हाम्रो पात्रोको सम्पूर्ण प्रयोगकर्ताहरूलाई नयाँ वर्ष २०८२ को मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । विदेशमा बस्दै हुनुहुन्छ या स्वदेशमा, यो २०८२ ले तपाईंहरू सबैको इच्छा, आकांक्षा र मनोकामना पूरा होस् । सम्पूर्ण नेपालीहरूको सुख, सुस्वास्थ्य र समृद्धीको कामना गर्दछौं ।
२०८१ मा "हाम्रो पात्रो" नयाँ स्वरूपमा आयो। यसले तपाईंहरूको अनुभवलाई सहज बनाउन मद्दत पुर्याउनेछ भन्ने आशा राखेका छौं । अन्य वर्षहरूमा जस्तै २०८२ मा पनि हामीलाई उत्तिनै माया र साथ दिनुहुनेछ भनेर अपेक्षा गर्दछौं । तपाईंहरूको लागि यो पेजमा २०८१ को समीक्षा र २०८२ का केही विशेष सामग्रीहरू प्रस्तुत गरेका छौँ । यो पेज कस्तो लाग्यो? हामीलाई कमेन्ट अवश्य गर्नुहोला ।
