राष्ट्रिय पुस्तकालय दिवस

राष्ट्रिय पुस्तकालय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपाल सरकारले वि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ। यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएका ऐतिहासिक दिनको स्मृतिमा मनाइन्छ। यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउँछ।
पुस्तकालय दिवस मनाउने उद्देश्य
नेपालमा वि.सं. २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहन्छ।

आजको समयमा पुस्तकालयको सबैभन्दा ठूलो भूमिका के हो जस्तो लाग्छ?
पुस्तकालय दिवस मनाउने उद्देश्य
नेपालमा वि.सं. २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहन्छ।
नेपालमा पुस्तकालयको प्रकार
नेपालमा पुस्तकालयका विभिन्न स्वरूप छन्, जसले अध्ययन–अनुसन्धान र ज्ञान–विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
- शैक्षिक पुस्तकालय – विशेष गरी विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयसँग सम्बन्धित पुस्तकालय। उदाहरणका लागि नेपालकै ठूलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय।
- सामुदायिक पुस्तकालय – स्थानीय समुदायको पहलमा सञ्चालन हुने पुस्तकालय, जसले सर्वसाधारणलाई ज्ञानमा पहुँच दिलाउँछ।
- ई-पुस्तकालय – डिजिटल माध्यममार्फत पुस्तक, सामग्री र जानकारी उपलब्ध गराउने आधुनिक स्वरूप।
पुस्तकालयको महत्व
- ज्ञान, शिक्षा र अनुसन्धानको मूल स्रोत।
- सामाजिक, सांस्कृतिक र बौद्धिक चेतना अभिवृद्धि गर्ने केन्द्र।
- विद्यार्थी, शोधकर्ता र पाठकलाई जीवनभर अध्ययन गर्ने प्रेरणा दिने स्थल।
पुस्तकालयको उपयोग
- पठन–पाठन, अनुसन्धान र सन्दर्भ सामग्री प्राप्त गर्न।
- अध्ययन संस्कृति र आलोचनात्मक सोच विकास गर्न।
- पुस्तक, पत्रिका, डिजिटल सामग्री लगायत विविध ज्ञान–स्रोतमा सहज पहुँच बनाउन।
हाम्रो पात्रोबाट थप
महँगो गाडीले आराम त देला, तर वास्तविक खुसी त सँगै हाँस्ने परिवारले मात्र दिन्छ।

आजको राशिफल
के तपाईंलाई थाहा थियो ?

क्याफिनले ऊर्जा दिँदैन, थकान मात्र केही बेर रोक्छ। ☕

व्यक्तिगत जिम्मेवारीको एउटा सानो स्मरण।

९ प्रकारका चिया, ९ अद्भुत फाइदाहरू

पाण्डा अब लोप हुने खतराबाट जोगिएका छन्! 🐼

गिटारका अत्यावश्यक माइनर कर्डहरू! 🎶

के तपाईं अनुमान गर्न सक्नुहुन्छ?







