नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्म दिनमा बाल दिवस मनाइएको देखेपछि नेपालमा पनि राज्य स्तरबाटै बालबालिका कालागि विशेष राष्ट्रिय दिवस मनाउने आशय लिएर फिर्ता आउनुभएको थियो । यसै आशय बाट प्रेरित भई वहाँले आफ्नो जन्म दिन भाद्र ४ मा राष्ट्रिय बाल दिवस मनाउन सुरु गरिएको थियो । विसं २०२१ मा नेपालमा पहिलो पटक राष्ट्रिय बाल दिवस मनाइएको थियो ।
भाद्र २९ गतेको बाल दिवस
क्रमशः नेपालमा शासन पद्धति र शासकीय व्यवस्थाको परिवर्तन सँगै बाल दिवस मनाउने मिति पनि परिवर्तन भयो । नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय बाल दिवस भने नोभेम्बर २० तारिखमा मनाइने चलन छ ।
बाल अधिकार भनेको के हो ?
बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।
बाल अधिकार महासन्धि:
बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।





तेहरान । लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । “चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–...

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तीन दिनअघि विशेष बुलेटिन जारी गरी पश्चिम नेपालमा भारी वर्षाको चेतावनी दिएको थियो ।

सिमकोट – सिमकोट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ। विश्व प्राथमिक उपचार सेवा दिवसको अवसर पारी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले गाउँपालिकालाई सहयोग उपलब्ध गराएको हो। सिमको...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भदौ ३१ गतेसम्मका लागि स्थगित भएको छ ।

झापा : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भष्ट्राचारविरुद्ध देशव्यापी अभियान आवश्यक रहेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए। माओवादी केन्द्र ...
यूरोपको हंगेरि स्थित बुढापेष्टमा जारी प्रतिष्ठित **ओलम्पिक रिङ्स एक्स्पो क्लासिक** खुल्ला बुद्धिचाल प्रतियोगितामा नेपालका क्याण्डिडेट मास्टर विवेक थिङले दोस्रो चरणको खेलमा हंगेरियन अन्तर्राष्ट्रिय ...
नवलपरासी । नवलपरासी पूर्वी नवलपरासीमा संचालित ३८ औं युनाइटेड गोल्डकपको उपाधि रामपुर रडस चितवनले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी वातासिनो योङ्गस्टार कावासोतीलाई १(० ले हराउदै रड...
खेलकुद क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ : मुख्यमन्त्री लामा २९ भदौ, धुलिखेल । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले खेलकुद क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राखेर काम गर्...