फेरि बल्झियो जलहरी प्रकरण : राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्म हारगुहार
ratopati.com · Tue Sep 19 22:10:00 GMT 2023
काठमाडौँ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाइरहेको बेला पशुपति क्षेत्र विकास कोषका अधिकारीले यसविरुद्ध दौडधुप थालेका छन् ।
अख्तियारले पूर्वाग्रहीपूर्ण ढंगले मुद्दा दायर गर्ने तयारी गरेको जिकिर गर्दै कोषका सदस्यसचिव डा मिलन कुमार थापाको अगुवाइमा राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्रीसम्म निवेदन परेको छ । थापाले नै सत्यतथ्य छानबिनको माग गर्दै मंगलबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालय (समिति)मा निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
नेपाल प्रहरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग