मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
परदेशमा बग्ने प्रत्येक थोपा पसिना र घरदेशमा हास्ने प्रत्येक ओठको खुशीसँग जोडिएको एउटा महत्त्वपूर्ण कडी हो, रेमिट्यान्स (विप्रेषण)। आज जुन १६, अर्थात् 'अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस'। आफ्नो परिवारको सुखद भविष्यका लागि जन्मभूमि छोडी पराई मुलुकमा अहोरात्र खट्ने सम्पूर्ण श्रमजीवी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति आदर र कृतज्ञता प्रकट गर्ने विशेष दिन। विगत दुई दशक (२० वर्ष) को अवधिमा विश्वभरि नै रेमिट्यान्स प्रवाहमा अभूतपूर्व वृद्धि भएको छ। तथ्याङ्क हेर्ने हो भने, यो अवधिमा विश्वव्यापी विप्रेषण प्रवाह पाँच गुणाले बढेको देखिन्छ।
विश्वले भोग्ने साना-ठुला आर्थिक मन्दी वा महामारीका समयमा पनि रेमिट्यान्सको प्रवाह कहिल्यै रोकिँदैन। किनकि, आप्रवासी कामदारहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो परिवारलाई आर्थिक सुरक्षा दिन सीमापारि आफ्नो मेहेनत जारी राख्छन्। प्रविधिको बढ्दो विकास र अवसरको खोजीमा बिदेसिने युवाहरूको सङ्ख्यासँगै कम विकसित र कम आय भएका देशहरूमा रेमिट्यान्सको महत्त्व झन् बढेको छ। आधुनिक समयमा यसरी पठाइने रेमिट्यान्समा अधिकांश हिस्सा मोबाइल ट्रान्सफर (डिजिटल माध्यम) ले ओगटेको पाइन्छ।
तपाईँको परिवार रेमिटेन्स (वैदेशिक आम्दानी) मा निर्भर छ?

नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउने मुख्य मेरुदण्ड नै रेमिट्यान्स हो। नेपालमा विगतमा अनौपचारिक रूपमा 'हुन्डी' मार्फत रकम पठाउने चलन निकै व्याप्त थियो, जुन आज पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन। तर, पछिल्लो समय रेमिट्यान्स कम्पनीहरू र वित्तीय सेवा प्रदायकहरूको बढ्दो पहुँचका कारण औपचारिक (कानुनी) माध्यम बाट देशमा पैसा पठाउने संस्कृति उत्साहजनक रूपमा बढ्दो छ।
हुन्डीमार्फत पठाइएको रकम सुरक्षित हुँदैन र यसले नेपालको राष्ट्रिय कोषमा विदेशी मुद्रा आर्जन गराउँदैन। त्यसैले, देशको विकास र आफ्नो रकमको सुरक्षाका लागि सधैँ बैंकिङ वा कानुनी माध्यम मात्र रोज्नु बुद्धिमानी हुन्छ। नेपालमा रेमिट्यान्स कारोबारलाई अझ सरल, सुरक्षित र सुलभ बनाउने पवित्र उद्देश्यका साथ हामीले 'हाम्रो पात्रो रेमिट' सेवाको सुरुवात गरेका थियौँ।
आज यस विशेष दिवसको अवसरमा, हाम्रो पात्रो रेमिटलाई विश्वास गर्नुहुने, यसको हिस्सा बन्नुहुने र "नेपाल पैसा पठाउने सबैभन्दा राम्रो र भरपर्दो माध्यम" का रूपमा स्थापित गरिदिनुहुने हाम्रा सम्पूर्ण आदरणीय प्रयोगकर्ता, प्रवासी नेपालीहरू र सरोकारवालाहरूमा हृदयदेखि नै अनेक-अनेक धन्यवाद तथा आभार प्रकट गर्दछौँ। तपाईंको यो अटुट विश्वास नै हाम्रो सबैभन्दा ठुलो ऊर्जा हो।
रेमिट्यान्स अर्थात् विप्रेषणको सही सदुपयोग गरौँ, कानुनी माध्यमबाट मात्र पैसा पठाऔँ। आफ्नो सुख-चैन त्यागेर परदेशबाट देश धान्ने ती प्यारा परिवारका सदस्यहरूको कदर गरौँ र उनीहरूको पसिनाको सम्मान गरौँ।
अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको सबैमा हार्दिक शुभकामना!




काठमाडौँ । एसुस कम्पनीको गेमिङ ब्रान्ड आरओजीले आफ्नो २०औं वर्षगाँठको अवसरमा नयाँ गेमिङ डिभाइस ‘आरओजी एक्सबक्स एलाई एक्स२०' (ROG XBOX Ally X20) बण्डल बजारमा ल्याएको छ । यो डिभाइसमा पहिलो पटक ठुलो ७....

आगामी जुन २१ मा मनाइने १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय (त्रिवि) आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा त्रिवि परिसरमा योग सत्र सम्पन्न भएको ...

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर...

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाजा ओसारपसारमा प्रयोग गरिएको सवारीसाधनसहित उक्त कार्यमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ बस्ने ...

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्।

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो २ असार, काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी तथा स्टे«ट अफ हर्मुजबाट तेल ढुवानी पुनःसञ्चालन हुने अपेक्...
२ असोज, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर...

कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का चयन भएका छन् । आइतबारदेखि जारी सुर्खेतको वीरेन्द्रनगरमा जारी रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खड्का...