
अन्तर्राष्ट्रिय सहकारी दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
सहकारी भनेको के हो ?
शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको दिवसको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ ।
सहकारी ऐनको अनुसार सहकारीको परिभाषा
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

अहिले नेपालमा सहकारी ठगी गम्भीर आर्थिक अपराधको रूपमा देखा परेको छ, जसले हजारौं सर्वसाधारण नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ। सहकारी संस्थाहरूमा विश्वास गरेर धेरैले आफ्नो जीवनभरको बचत लगानी गरे, तर केही संचालकहरूले नियमनको अभाव, शक्ति दुरुपयोग र राजनीतिक संरक्षणको आडमा ती रकम ठगी गरे। यसले गर्दा पीडितहरू आर्थिक रूपमा डुब्न पुगेका छन्, कतिपयले मानसिक तनाव, परिवारको विखण्डन र जीवनयापनमा कठिनाइ भोगिरहेका छन्। सरकार र नियमनकारी निकायले यस्ता ठगीमा संलग्नहरूलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिनु आवश्यक छ, अन्यथा सहकारी प्रणालीप्रतिको जनविश्वास पूर्ण रूपमा गुम्ने खतरा छ।
सन् २०२६ को अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा "Cooperatives for a Peaceful World" (शान्त विश्वका लागि सहकारी) ले सहकार्य, आपसी विश्वास, समानता र समावेशितामार्फत शान्तिपूर्ण समाज निर्माणमा सहकारीको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्दछ। सहकारीले आर्थिक सशक्तीकरणसँगै सामाजिक एकता, पारस्परिक सहयोग र सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्दै द्वन्द्वरहित, न्यायपूर्ण र दिगो भविष्य निर्माणमा योगदान पुर्याउँछ। यस वर्षको सन्देशले सबैलाई सहकार्यको भावना अपनाई शान्ति र समृद्धिको साझा यात्रामा अघि बढ्न प्रेरित गर्दछ।
विश्व सहकारी दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।



काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत क्यानडा र मोरक्कोबिच ह्युस्टन रंगशालामा जारी रोमाञ्चक खेलको पहिलो हाफ निकै आक्रामक बनेको छ । खेलमा नियन्त्रण जमाउन र विपक्षीको काउन्टर अट्याक रोक्...
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा क्यानडा र मोरक्कोबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। ह्युस्टन स्टेडियममा जारी खेलको सुरुवाती समयदेखि नै क्यानडाले मैदानमा आफ्नो वर्चस्व कायम गर...

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वर्तमान सरकार गठनपछि पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कामहरूको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले यस अवधिमा शिक्षा सेवा प्रवाहलाई प्रभावकारी बनाउने, न...

काठमाडौं। सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपस...

काठमाडौँ। ‘रोटरी क्लव अफ काठमाडौँ नर्थले नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । स्वास्थ्य सचेतनाका कार्यमा नेपाली हेल्थका माध्यमबाट निरन्तर क्रियाशिल भएको भन्दै सम्मान गरेको...

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानका पत्रपत्रिका, अनलाइन फोरमलगायत विभिन्न माध्यमहरूमा धेरै भ्रामक सूचनाहरू फैलाइँदै छन्। त्यहाँका कथित सम्भ्रान्त वर्ग वा विद्वान्हरूद्वारा लेखिएका लेखहरू तथ्यविही...

काठमाडौं । भारत सरकारले आफ्नो सैन्य तयारी र युद्धक क्षमतालाई थप सुदृढ बनाउन करिब ५२ हजार करोड भारतीय रुपैयाँबराबरको खरिद प्रस्तावलाई सैद्धान्तिक स्वीकृति दिएको छ । स्थल, नौसेना र वायुसेनाका निम्ति ...