मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा मन उत्साहले भरिपूर्ण रहनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोगले अप्ठ्यारो काम सजिलै सम्पादन गर्न सकिनेछ। साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापारमा आयका स्रोतहरू बढ्नेछन्। साताको अन्तिममा राजकीय मुद्दा मामिलाहरूमा अल्झिनुपर्ला। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र हरियो हो भने शुभ अंक ३ र ५ रहेको छ।
View All weekly Rashifal
Liked by: