नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

भीमा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
एकादश्याः व्रतं श्रेष्ठं सर्वपापप्रणाशनम्।
निर्जलेन कृते पुण्यं कोटितीर्थफलप्रदम्॥
"एकादशी व्रत सबैभन्दा पवित्र तथा सबै पाप नाश गर्ने हो। यसलाई निर्जल रूपमा पालन गर्दा करोडौं तीर्थ स्थानको फल प्राप्त हुन्छ।"
महाभारत काल बाट रहन गएको भीमा एकादशीको नाम पछाडिको कारण महाभारत कालदेखि भीमता एकादशीको महत्त्व विलक्षण रूपमा लिएको पाइन्छ । कुन्ती पुत्र भीमले यो एकादशीमा व्रत बसेका थिए । गरुड पुराणअनुरूप भीम अत्यन्त खन्चुवा, मोटा र बलवान थिए । उनी व्रत बस्न सक्लान् भन्ने कमैलाई मात्र लागेको थियो । तर भीमले बहुतै त्याग र समर्पणका साथ यो एकादशीको व्रत बसे । त्यसपछि माघ शुक्ल एकादशीको नाम नै भीमता एकादशी रहन गयो ।

भीमले एकादशीको व्रत बसेका कारण सबै पितृ ऋणहरूबाट मुक्त भएको गरुड पुराणमा उल्लेख छ । जसरी कुमार्गी राजाले राज्य, कुपुत्रले कुल, दुष्ट पत्नीले पति, अधर्मले धर्म, खराब मन्त्रीले राजा, अज्ञानताले ज्ञान, अशौचले शौच, अश्रद्धाले श्रद्धा, असत्यले सत्य, उष्णताले शीतलता, अनाचारले सम्पत्ति, विषमयले तप, अशिक्षाले ज्ञान, क्रोधले शान्ति र निकम्मताले फलको नष्ट गर्छ, ठिक त्यस विपरीत भीमता एकादशीको व्रतले सबै पाप त्यसरी नै नष्ट गरी मानिसलाई सुमार्ग प्रदान गर्ने र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।
भीमता एकादशीको व्रतको महात्मै
भीमता एकादशीको व्रतबाट ब्रम्ह हत्या, सुरापान, सुनको चोरी, गुरु–पत्नी गमन जस्ता पापहरू नास गर्ने शक्ति प्राप्त हुन्छ । नैमिषक्षेत्र, कुरुक्षेत्र, प्रभासक्षेत्र, यमुना, गङ्गा लगायत सबै तीर्थहरू पुगे बराबर धर्म प्राप्त हुन्छ । भीमता एकादशीको व्रत कुनै पनि दान, जप, होम तथा अन्य पुण्य कर्महरूभन्दा ठुलो मानिन्छ । यतिसम्म कि एउटा पृथ्वी दान गर्नुभन्दा पनि भीमता एकादशीको व्रतको महात्मै ठुलो मानिएको छ ।
भीमता एकादशी माघ शुक्ल पक्षमा पर्छ । अन्य एकादशीहरू झैँ भीमता एकादशीलाई पनि पाप हरण गर्ने अर्को महत्त्वपूर्ण एकादशी मानिन्छ । भीमता एकादशीको व्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास छ ।
एकादशीमा भगवान् विष्णुको नाम जप्ने तथा आराधना गर्ने महत्त्वपूर्ण दिन हो । अरू एकादशीका दिन झैँ भीमता एकादशीका दिन पनि रात्रि जाग्राम बस्ने र विष्णुको कीर्तन गरिन्छ । भीमता एकादशीका दिन भगवान् विष्णुलाई धूप, दीप तथा नैवेद्यले पूजा गरी खिचडी पकाएर चढाउने धार्मिक परम्परा छ ।
भीमता एकादशीका दिन विष्णुरूपी बराहदेवको स्वर्णप्रतिमा बनाएर ताम्र पत्रमा स्थापना गरी सेतो ब्रस्त्रले ढाकेर दीप प्रज्वलन गरी ‘ॐ बराहाय नम’ मन्त्र उच्चारण गर्नु अझ फलदायी मानिन्छ । यसरी गरिएको बराह पूजाले समस्त मानव प्राणी ‘पितृ, गुरु र देव’ तीनै ऋणबाट मुक्त हुने उल्लेख गरिएको छ ।
यस एकादशीमा सुनसरीको वराहक्षेत्र मा भगवान् विष्णुको बराह अवतार दर्शनार्थ भक्तजनको घुइँचो लाग्छ । यसका साथै अन्य देवालय र तीर्थस्थलमा समेत भक्तजनको घुइँचो रहन्छ ।
धर्मको रक्षा गरौं । सबैको जय होस् ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




भरतपुर — किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन असमर्थ देखिएका छन् । चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा बोल्ने धेरै वक्ताले...

काठमार्डौँ । पछिल्लो समय आगलागीका घटना बढ्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायाम लागेसँगै आगलागीका घटना बढिरहेको जनाउँदै यो क्रम अझै बढ्न सक्ने भएकाले सचेत...

२६ माघ, काठमाडौं । ‘मसँग यो ठूलो परियोजनामा काम गरेकोमा मेरो सम्पूर्ण टोलीलाई धन्यवाद । हाम्रो लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । मलाई यो नयाँ उद्यममा साथ दिनु भएकोमा सबै साथीहरू र परिवारलाई धन्...

काठमाडौँ - नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्का लागि आज मतदान सकिएर मतगणना सुरु भएको छ । परिषद्को ऐन, २०५० मा प्रत्येक प्रदेशमा कानुन व्यवसाय गर्ने वरिष्ठ तथा अधिवक्ताको निर्वाचन मण्डलबाट एक जन...
२५औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एनआरटी फुटबल क्लब काठमाडौँले जितेको छ । आज धरान रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले प...

महेन्द्रनगर (धनुषा)। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायत मापदण्ड पूरा नगरी जनकपुरधाममा सञ्चालित निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

काठमाडौं । करिब तीन दशकदेखि दिल्लीमा चुनावी जितको प्रतीक्षा गरिरहेको भारतीय जनता पार्टी (भाजपा)लाई अन्ततः राज्यको सत्ता प्राप्त भएको छ । योसँगै आम आदमी पार्टी (आप) ११ वर्षपछि सत्ताबाट बाहिर भएको छ ...

दार्चुलाको नौगाड गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा निर्मित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ५३ लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्...