मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

के तपाईंको परिवारमा कसैले प्रदोषको व्रत लिने गरेको छ ?
आज सोमबारका दिन प्रदोष व्रत परेकाले सोम प्रदोष व्रत भनिएको हो । सोमवार शिवको प्यारो वार मानिन्छ, यसर्थमा आजको प्रदोष व्रत दिने र शिवको महिमा गान गर्नेहरूलाई असाध्यै धेरै पवित्रता र शुद्धता प्राप्त हुने विश्वास छ ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजासम्बन्धी आफ्नो योजनामा प्यालेस्टाइनी जनतालाई गाजा फर्कने अधिकार नहुने बताएका छन् । फक्स न्यूजले अमेरिकी राष्ट्रपतिको अन्तर्वार्ताको भिडियो सार्...

नुवाकोट । माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा नुवाकोटमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाडौंबाट नुवाकोटतर्फ आउँदै गरेको विद्युतीय माइक्रोबसले जिल्लाको लिखु गाउँपालिका–५ अमिल...

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समिति...
काठमाडौँ। जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’अन्तर्गत...

२०८४ अगाडि नै पार्टीको महाधिवेशन हुने कांग्रेस महामन्त्री गगनको दाबी ६ मिनेट अघि A A चितवन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने दाबी गरेका छन...

कैलाली – गृहमन्त्री रमेश लेखकले सरकारका काम कारबाहीलाई गति दिन अध्यादेश जारी गरेको बताएका छन् ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
सुनसरी। प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै रकम असुल गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका हेमन व...