नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मंगलबार अधिकांश क्याम्पसमा उमेदवारी दर्ता गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पश...

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबा...
बाँके। संविधानसभाकी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले संविधानले महिलाको नेतृत्व तोकेरै पठाएको भएपनि व्यवहारिक कार्यान्वयनमा जटिलता रहेको बताएकी छन्। क्रियाशिल पत्रकार महिला बाँकेले सण्डे क्ल्व ...
बागलुङ — दशकदेखि एसईईमा उत्कृष्ट नतिजा ल्याइरहेको यहाँको रुद्रे पिपल मावि आठ महिनादेखि प्रधानाध्यापकविहीन बनेको छ । तत्कालीन प्रधानाध्यापक राजेश श्रेष्ठले पदीय मर्यादाविपरीत काम गरेकाले सरुवा गरिएप...

मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको एक वरिष्ठ युक्रेनी अधिकारीले बताएका छन् । रुसले ३०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको केही घण्टापछि युक्रेनी र ...

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका लागि मौरिसस पुगेका छन्। उनलाई मौरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले विमानस्थलमा स्वागत गरे।

काठमाडौं । इन्टरनेट सेवाप्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले हालै आफ्नो सेवा प्रचारप्रसारका लागि गायक पंगेनीसँग सहकार्यको घोषणा गरेको हो ।

काठमाडौँ – आगामी चैतको ३ गते काठमाडौँमा महिला नेतृत्व शिखर सम्मेलन हुने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले दोस्रो अन्तरराष्ट्रियस्तरको ‘वुमन लिडरसि...