तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ। अरुको लैलैमा लागेर लगानी नलगाउनुहोला। घरको सुख सुविधा वा साज सजावट र मरम्मतमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा कार्यरत महिलाहरूको लागि परिवारमा र कार्यक्षेत्रमा तालमेल बसाउन गाह्रो रहनेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धार्मिक र साहित्य लेखन आदिमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर विशेष ध्यान दिनुहोला। प्रशासन क्षेत्रमा प्राविधिक समस्याले गर्दा कार्यमा बाधा आउनेछ। कारोबारलाई लिएर लामो दुरीको यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। यो महिनाभरी हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: