नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

विश्व वन्यजन्तु दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण संवर्द्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउँदछ ।
विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरूको सुरक्षा, संवर्द्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी सिकारी, पैठारी अनि तस्करहरूको सक्रियताले नेपालमा पनि धेरै जनावरहरू र बिरुवाहरूको विनाश भएको, हत्या भएको, नासिएको इतिहास छ । विश्व पर्यावरणको इकोसिस्टममा हरेक प्राणीहरूको आआफ्नै महत्त्व र योगदान छ तसर्थ सबै प्राणीहरूको सुरक्षा आजको आवश्यकता हो । मानव जीवनको दीर्घकालीन उपस्थितिका लागि पनि वन्यजन्तु र बिरुवाहरू सबैको रक्षा गर्न जरुरी छ ।

CITIES निष्कर्ष
संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्यान्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तर्राष्ट्रिय व्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरूको अन्तर्राष्ट्रिय व्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिइएको थियो। यस बहसको निष्कर्षलाई CITES अर्थात् Convention on International Trade in Endangered Species भनेर नाम दिइएको थियो।
अहिले CITES को अनुसार अन्तर्राष्ट्रिय व्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरू र २९२०० प्रजातिका बोट बिरुवाहरू लोप हुने अवस्थामा छन् । यी जनावर र बिरुवाहरूलाई खतराको सीमामा पर्न नदिन र अन्तर्राष्ट्रिय व्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ती लोप हुन सक्ने प्रजातिहरूको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।
के तपाईं वन्यजन्तु संरक्षणका लागि सरकार र नागरिक दुवैले थप सक्रिय भूमिका खेल्नुपर्छ भनी विश्वास गर्नुहुन्छ?
२०२५ नारा
यस वर्षको विश्व वन्यजन्तु दिवसको नारा भनेँ"Wildlife Conservation Finance: Investing in People and Planet भन्ने रहेको छ । यस नाराले वित्तीय रूपमा मानिस र पृथ्वी दुबैमा लगानी गर्न आव्हान गरेको छ । सहअस्तित्वको पैरवी गर्दै सन् २०२५ को विश्व वन्यजन्तु दिवसको नारा कोरिएको हो ।
यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजीव निर्जीव प्राणीहरूको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामी एउटा सामाजिक र बौद्धिक प्राणी भएकाले यो कर्तव्य पनि हाम्रै हो। वन्यजन्तुको विकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरूको लागि शुभ कामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस अहिलेको सरकारको ढाल्ने खेलमा नलागेको र नलाग्ने विश्वास दिलाएका छन् । उनले अहिलेको कांग्रे...

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले कुनैपनि व्यक्तिले एकपटक मात्र समावेशी कोटा प्रयोग गर्न पाउने समझदारी जुटाएको छ। कांग्रेस सांसद दिलेन्द्र बडु नेतृत्वको उपसमितिल...
लन्डन – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उनको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन...

सरकारले आगामी बिहीबार (फागुन २२) भित्र निर्णयार्थ संसदमा प्रस्तुत गर्न लागेको एउटा अध्यादेश फिर्ता लिने तयारी गरेको छ। जनता समाजवादी पार्टी, नेपालले आफ्नो अडान नछोडेपछि भूमिसम्बन्धी अध्याेदशमा सरक...

दैलेखको गुराँस गाउँपालिका(६ स्थित भ्यूचुलाबाट देखिएको सिस्ने हिमाल । तस्बिर : सुरेश आचार्य/रासस
सनिश सर्वोत्कृष्ट खेलाडी काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्त...

डडेल्धुरा। संविधानले तोकेको क्षेत्राधिकार विपरित स्थानीय कानुन जारी गरेर डडेल्धुराको भित्रिमधेस स्थित परशुराम नगरपालिकाले राष्ट्रिय धार्मिक सम्पदाका रुपमा रहेको प्रसिद्ध परशुराम धामलाई स्थानीय तह ...

सिमकोट – दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा फागुन २१ गतेबाट एचपिभी खोप अभियान सुरु हुने भएको छ। गाउँपालिका स्वास्थ्य शाखाले बनाएको खोप कार्यतालिकालाई सोमवार बसेको सरोकारवाला पक्षको बैठकलाई अनु...