मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व बुवाआमा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
माकुराको उदाहरण
माकुराको उदाहरण दिन चाहे आज दिन विशेष सामाग्री उक्काउन अघि, एउटा विशेष प्रजातिको माकुरा जसलाई छोराछोरी हुर्केपछि आफ्नै छोराछोरीहरूले आमालाई खाइदिने गर्दछन् । आफ्नो कोखबाट हुर्केका आफ्नै शरीरका अंशले आफूलाई नै कुटुकुटु गर्दै टुक्रा टुक्रा पारेर खाइदिने त्यो पाशविक नियति आजभोलि हामी मान्छेमा उदहारण पनि कतै बढ्दै गइरहेको त हैन ? बृद्धआश्रममा बढ्दै गएका लामहरू, बाटोघाटोमा बेसहारा रहेका पुराना पुस्ताहरू अनि घरघरमा अपहेलन गरेर राखिएका आमाबुवाहरूका आँसुले कतै माकुराको प्रवृत्तिको सार्थकता मानवमा पनि देखाइरहेको त हैन ?।साँझमा अफिस वाट फर्केको बुवाले बजारमा पोलिथिनको झोलामा लिएर गएको तरकारीको थुप्रोको साइडमा छोराछोरीका लागि मिठाई हुन्छ, खल्तीमा केही चकलेट हुन्छ, आमाले सारीका सप्कोले सिँगान पुछ्दै हुर्काएकी छोराछोरीको आमाबुवा प्रति असीम दायित्व रहन्छ, यो कुराहरू हामी सबैले बुझ्न जरुरी छ ।
काठको कचौराको कथा
काठको कचौराको कथा पनि बडो रोचक छ, जहाँ ३ पुस्ताको मनोवृत्ति वर्णन गरिएको छ । सधैँ खाना टेबलमा पोखेर खाने हजुरबुवाको हात काम्ने समस्या हुन्छ जसले गर्दा उनले खाना खाँदा खाना पोखिने अनि कचौरा झरेर फुट्ने गर्दछ । बुवा अर्थात् सानो फुच्चे अनि नातीकेटाका बुवा अनि आमाले हजुरबुवा अर्थात् आफ्ना बुवाको यस समस्यालाई जानीजानी गरेको नाटक गरेको भनी सम्बोधन गर्दछन् । यसरी संधैजसो कचौरा झारेर फुटाउनु भन्दा बरु एउटा नफुट्ने काठको कचौरा बनाएर हजुरबुवालाई टेबलमा खान नदिई अब बाहिरै खान दिन थालिन्छ । एक दिन नाति केटो आफ्ना आमाबुवा कार्यलयवाट फर्कँदा काठको टुक्रासँग खेलिरहेको पाइयो, आमाबुवाले के गरेको भन्ने प्रश्न गर्दछन् ।

