नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
नयाँ वर्ष २०८२ को अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । अब त वर्ष मात्र नयाँ नभईकन दशक पनि नयाँ भएको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेक तरिकाहरू छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ । जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०८२ औँ संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौँ । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरू । बस मानिस–मानिसबिचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ । कुनै पनि चाड सुरु हुन अगावै तेल लगाएर उक्त चाडको सुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरूमा पनि केही दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक सुरुवात गरिन्छ ।

यो बसन्त क्रृतुको उल्लासमा घर–घरमा मुस्कान अनि आँपका बोटहरुमा आँपका मजुराहरु पनि फुलेका छन् । आजको दिन आँपको रुखमा फुलेका मजुराहरु टिपेर खाने चलन पनि छ । यसरी औपचारिकताका लागि आँपका मजुराहरु टिपेर खाने चलन छ । यसो गर्नाले आँउदा दिनहरुमा आँप सप्रने अनि सबै मजुराहरु टिकुला बन्ने सम्भावना बलियो रहन्छ । आउँदो नयाँ वर्षले सबैलाई मजबुती र स्वास्थ्यकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।

भगवान शिवकी प्यारी माता पार्वतीको गौरी स्वरुपको पूजालाई गणगौर पूजा भनिन्छ । यस पूजामा बिबाहिता नारीहरुले आफ्ना पति र सन्तानको चिरन्जीवी र नैरोग्यताको कामना गर्दै व्रत र पूजा गर्छन् । अबिबाहिताहरुले कुशल र योग्य पतिका लागि कामनासहित व्रत बस्ने चलन छ ।
माता पार्वती एकपटक आफ्नो माइतीबाट घर फर्कने क्रममा भगवान शिव स्वयं माता पार्वतीलाई लिन पुग्नु भएको कथा छ । यसरी भगवान शिवको आगमनपश्चात् माइती पक्ष खुशी भएर माता पार्वतीलाई गरेको उल्लासपूर्ण विदाई र पूजालाई ‘गणगौर पूजा’ले प्रतिनिधित्व गर्छ ।
गणगौर पूजा गर्दा व्रत बस्ने कारण के हो?
अर्को कथनअनुसार एकपटक नारदमुनी, भगवान शिव र माता पार्वती पृथ्वीलोकमा विचरण गर्न आउनुभयो । यसरी पृथ्वीलोकमा आउँदा एउटी समाजले घृणा गरेर अछुत मानेर भेदभाव गरेको महिलाकोमा उहाँहरु बास बस्नुभयो । राति पाहुनाहरुलाई ती महिलाले विभिन्न परिकारहरु पकाएर स्वागत गरेको र भगवान शिव प्रसन्न भएर ती महिलालाई सदा सुहागन हुनु भनी आशिष दिएको उल्लेख छ । आजको दिन जातीय भेदभाव उन्मुलनका लागि पनि तथ्यपरक कथा बोकेर आएको दिनका रुपमा मानिनु जरुरी छ । भगवानको घरमा कसैलाई भेदभाव छैन, यो स्पष्ट छ ।
गणगौर पूजा त तराई क्षेत्र अनि भारतका विभिन्न शहरहरुमा निकै उल्लासका साथ मनाइन्छ । कतिपय ठाउँमा त यो पूजा चैत महिनाको शुरुबाट मनाइन्छ । शिव र पार्वतीको एकरुपताको पैरवी गर्दै नारी शक्तिको उपासना गर्ने यस पूजाले सबैलाई खुशी दिओस् । जयहोस् ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल ।




२ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपु...

महेन्द्रनगर । जनकपुरधामलगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् । तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनक...

काठमाडौं, चैत २ गते । मरे पनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ सगरमाथा, लुम्बिनी, मेची, महाकाली हाम्रा लह–लह खेतबारी, झपक्क कान्ला र आली सपनामा भए पनि देख्न पाउ प्रधानमन्त्री एवम् नेकपा (...

काठमाडौं, २ चैत्र । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा च...

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आइतबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
राजविराज — सप्तरीको कंचनरुप नगरपालिका-४ कबिलासामा शनिबार साँझ आगलागी भएको छ । स्थानीय भागवत विश्वासको जस्ताको छाना भएको गोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट अचानक आगलागी हुँदा गोठसँगै एक गाई, चारवट...

जनकपुरधामलगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् । तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने ...

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार रुसले युक्रेनमा युद्धविराम गर्नुअघि सैन्य रूपमा ‘बलियो स्थिति’ हासिल गर्न चाहेको बताएका छन्।