
रोपाइँ जात्रा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
के रोपाइँ जात्रा नयाँ जात्रा हो ?
गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैँचाहरूमा आजका दिन स्थानीयहरू भेला भएर यस जात्रा मनाउने चलन छ ।
रोपाइँ जात्राको पृष्ठभूमि
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्त्व रहने गर्द छ। कतै पर्याप्त पानी पर्यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरू बढे, कतैका किसान दाजुभाइ दिदीबहिनी खुसी भए भने कतैका किसान दाजुभाइ दिदीबहिनीलाई रोपाइँ सोचेजस्तो रूपमा नहुँदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाँडो, कतै सजिलै त कतै थुप्रै कठिनाइहरू सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।

काठमाडौँ बाहिरको रोपाइँ जात्रा
तर फेरि रोपाई जात्रालाई काठमाडौँ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोसी किनार, कनकाई किनार देखि कर्णाली र महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।
नेवा: समुदायमा रोपाइँ जात्रा
विशेष गरि नेवा: समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई "सिनाज्या जात्रा" भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई "चोपाइ" भनिन्छ। त्यहाँको स्थानीय भाषामा "चोपाइ" भनेको चोप्नु हो। आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।
यस कृषि प्रधान देशका सबै दाजुभाइ दिदीबहिनीलाई आजको दिनको विशेष शुभकामना। आजको दिनको हर्ष आउँदा वर्षहरूमा थप बढ्दै जाओस् ।


विश्व बेपत्ता विरुद्धको दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
२१ डिसेम्बर सन् २०१० मा, संयुक्त राष्ट्र सङ्घको महासभाले आफ्नो प्रस्ताव ६५ र २०९ मार्फत विश्वका विभिन्न क्षेत्रहरूमा गिरफ्तारी, नजरबन्द र अपहरण सहित लागू वा अनैच्छिक बेपत्ताको वृद्धिको बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ता, र बेपत्ता भएका साक्षी वा बेपत्ता व्यक्तिका आफन्तहरूलाई उत्पीडन, दुर्व्यवहार र धम्की दिने रिपोर्टहरूप्रति जबाफदेहिता बढाउने अभिप्रायले यस दिवसको श्रीगणेश गरेको हो ।
जबरजस्ती बेपत्ता पारिएका पीडितहरूको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ३० मा बेपत्ता पारिएका व्यक्तिहरूलाई सम्मान र श्रद्धाञ्जली दिन मनाइन्छ। विश्वव्यापी सङ्गठनहरू संयुक्त राष्ट्र र एमनेस्टी इन्टरनेशनलले यो दिवसलाई जबरजस्ती बेपत्ता पार्ने अपराध हो र द्वन्द्वको अवस्थालाई उपकरणको रूपमा प्रयोग गर्नु हुँदैन भन्ने बारे जागरूकता बढाउन यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घ महासभाको प्रस्ताव
संयुक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्तको कार्यालयको तत्त्वावधान संयुक्त राष्ट्र सङ्घले महासभाको प्रस्ताव नं।४७१३३ मार्फत १८ डिसेम्बर १९९२ मा बलपूर्वक बेपत्ताबाट सबै व्यक्तिको बचाउ गर्ने सम्बन्धी एक महत्त्वपूर्ण दस्ताबेजको रूपमा घोषणापत्र नै जारी गरेपछि जबरजस्ती व्यक्ति बेपत्ता पार्ने कार्यका विरुद्ध औपचारिक बहसको थालनी भएको हो । अझ संयुक्त राष्ट्रसङको महासभाको प्रस्ताव नं ६१ र १७७ द्वारा बलपूर्वक बेपत्ता पारिनबाट सबै व्यक्तिहरूको संरक्षण गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई २० डिसेम्बर सन् २००६ मा जारी गरे पछि त अन्तर्राष्ट्रिय स्तरमै बेपत्ता पार्ने कार्यको रोकथाम र पीडितको सत्य, न्याय र परिपूरणको अधिकारलाई कानुनद्वारा नै सुनिश्चितता प्रदान गरिएको छ ।
नेपालमा सङ्क्रमणकालीन न्याय
नेपालमा पनि दशकौँ लामो द्वन्द्वका क्रममा हजारौँ मान्छे बेपत्ता भएको तथ्याकं छ तर युद्ध बिरामको आधा दशक भइसक्दा पनि न्यायको उद्घाटन हुन नसक्नु असाध्यै दुक्खदायी छ । अन्तर्राष्ट्रियरुपमा मानव अधिकारमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले नेपालमा सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता व्यक्तिबारे विश्वव्यापी रूपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।