यो छोरी बढ्ली कमाई गर्ली
यो छोरा बढ्ला कमाई गर्ला
दुधभात देला मलाई , दालभात देला मलाई
यो नेपाली समाजको एउटा थेगो हो, आज ठाडो केरा लेख्न चित्त परेको छ, कुरा आमाबुवाको आएपछि घुमाएर कुरा गर्नुको र भूमिकाको कुनै अर्थ छैन, बुवाआमाहरु ज्यूँदा भगवानहरु हुन्, यिनीहरूको समर्पण अनि यिनीहरूप्रतिको आदरमा समाज टिकेको छ ।
बुवा आमाप्रतिको दायित्व दुधभात र दालभातको उपलब्धतामा मात्र किन अड्केको हुन्थ्यो र ? यी जाबा भात अनि दूध त बिम्ब मात्र हुन्, माया सद्भाव, आदर, अँगालो अनि सम्झनामा सकल सृष्टि अनि सृष्टिकर्ता बुवा आमाको रचना अडेको छ । विदेशमा हुनुहुन्छ या स्वदेशमा नै बुवा आमाभन्दा पर हुनुहुन्छ, बुवा आमालाई पैसा पठाएर र बस्न खान दिएर दायित्व पूरा गर्नुभएको होला तर दायित्वको सीमा छैन, जब जब उमेर बढ्दै जान्छ तब दिने खाने भन्दा पनि सम्झना, शब्द र सद्भावको भोक बढेर जाने पाइन्छ । जहाँ हुनुहुन्छ, आज हातमा जे छ, साथमा जे छ, प्रयोग गरेर बुवाआमासंग एक वाक्य बोलिदिनोस्, बुवा आमा हुनुहुन्न भनेँ सम्झना गर्नुहोस्, सम्झना उक्काउन सक्नु पनि एउटा समर्पण हुनेछ, सुमन हुनेछ ।
विश्व आमाबुवा दिवसको पृष्ठभूमि
सन् २०१२ को संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने घोषणा गरेको हो । सन् १९८० यता अन्तर्राष्ट्रिय समुदायको ध्यान परिवार र परिवारको सदस्यहरूमा विशेष केन्द्रित भएको पाइन्छ । सन् १९८९ मा नै सन् १९९४ लाई विश्व परिवार वर्षका रूपमा मनाउने घोषणा गरिएको थियो । यससँगै हरेक वर्ष मे १५ लाई विश्व परिवार दिवस घोषणा गरियो । विश्वभरिका आमाबुवालाई केन्द्रित गर्दै हरेक वर्ष जुन १ लाई आमाबुवा दिवसका रूपमा मनाउने घोषणा गरिएको हो ।
हामीसँगै विश्व पनि छिप्पी रहेको हुन्छ, हाम्रो जीवन हुर्कँदै गर्दा हाम्रा बुवा आमाहरु बुढाबुढी हुँदै गएका हुन्छन्, उनीहरूको हात समातेर हिँड्न सिकेका पाइला अनि मसिना हत्केलाहरूले क्रमशः बुवाआमाहरुलाई डोहोर्याँउन थाल्दछन्, यस रूपान्तरण नै जीवन हो ।
नातिले बडो सरल ढगंले तपाँईहरुको लागि पनि काठको कचौरा बनाइरहेको छु भनी जवाफ दिन्छ । आखिर नयाँ पुस्ताले यस पुस्ताबाटै सिक्ने त हो ? यो जवाफ सुनेपछि उसका आमाबाबु आफ्नो गल्तीको पश्चात्ताप गर्दै भोलिपल्टैबाट बुवालाई सँगै टेबलमा राखेर अनि फुटे पनि काँचकै कचौरामा आफूसरह खाना दिन थाल्दछन् । आउँदा पुस्तालाई देखाउन र पाठ सिकाउनका लागि भए पनि आमाबुवा लगायत पुराना पुस्तालाई सम्मान र सद्भाव देखाउन जरुरी छ ।
आमाको मुख हेर्ने दिनमा तरह तरहका भाव सँगै सामाजिक सञ्जालमा फोटाहरू छरपस्ट पार्ने सन्तान अन्य दिनमा आमासँग बोल्न, स्नेह जताउन अनि भेट्न पनि भ्याउँदैनन् या जाँदैनन् । नाना तरहका व्रत बस्ने व्रतालुहरू घरकै रहेका बुवा आमा या सास ससुरालाई एक छाक पनि राम्रो खुवाउन झिँजो मान्दछन् । कति बुहारीहरूले सासुससुरासंग बस्न परेका कारणले भिन्न हुन लोग्नेलाई कर गरेका छन् भने कति ज्वाँईले सास ससुराबाट पनि छुटाएर उनका छोरीलाई नराखेका हैनन् । बुवा आमाको महत्त्व सबैले बुझ्न जरुरी छ । विश्वले आमाबुवाको महत्त्व र माया दर्साउनका लागि हरेक वर्ष जुन १ तारिखमा विश्व आमाबुवा दिवस मनाउने गर्दछ । यस वर्षको विश्व आमाबुवा दिवसको सबैमा शुभकामना, श्रवण कुमार जस्ता छोराछोरीको सबैलाई अपेक्षा छ । आजको सन्तान भोलिका आमाबुवा पनि त हुन् ।
विश्व आमाबुवा दिवसको शुभकामना ।





आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा अग्रणी कम्पनी 'ओपनएआई' र यसका सीईओ साम अल्टम्यानविरुद्ध अमेरिकाको फ्लोरिडा राज्यले मुद्दा दायर गरेको छ । च्याटजीपीटी बालबालिकाका लागि असुरक्षित रहेको र ...

काठमाडौँ । मध्यपूर्व युद्धका कारण सन् २०२६ को पहिलो तीन महिनामा कुल गार्हस्थ्य उत्पादन सङ्कुचित भएपछि फ्रान्सको केन्द्रीय बैङ्कले आगामी हप्ताहरूमा आफ्नो आर्थिक वृद्धिको पूर्वानुमानलाई कटौती गर्न ला...

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले युवा उद्यमशीलतामा आकर्षण बढाउन प्रदेश सरकारले ब्याजमा अनुदान दिने नीति ल्याएको बताएका छन्। राष्ट्रिय युवा परिषद्ले स...

नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो । खाँदबारी...

काठमाडौँ । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। सोमबार राति प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन शाखाले एसएसपीहरुको सरुवा गरेको हो। सरुवामा काठमाडौँ जिल्ल...

काठमाडौँ । नेपालमा नयाँ आविष्कार र प्रविधिको कानुनी सुरक्षा (पेटेन्ट दर्ता) को अवस्था सुस्त देखिएको छ । हालै सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ को प्रतिवेदनअनुसार पछिल्लो एक दशकमा नेपालमा जम्...

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार ...

नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा भएको छ। सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका बालेन शाहले ३३ जनाको सरूवा गर्ने निर्णय गरेका हुन्। यस सरूवामा जिल्ला प्रहरी प...