नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

अन्तर्राष्ट्रिय नर्स दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटएगंलको जन्म दिनका अवसरमा आज विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाँउदैछ ।
ए लेडी विथ ए ल्याम्प किन र कसलाई भनिएको हो ?
फ्लोरेन्स लाई ए लेडी विथ ए ल्याम्पका नामले पनि चिनिन्छ, अर्थात् टुकी या भनौँ लालटिन बोकेकी महिला । उति बेला युरोपमा क्रिमेन युद्ध चलिरहँदा घाइते सैनिकहरूको उपचारार्थ अहोरात्र खटिएका सैनिकहरूले उन् लाई सम्मानका साथ लेडी विथ ए ल्याम्प भनेका हुन् ।
रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटएगंलले बेलायतको लडंन स्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना पनि गरेकी छिन जुन गैरनाफामुलक ढङ्गमा अझै सम्म सञ्चालनमा छ ।

के तपाईं आफ्नो परिवारका सदस्यलाई नर्सिङ पेशा रोज्न प्रोत्साहित गर्नुहुन्छ?
त्यती बेला स्वास्थ्य सेवाको कुरा गर्ने हो भनेँ अस्पतालमा सर सफाइका कुराहरूमा उत्ति ध्यान दिईदैन थियो भनेँ स्वास्थ्य सेवीहरू पनि बिरामीको भावना अनि आत्मसम्मानलाई ध्यानमा राख्ने कुरामा अनभिज्ञ नै थिए । तसर्थ फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिगं पेसालाई ल्याएकी हुन् ।
फ्लोरेन्सको यिनै योगदानको चर्चा गर्दै हरेक वर्षको मे १२ मा विश्वले नर्स दिवस मनाउँदछ । नर्स पेसालाई गएको शताब्दीबाट संसारभरिका मान्छेहरूले अत्यन्त महत्त्व दिएर आदरणीय रूपमा हेरेको छन् ।
नेपालमा नर्सिङ को संक्षिप्त इतिहास
नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरु मात्रै थिए, वीर अस्पतालको इतिहास पल्टाउँदा उति वेला ड्रेसिङ लगायत अन्य उपचारहरू कम्पाउन्डर या डाक्टर स्वयंले गर्ने गर्दथे । नर्सिङ को नेपाली इतिहास विसं २०१३ वाट सुरु भएको देखिन्छ जब केही गृहणीहरु लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङ को तालिम लिएका थिए, राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङ को महत्त्व चाल पाएर नेपालमा नर्सिङको सुरुवात भएको विश्वास गरिन्छ, राणा कालको क्रममा चार जना नेपाली चेलीहरू विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । त्यसपछि क्रमशः नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्ली पिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, सहर सहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भनेँ यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन्, केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिएकोमा पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ । शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थितनै अत्यूक्तम लागेको हुनसक्छ ।
अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को नारा “Our Nurses. Our Future. Empowered Nurses Save Lives.” अर्थात् “हाम्रा नर्स, हाम्रो भविष्य । सशक्त नर्सहरूले जीवन बचाउँछन्” भन्ने रहेको छ । यस वर्षको नाराले नर्सहरूको भूमिका केवल बिरामीको हेरचाहमा मात्र सीमित नभई स्वस्थ समाज र सुरक्षित भविष्य निर्माणमा पनि महत्वपूर्ण रहेको सन्देश दिन्छ । दक्ष, सम्मानित र सशक्त नर्सहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै असंख्य जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउँछन् भन्ने कुरालाई यसवर्षको नाराले उजागर गरेको छ ।
नेपालमा पनि नर्स अध्ययन गर्ने अनि कार्य गर्ने पेसाकर्मी दिदिवहिनी हरुको सङ्ख्या बढ्दो छ, बिरामीको सेवा अनि उपचारमा फ्लोरेन्सका पथहरूलाई हामीले कत्तिको आत्मसाथ गर्न सकेका छौ त ? विचार गर्न जरुरी छ ।
नाईटएंगलको बारेमा कविता
क्रिमीया युद्धमा एक जना घाइते सैनिकले नाईटएंगलको बारेमा कविता लेखेका थिए, आजको यस दिन विशेष सामग्रीको विट मार्न अघि त्यो कविता अनि त्यसको सरल नेपाली रूपान्तरण, केवल यहाँका लागि:
Lo! in that house of misery
A lady with a lamp I see
Pass through the glimmering gloom,
And flit from room to room
त्यस दर्दनाक र पिडा भरिएका घरभित्र
टुकी समातेकी एक जना महिला म देख्दथेँ
चित्कार भित्रका वेदना सुन्दै र माया बाँढदैनर्सिङ पेसाको सबैभन्दा ठुलो पदवी चाहिँ फ्लोरेन्स नाईटएगंल मेडल लाई मानिन्छ, यसअर्थमा फ्लोरेन्स नाईटएगंल हरेक नर्सको प्रेरणाकी श्रोत पनि हुन् ।



रबाडा र होल्डरको उत्कृष्ट बलिङमा गुजरात शीर्ष स्थानमा एजेन्सी – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)ले सनराइजर्स हैदराबाद लाई ८२ रनले पराजित गरेको छ। यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स...

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२, एक्लेफाँटमा मिनी बसको ठक्करबाट मंगलबार साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय वीर्खबहादुर चु...
काठमाडौं। च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दाेस्राे खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ। प्रतियोगितामा पुरुष÷महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देश...
२९ वैशाख, काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्षस्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादमाथि ८२ रनको शानदार जित निकाल्दै गुजरातले प्लेअफमा स्थान पनि...

छानबिन समितिको प्रतिवेदन : नेतृत्वको मिलेमतोमा औषधीको मूल्य ६५ प्रतिशतसम्म बढाइयो १२ घण्टा अघि काठमाडौं : औषधि व्यवस्था विभागको अनियमितता तथा औषधिको मूल्यवृद्धिबारे गठित छानबिन समितिले तीन वर्षको...
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै गुजरातले १२ ...

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ । बोर्डका परीक्...

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धको लागत करिब २९ अर्ब अमेरिकी डलर पुगेको मङ्गलबार बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्द...