नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

महिला ज्योतिष संघ स्थापना दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।
वास्तवमा ज्योतिष पेसामा परापूर्व काल देखि नै महिलाहरूको सहभागिता र नेतृत्व असाध्यै कम भएको पाइन्छ । तर पछिल्ला समयमा ज्येतिषबिधामा महिलाहरूको नेतृत्व बढ्दो छ ।नेपालका महिला ज्योतिषहरू मिलेर आफ्नो हक अधिकार र सङ्गठनात्मक विकासलाई पैरवी गर्नका लागि राष्ट्रिय महिला ज्योतिष सङ्घको स्थापना गरेका छन् । हरेक वर्ष वैशाख २८ मा यस सङ्घको स्थापना दिवस मनाइन्छ ।
विसं २०७९ साल पौष ९ गते राष्ट्रिय महिला ज्योतिष सङ्घको १३ औँ साधारण सभा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त अवसरमा देश विदेशबाट दिग्गज ज्योतिषहरू र ज्योतिष शास्त्रका विज्ञहरू आउनुभएको थियो ।
ज्योतिष शास्त्रको पढाई कहाँ हुन्छ ?
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत अहिले १४ आङ्गिक र पाँच सम्बन्धन प्राप्त गरी १९ विद्यापीठ छन् । यी विद्यापीठहरूमा संस्कृतसँगै अङ्ग्रेजी, गणित लगायत १७ विषयको पढाइ हुन्छ । पछिल्लो समय फलित ज्योतिष पढ्ने महिलाको सङ्ख्या बढेको र तीमध्ये धेरैले यसलाई व्यवसाय बनाएकोमा प्रसन्नता व्यक्त गरेका थिए । वाल्मीकिमा पढेकाहरू जर्मनी, अमेरिका लगायत विश्वका १६ देशका विश्वविद्यालयमा कार्यरत छन् ।

के तपाईंलाई लाग्छ ज्योतिषशास्त्र क्षेत्रमा महिलाहरूको सहभागिता बढ्नुपर्छ ?
ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छिट्टै ज्योतिषी र पण्डितहरुको लागि लाइसेन्सको व्यवस्था गर्न लागेको पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रशिक्षण दिन लागेको हो । आशा छ नेपाल सरकारको यो निर्णयले समग्र ज्योतिषशास्त्रके नै सञ्चालन र बिस्तारमा थप सुशासन आउने छ ।
नेपालमा महिला ज्योतिषहरूलाई पेसागत सङ्गठनको स्थापनाका लागि अनेक शुभकामना ।
सबैको जय होस्
-सुयोग ढकाल



काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ । यो हारसँगै पञ्जाबले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने महत्वपूर्ण अवसर ...

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति तथा कार्यक्रमले विज्ञान प्रविधि नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । संयुक्त संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको नीति...

दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर– ७ माझीबुस्तिकी ३५ बर्षिय कल्पना तमाङको सर्पको टोकाइबाट मृत्यु भएको ज...

मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्...

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन...

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा असफल भएकाहरुका लागि पूरक परीक्षा सञ्चालन गर्ने मिति तय गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजासँगै पूरक परीक्षा अ...

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्चले आयोजना गर्न लागेको पाँचाै सस्करणको ‘एनवाइईएफ स्टार्टअप अवार्ड्स’ कार्यक्रमका लागि १५० भन्दा बढी स्टार्टअपले आवेदन दिएका छन् । मञ्चले एक विज्ञप्ति जारी गर्दै क...

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिद्वारा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री बैठकबाट बाहिरिएको घटनाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस प...