मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

विश्व खडेरी विरुद्ध संघर्ष दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
प्रकृति अनुसार हामी चल्न जरुरी
हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भुत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि आफ्नो बसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ता कालागि यसका असीम सम्भावना तथा निर्विकल्प महत्त्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौँ । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।
विश्व मरुभूमीकरण तथा खडेरी विरुद्धको दिवस २०२६ को नारा “Rangelands: Recognize. Respect. Restore” अर्थात् “चरन क्षेत्र: चिनौँ, सम्मान गरौँ, पुनर्स्थापना गरौँ” ले हाम्रा घाँसे मैदान र प्राकृतिक भू–परिस्थितिको अमूल्य महत्त्वलाई उजागर गरेको छ। जैविक विविधताको संरक्षण, खाद्य सुरक्षा, पशुपालन र जलवायु सन्तुलनका आधार मानिने यी क्षेत्रहरू पृथ्वीका वास्तविक सुरक्षाकवच हुन्। आऔँ, यस दिवसको अवसरमा मरुभूमीकरणको जोखिमलाई कम गर्न चरन क्षेत्रको पहिचान गरौँ, यसको दोहन रोकेर सम्मान गरौँ र बिग्रिएका जमिनको पुनर्स्थापना गर्दै एउटा दिगो र हरियाली भविष्य निर्माण गर्ने सङ्कल्प गरौँ।
विश्व खडेरी विरुद्धको दिवस: पृष्ठभूमि
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यबद्धता कायम गर्न कालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समुदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । वातावरणीय संरक्षण र दीर्घकालीन भूमि ब्यस्थापन गरी दुई वटा मुख्य बुँदामा पैरवी गर्न यस दिवसको सुरुवात गरिएको हो ।

खडेरी कम गर्न तपाईंको विचारमा सबैभन्दा प्रभावकारी उपाय कुन हो?
खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरू, भू-संरक्षण लगायत विभिन्न कुराहरू यो विशेष दिनले विश्वसमाज माझ निरन्तर प्रकाश पार्ने काम गर्दै आएको छ । खडेरी या मरुभूमि करणको कुरा गर्दाखेरि भौगोलिक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर भई रहने अविवेकी प्रयोग नै २२ औँ शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो ।
केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रूपमा पनि व्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरी अधिकतम भूमिहरू अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमि करण हो । भूमिमा आश्रित मानव समुदाय, कृषि कार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमि करणले अन्ततः गरिबी बढाउँदछ ।
मानव जनसङ्ख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमिको वितरण, विभाजन अनि उपयोग वास्तवमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरू खडेरी र मरुभूमी करणको ढिलो-चाँडो जोखिममा छन् ।
नेपालमा त झन् हामीलाई मलिलो उर्वर खेतबारी भन्दा कङ्क्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौँ तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाई रहेका छौँ ?
भूमिको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसँगै दुर्भाग्यवश भूमिको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरू खाद्यान्न सङ्कटको असरमा छन् । नेपालकै उदाहरण लिउ न, गएका केही दशकहरूमा भूमिको अनुचित प्रयोग, कृषि कार्यमा कमी, पानीको सङ्कट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्म्याउने अनि कति त्यस्ता जग्गाबिच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौँ ?
ठुला ठुला हवाईजहाज, कम्प्युटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नि ! स्मरण रहोस् विश्वको सबैभन्दा दुर्लभ र प्राण धान्ने कुराहरू नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्त्वका रूपमा वैदिक सनातन संस्कारले यी कुराहरूको संरक्षण कालागि आव्हान गरेको छ ।
उर्वर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँदछ र जमिनको लगानी भनेको आना र धुर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्त्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?
बादलले पानी बोकेर ल्याएर जमिन सिञ्चित गरिदिओस्, हरियालीले साथ नछोडोस् अनि कङ्क्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन् त्यहाँ जलका धारा बगी रहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन् । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । जय होस् !




फिफा विश्वकप अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा युरोपेली पावरहाउस पोर्चुगल र अफ्रिकी टोली प्रजातान्त्रिक गणतन्त्र कंगोले पहिलो हाफमा १–१ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। ह्युस्टन स्टेडियममा ...

गत सोमबार असार १ गते विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बिहरुको आस्थाको केन्द्र मानिने पशुपतिनाथ परिसरमा हुने साँझ आरतीको क्रममा चलचित्रको प्रचार गरिएपछि आचोलना भएको छ । सोमबार साँझ ज...

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले जबरजस्तीकरणी आरोपमा एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका–४ का ३२...
३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा डिआर कंगो पोर्चुगलविरुद्ध पहिलो हाफमै बराबरी गोल फर्काएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको समुह के को खेलमा कंगोलका योहान व...
फिफा विश्वकप २०२६ को पहिलो खेलको पहिलो हाफमा पोर्चुगलले बराबरी खेलेको छ । अमेरिकाको टेक्ससस्थित हस्टन स्टेडियम रंगशालामा पोर्चुगलले डीआर कंगोविरुद्धको खेलको पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको हो ...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को रोमान्चक खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोले पोर्चुगल विरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ । खेलको पहिलो हाफको इन्जुरी समयमा कंगोका स्ट्राइक...

काठमाडौँ। मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुईन खोला पुल नजिक बुधबार राति सुख्खा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार राति करिब ९ः४५ बजे माथिबाट सुख्खा पहिरो खसेपछि ...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले डिआर कंगो विरुद्ध छैटौं मिनेटमै अग्रता लिएको छ ।