संविधानमाथि प्रहार गर्दै संविधान दिवस
rajdhanidaily.com · Mon Sep 18 23:27:15 GMT 2023
असोज ३ गते हाम्रो संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासहितको संविधान जारी भएको नौ वर्ष पुुगेको दिन । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२)को सम्झनामा आजदेखि मुलुकभर संविधान दिवसको तामझाम सुरु भएको छ । कुनै पनि देशको संविधान त्यहाँको मूल कानुन मानिन्छ । यससँग बाझिने अन्य कानुनहरू स्वतः अमान्य हुने चलन छ । यसकारण पनि संविधान दिवसको महत्व हरेक मुलुकमा हुने गर्दछ । हामीकहाँ पनि आज, भोलि र पर्सि तीन दिन भव्यरूपमा यो दिवस मनाउन संघीय सरकारद्वारा परिपत्र जारी भइसकेको छ ।
संविधानको मर्म खोजांै
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)