरण्यकशिपुको यो आग्रहलाई भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ आफूलाई अजर अमर ठान्न थाल्यो र उसले आफूलाई नै भगवान घोषणा गरीदियो ।


त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो ।

हिरण्यकशिपुको छोरा भक्त प्रह्लाद

केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले आफूलाई भगवान ठानेको भ्रमलाई अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको आभामा आगलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।


राजा हिरण्यकशिपुले आफ्नो छोरालाई आफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद आफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको आस्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।


एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलाई दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु आधा शरीर पुरूष तथा आधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलाई दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलाई बोकेर आफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलाई हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिआएको छ । भगवान विष्णुले आजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा आजको दिनलाई नरसिंह जयन्तीको रूपमा मनाइँदै आइएको छ ।

हाम्रो पात्रोबाट थप

टिप्पणीहरू