मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

भिष्म द्वादशी संस्कृत श्लोकः
भीष्मो द्वादश्यां प्रयाति लोकान्
धर्मस्य स्तापनकर्तुरेव।
तस्मै नमः सत्यव्रताय भक्त्या
गङ्गासुतायाभिवन्दनं मे॥
अर्थ:
"भीष्म पितामहले द्वादशी तिथिमा परमधाम प्राप्त गरे। धर्मको स्थापनाका लागि समर्पित, सत्यप्रतिज्ञ, र गङ्गापुत्र भएका तिनलाई म भक्तिपूर्वक नमन गर्दछु।"
दृढ प्रतीज्ञाका प्रतिक भीष्म
भीष्म महाभारतकालीन प्रसिद्ध नायक हुन् । बाल–ब्रह्मचारी प्रतिज्ञालाई दृढतापूर्वक पालना गरेका भीष्म महाभारतकालदेखि आजसम्म पनि समाजमा उनको नाम आकर्षक तवरमा लिइन्छ । उनले आफ्नी विमाता अर्थात् कान्छी आमा सत्यवतीका सन्तानलाई राज्यको उत्तराधिकारी बनाउने प्रतिज्ञासहित बाल–ब्रह्मचरी रहे ।
भीष्म–प्रतिज्ञा भन्नाले के जनाउँछ?
अर्थात्, उनले आजीवन विवाह नगर्ने प्रतिज्ञा जाहेर गरेका थिए । उनी त्यही प्रतिज्ञामा दृढ रहे । कुनै काम, इच्छा र प्रतिज्ञा पूरा गर्नुलाई भीष्म–प्रतीज्ञाको रुपमा दिइन्छ । आज पनि कोही व्यक्ति कठोर प्रतिज्ञा गर्छन् भने तिनलाई भीष्म–प्रतिज्ञाको संज्ञा दिइन्छ ।
माघ शुक्ल द्वादशीलाई ‘भीष्म द्वादशी’ भनिन्छ । यो दिनलाई महाभारतकाल र उनै दृढ–प्रतिज्ञ भीष्मसँग जोडिन्छ । उत्तरायण लागेपछि इच्छामरण लिएका भीष्म पितामहको मृत्यु संस्कार पाण्डवहरुले यो दिन गरेका हुन् ।
भीष्म अष्टमीबाट शुरु भएको भीष्म पञ्चक व्रत आजको दिन समापन हुन्छ । एकदिन अगाडि भीमा एकादशीको व्रत लिएका व्रतालुहरुले विधिपूर्वक भगवान विष्णुको आराधना गरेर व्रत तोड्छन् । भीष्म द्वादशीको दिन विष्णु शहस्त्रानाम स्तोत्र पाठ गर्ने र विष्णुको कीर्तन गर्ने चलन छ ।
चन्द्रवंशी राजा शन्तनु र गंगाका पुत्र ‘देवव्रत’ पछि ‘भीष्म पितामह’ भएका हुन् । भीष्मको प्रतिज्ञा, ज्ञान, लक्ष्य अनि जीवनले आजसम्म पनि मानव समुदायलाई नयाँ आयाम र ज्ञान दिएको छ । यो पावन दिनको सबैमा शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





नयाँदिल्ली । भारतको मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् । आइतबार साँझ उनले राजभवन गएर राज्यपाल अजयकुमार भल्लालाई राजीनामा बुझाएका हुन् । मणिपुर हिंसाको झन्डै डेढ व...

काठमाडौं । चाँगुनारायणको परदेश यात्रामा निस्केका साँखुस्थित शालीनदी माधवनारायणको एकमहिने व्रत गरिरहेका व्रतालु स्नान, पूजा आराधना गरी आइतबार बेलुकी फेरि साँखुमै फर्किएका छन् । प्रत्येक वर्ष माघशुक...
निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएक...

काठमाडौँ – पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन्। यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज...

नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन तोकेको छ । कार्यविभाजनअनुसार संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव जनार्दन शर्माले पाएका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई समेत पार...

प्रयागराज – महाकुम्भमा सहभागी हुन संसारभरका भक्तहरू आउँदैछन् । यस प्राचीन तथा भव्य कार्यक्रमको आध्यात्मिक महत्वको अनुभव गर्दै त्रिवेणी सङ्गममा पवित्र स्नान गर्न भक्तजनको घुइँचो लागेको छ ।
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उच्छृङ्खल गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ।

कपिलवस्तुमा प्रहरीको सिआइडी हुँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्। बाणगंगा नगरपालिका-२ पिपरा बस्ने ३२ वर्षीय ऋषिराम घिमिरे र ३२ वर्षीय जीवन थापालाई प्रहरीले पक्राउ गरेको हो। आफूहरू इलाक...