बुद्ध जयन्ती / उभौली पर्व / चण्डेश्वरी जात्रा / कुर्म जयन्ती / वैसाख स्नान समाप्ति / गोरखनाथ जयन्ती / चण्डी पूर्णिमा / अन्तर्राष्ट्रिय श्रमिक दिवस
वैशाख शुक्ल पूर्णिमा
वैशाख शुक्ल पूर्णिमा

बुद्ध जयन्ती
विशेष अडियो सामग्री
बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।
हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको रुपन्देही जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनिको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।

त्यस कारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन सहर वाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको सङ्ख्या ९७५ पुगेको थियो ।
शाक्यमुनि बुद्धको जन्म
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
शाक्यमुनि बुद्धको जीवकथा
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रङ्ग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तिपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरे मात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आऊ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीको शुभकामना ।


अन्तर्राष्ट्रिय श्रमिक दिवस
विशेष अडियो सामग्री
संसारभरि वर्षको यो दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा भव्य सहभागिता अनि श्रमसँग सम्बन्धी तत्त्वहरूको सान्ध्यताका साथ मनाइन्छ । संसारभरि धेरैलाई यस मे दिवसलाई अलिक समाजवाद अनि कम्यूनिज्मसँग मात्र जोडेर क्युबा र पूर्व सोभियत युनियनसँग जोडेर हेर्ने चलन पनि रहेको छ, तथापि सम्पूर्ण रूपमा श्रमिक अधिकारको यस दिवसलाई प्रजातान्त्रिक रूपमा अझ महत्त्व र उत्कर्षका साथ देख्न जरुरी छ ।
१९औँ शताब्दीलाई श्रम अनि श्रमिकको शताब्दीका रूपमा चिनिन्छ, यसै शताब्दीको सुरुवातसँगै विभिन्न कारखाना, उद्योग, उत्पादन अनि विकासका नयाँ आयामको सुरुवात भएका हुन्, यी उद्योग अनि औद्योगीकरणमा श्रमिक अनि कार्यगत समूहको महत्त्व अनि श्रमको उचित मूल्यका लागी आजको दिन संसारभरि पैरवी गर्नका लागी अत्यन्त महत्त्वपूर्ण छ ।
मे दिवसको पृष्ठभूमि
१९ औ शताब्दी लाग्नु अगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा "हे मार्केट काण्ड" भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धी मुद्दाको लागी विशेष अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा ८ घण्टा कार्य गर्ने वातावरणका लागी भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको संझनास्वरुप मे १ मनाउन थालिएको हो । स्मरण रहोस् त्यो आन्दोलन पूर्व सामान्य रुपमा संसारभरिका कामदारहरूले दैनिक १६ घण्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट सुरु गरिएको हो । शनिवारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी ८ घण्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए, अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ ।
पहिलो मे दिवसको घोषणाको वाक्यांश के थियो ?
सन् १८८६ को प्रथम मे दिवसमा प्रयोग गरिएको ऐतिहासिक वाक्यांशको अङ्ग्रेजी र नेपाली रूपान्तरण यहाँ केवल हाम्रो पात्रोको आँगनमा फिँजाउन चाह्यौTHE DAY WILL COME WHEN OUR SILENCE WILL BE MORE POWERFUL THAN THE VOICES YOU ARE THROTTLING TODAY.
अर्थात् एक दिन त्यस्तो हुनेछ जब अहिलेको हाम्रो मौनता नै तिमीहरूको गर्जनभन्दा बलियो हुनेछ ।
माथिको वाक्यांशले उति वेलाका उधोगपती हरुलाई सम्बोधन गरेको छ, यस अर्थमा १३० वर्ष भन्दा धेरै समय अगाडि वाटै केही न केही हिसाबमा आजसम्म पनि उद्योगपति र श्रमिक बिचको खाल्डो भने रहीनैरहेको छ , आजको विश्वमा । मे दिवसले यस विषयमा संसारभरि बोल्न सकोस् । भएका परिवर्तनलाई संस्थागत गर्न सकोस् अनि काम गरेर खाने वातावरण अनि श्रमको सही मूल्य दियोस् ।

नेपालमा मे दिवस
नेपालको परिपक्ष्यमा पनि नेपाली श्रमिक दाजुभाइ तथा दिदिवहिनीहरुको साथ नहुने भए ७ साल देखि ४६ साल अनि ६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरू अटाउँदछौ । विदेशमा गरेको श्रमबाटै आउने विपेश्रणले नेपालको अर्थतन्त्रलाई टेवा दिएको छ, यस अर्थमा हामीले लगाएको, खाएको, बोकेको मोबाइल अनि देश चलेको करहरु मध्यको अधिकांश हिस्सा तिनै श्रमिक दाजुभाइको पसीनाको उपज हो । तर देश स्वयंले श्रम अनि श्रमिकलाई कति सम्मान गर्न खोजेको छ भन्ने कुरा एयरपोर्ट वाटै सुरु हुने लुटतन्त्र अनि वैदेशिक कामदारको बहिर्गमन प्रक्रियामा भएको दलाल तन्त्र अनि सरकारी उदासीनता वाट थाहा हुन्छ ।
सरकारका अनगिन्ती प्रयासका वावजुत वैदेशिक रोजगार सहज हुन नसकेको आफ्नो ठाउँमा छ भने देश भित्र पनि श्रमिकहरूको श्रम गरेर खाने दर्दनाक अवस्थाले बयान गर्दछ ।
पसिनाको मूल्यले आर्जेको धन, मन अनि निन्द्राको व्याख्या त महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि गरिब कवितामा गरेका छन् गरिब भन्छौ संसारको मनै छु धनी मिल्दैन संसारभरि कतै पनि एक फेर नमन गर्दछ हाम्रो पात्रो ती रिक्सावाला साथीहरू, गाडीमा कार्यगत श्रमिकहरू, कारखानामा पसिना पुछ्दै बसेका दाजुभाइ दिदीबहिनी, अरबमा पसिना पुछ्दै या अन्य विदेशी भूभागमा श्रम गर्दै रहेका सम्पूर्ण श्रमिकहरू, कोदालोले हातमा ठेला उठेका हातहरू, भान्सा देखि भकारोसम्म पसिना चुहाउने सबै जनाको जीवनमा यस श्रम दिवसको वास्तविक अर्थ र समानता कायम हुनपर्नेछ । पसिनाको मूल्य ले हाँस्न पुगोस् ।


Ubhauli Parwa
विशेष अडियो सामग्री
अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।
यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।
संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।
कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
कसरी मनाइन्छ उभौली ?
बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।
अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।
यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।
संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।


चण्डेश्वरी जात्रा/ चण्डी पूर्णिमा
विशेष अडियो सामग्री
वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई वध गरेको कथन छ ।यसै कारण उक्त भगवतीको नामकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्वरूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।
यसै कारण पनि यो दिन क्षेत्री समुदायका धेरै थरहरूको कुल–देवता पूजा र देवाली पनि पर्छ ।
यस दिन चण्डी पूर्णिमाको व्रत लिने चलन छ । यसरी चोखो भएर व्रत लिने र भगवान् विष्णुको आराधना गर्नाले अनि चण्डी भगवतीको स्मरण गर्नाले वर्षभरि सामर्थ्य र शक्तिको सञ्चार हुने विश्वास छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्य रूपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । आजबाट चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ ।
विशेषतः काठमाडौँ नजिकैको बनेपा सहर, पलान्चोक भगवती, आसपासका क्षेत्रमा जात्राको रौनक रहने गर्छ । बनेपामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यो जात्राको अर्को रौनक भनेको कलन दान हो । जात्रामा भक्तजनको भीडमा प्रसादका रूपमा मासु फाल्ने चलन छ । यसरी मासुरूपी प्रसाद फलिनुलाई नै कलन दान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यो जात्रा प्राचीनकादेखि चल्दै आएको छ । जसमा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछाप लगायतका ठाउँबाट समेत मानिसहरू आउने चलन छ ।
चण्डी पूर्णिमाको व्रतकथा
चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।चण्ड सुरले महादेवको वरदान पाए । वरदानबाट शक्तिशाली भएसँगै उत्पात मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्ड सुरको वध गरेको कथन छ । चण्ड सुरको मृत्युको खुसीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ । बनेपा लगायतका आसपासका नेवा समुदायले आराध्य देवकै रूपमा चण्डेश्वरीलाई लिन्छन् । चण्ड सुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसीयालीमा सत्ययुगबाटै जात्रा गरिआएको मान्यता छ ।
कसरी मनाइन्छ चण्डी पूर्णिमा ?
जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ । अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।
जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । यो जात्रा सनातन संस्कार अनि प्राचीनतम सभ्यताको एउटा अलौकिक उदाहरण हो ।
जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।
वैशाख शुक्ल पूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजा–आजा समेत गर्ने प्रचलन छ ।
चण्डेश्वरी जात्राका अतिरिक्त काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, पलान्चोक भगवती, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।चण्ड सुरहरूको वध गर्न हरेक युगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस् ।

न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
स्कंदपुराण, वै वै मा. द्द–ज्ञ
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन । र, गंगाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाखे स्नान सुरुवात भएको छ । तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्ने यस स्नानको आजबाट औपचारिक समापन गरिँदै छ ।


गोरखनाथ जयन्ती
वैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापन भएको छ । यिनै महान् पुरुष र सिद्ध योगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ ।नाथ सम्प्रदायका सुरुवात गर्ने यी महान् सिद्ध योगीको जन्म भएको यस पावन दिनका धेरै महत्त्वपूर्ण आयामहरू छन् ।
गोरखनाथको जन्म
गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौ बासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् । यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।
गोरखनाथ मठका अनुयायीहरूले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्युमा विश्वास गर्दैनन् । उनीहरूका अनुसार, गोरखनाथ गुरु अनन्तकालदेखि विद्यमान सिद्ध गुरु जो जीवन मृत्युको चक्रबाट बिलकुलै अलग हुनुहुन्छ ।
गोरखनाथ र नेपालको राजपरिवार
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएका कथनहरू छन् । गोरखा राज्यको नाम पनि गोरखनाथसँग मेल खान्छ । यद्यपि गोरखाको नाम र गोरखनाथबिचको आधिकारिक सम्बन्ध भने पाइएको छैन । पृथ्वीनारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरण पूर्व दर्शन दिएका कथनहरू आजसम्म पनि दुरुस्तै सुनिन्छ । नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कमलको फूलमा बिराजमान हुँदा सृष्टि गर्ने इच्छा राखे । तर आफू वरिपरि पानी मात्रै पाए । अनि पातालमा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुईँ बनेको कथन छ । हुन पनि हो, गोरखबाटै धर्तीको रक्षा भन्ने बुझिन्छ ।
आदिनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।
गर्गसहिंताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको थियो
अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्
अर्थात् म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हुँ ।
शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान् गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।


कुर्म जयन्ती
विशेष अडियो सामग्री
कुर्म भनेको के हो?
विष्णुको कछुवा स्वरूपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती वैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्राञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोस्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान् पर्दापन भएको मानिन्छ ।
कुर्म जयन्तीमा के गरिन्छ ?
यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दान पुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।
कुर्म अवतारमा योगमायाको उपस्थिति रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरू । कला अनि शिल्पका कार्यहरूको थालनी गरिनु विशेष फलदायी मानिन्छ । यस जयन्तीको सबैमा शुभकामना ।