नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
माझी समुदायको लदी पूजा
जल को पूजा गर्ने चलन माझी समुदायमा परम्परागत रूपमा चलिआएको छ । हरेक पटक डुगांमा बस्नु अगाडि या माछा मार्ने जाल लिएर जलाशयमा पस्नु अगावै यस समुदायमा जल देवताको सम्झना गर्ने चलन छ । यसै चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका हिसाबले लदीपूजालाई लिइन्छ ।
लदी अर्थात् कोशी
माझी समुदाय नेपालको आदिवासी जनजाति हो, जसको जीवनशैली नदी र जलाशयसँग घनिष्ठ रूपमा जोडिएको छ। उनीहरूको प्रमुख पर्व 'लदीपूजा' हो, जसलाई 'लदि पूजा' वा 'कोशी पूजा' पनि भनिन्छ। 'लदी' शब्द माझी भाषामा 'नदी' वा 'कोशी'लाई जनाउँछ। यस पर्वमा माझी समुदायले नदीलाई देवताको रूपमा पूजा गरी आफ्नो सुरक्षाको कामना गर्छन्।

तपाईंको विचारमा लदीपूजा जस्तै अन्य समुदायका परम्परागत पर्वहरूलाई राष्ट्रिय मान्यता दिनुपर्छ?
प्रकृतिमा आधारित परम्परागत माझी समुदाय
खोला किनारमा माछा मार्ने, कृषि र पशुपालन पेसा पनि अपनाउने माझी समुदायले प्राकृतिक विपत् नआओस् भनेर हिउँदको अन्ततिर गर्ने लदी पूजा गर्ने चलन छ । लदीपूजा पनि शिवरात्रिसँग जोडिएर आउँछ, शिवरात्रि सकिएपछि लदी पूजा गर्ने चलन रहेको पाइन्छ । कतिपय माझी समुदायमा शिवरात्रिकै दिन पनि लदीपूजा गर्ने रहेको छ यद्यपि सामान्यतया लदी पूजा फाल्गुन महिनाको साहिँलो मङ्गलवार अर्थात् फाल्गुनको तेस्रो मङ्गलवार यस लदी पूजा मनाउने चलन छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ ।
लदीपूजामा के गरिन्छ ?
जनजाति समुदायको रूपमा रहेको माझीहरूको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । उनीहरूको परम्परागत पेसा माछा मार्ने रहँदै आएको छ । त्यसैले उनीहरू देवको रूपमा नदीको पूजा र प्रार्थना गर्छन् । ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।
नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेसा भएकाले उनीहरूले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्वको सामूहिक आयोजना गरिएको नेपाल माझी उत्थान सङ्घ ले जनाएको पाइन्छ ।
प्रकृतिका पुजारी माझी समुदायका सबै जनालाई लदीपूजाको हार्दिक शुभकामना छ । आगामी वर्षहरूमा लदीपूजा लाई राष्ट्रिय पर्वको सूचीमा सूचिकृत गराउने माझी समुदायको पैरवी साकार होस् भन्ने पनि शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल



काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीले अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । अफगानिस्तानको यू–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्व...

धर्बेन्द्र झा जनकपुरधाम, फागुन २० गते । स्थानीय सेवा (गठन सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखा परेको समस्या समाधानका लागि सुझाव दिन गठित समितिले प्रतिवेदन बुझाएको छ । स्थानीय सेवा ऐन संशोधन गर्...

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलेमतोमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गर्ने एक व्यक्ति लुटिएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आ...

एक व्यक्ति झन्डै २ अर्ब रुपैयाँ बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइएको छ । प्रहरीका अनुसार राजधानीको तिलिङ्गेटारबाट जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोशन गुरुङलाई पक्राउ गर...
घोराही, २० फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा मंगलबार भएका खेलहरूमा दाङ सोसाइटी क्लब र ओली वंशावली क्...
मेचीनगर गोल्डकप – उद्घाटनमा आयोजक र जर्जियन एफसी खेल्ने हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट...

गंगालाललाई २४ करोडसहित स्वास्थ्यलाई अर्थले दियो थप तीन अर्ब ८४ करोड केहि सेकेन्ड अघि A A काठमाडौँ : अर्थ मन्त्रालयले मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्...

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक, सन्त नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा गङ्गा आरती गरिएको छ । उनको स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने क्रमम...