मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के तपाईँलाई थाहा छ ?
हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।
युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै मृत्युका कारणलाई लगभग दोब्बर पार्दा पनि सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या भन्दा धेरै हुन सक्दैन । स्मरण रहोस्, संसारभरिका धेरै जसो ठुला–ठुला सुर्तीजन्य व्यवसायहरू औँलामा गन्न सकिने केही मात्र उद्योगपतिहरूको नियन्त्रणमा छ ।
हरेक वर्ष विश्वभरिमा सुर्तीजन्य पदार्थको खेती गरिएका ३५ लाख हेक्टर खेतहरू विनाश गरिन्छ । सुर्तीजन्य पदार्थको खेतीका कारणले धेरै वन विनाश भएको र वातावरण बिग्रेको रेकर्ड पनि छ ।

के तपाईंलाई लाग्छ नेपालले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि पर्याप्त नियम लागू गरिरहेको छ?
चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती हो । कागजको पानाभित्र भरिएको सुर्तीको कसबाट निस्किने निकोटिनको यो लतबाट संसार बासीलाई जोगाउन हरेक वर्ष मे ३१ गतेका दिन संसारले सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ।
सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको पृष्ठभूमि
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो। १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो।
नेपालमा सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि
चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धूम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरू धूम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वाभाविक नै हो ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।
चुरोट, गुट्खा, सुर्ती छाड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो । सफा फोक्सो,मुख, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एस–ट्रे भन्दा पनि गमला अनि फूलको बिक्री बढोस् आउँदा दिनहरूमा । सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको मर्यादा राखौँ है त ! स्वस्थ्य जीवनको कामना !




आईपीएल-२०२६ को उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सम्पन्न फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले लगातार दोस्रो...

राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयक प्रमाणिकरण गरेका छन् । उनले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ प्रमाणिकरण गरेको राष्ट्रपति कार्य...

प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट उक्त नियमावली पारित भएको हो । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौ...
काठमाडौं। साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबारको खेलमा एन्जल्स हार्टले जीवन ज्योतिलाई...

काठमाडौँ । नेपाली कांग्रेसले नेपाल–भारत सीमा समस्याबारे प्रधानमन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आइतबार राति विज्ञप्ति जारी गरी नेपाली कांग्रेस प्रवक्ता देवराज चालि...

भारतीय जनता पार्टी (भाजपा) ले औपचारिक जानकारी दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रास्वपाले आइतबार राति प्रेस विज्ञप...

मुस्ताङ। पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा पछिल्लो चारदिनयता धार्मिक पर्यटकको आगमन बढेको छ। औसत दैनिक चार हजार दशनार्थी आउने गरेकामा बिहीबारदेखि दैनिक १५ हजारभन्दा बढीले मन्दिर दर्शन गरेक...

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। पार्टीले आइतबार सार्वजनिक गरेको विवरणअनु...