नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ । पर्वत राजाकी छोरी गौरी हाम्री माता दुर्गालाई बारम्बार नमन गर्छौं। हामी उनको पूजा गर्छौं।आज घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन को हार्दिक मङ्गलमय शुभकामना ।

चाहे गाउँमा बस्नुहुन्छ या सहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईँलाई छुने वाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल है ! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना।
जमराको मात्रा अर्थात् कति जमरा छर्ने भन्ने कुरा चाहिँ परिवारको सङ्ख्या अनुसार निर्धारण गरिन्छ । संयुक्त परिवारहरूले निकै ठुलो ठाउँमा जमरा छर्ने गर्छन् भने परिवारका सदस्य सङ्ख्या कम भएको परिवारहरूले सानो ठाउँमा जमरा छर्ने कार्य गर्छन् । यसरी छरिने जमरालाई माटोको चतुर्भुज आकारको बिच भागमा भने माटो या तामाको कलश स्थापना गरेर राखिन्छ । दशमीका दिन भने आवश्यकता अनुसार जमरालाई उखेलेर टिका लगाउन चाहिए जति झिक्ने गरिन्छ । यही जमरा, टिका अनि सद्भावले दसैँको रौनकता बढाउँछ । प्रत्येक मुहारमा दसैँको आकर्षणको वास्तविक चित्र कोर्ने गर्दछ ।

दसैँको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक–फरक हुन्छ । कतै सामूहिक रूपमा दसैँ–घर स्थापना गरेर, गुठीमा या शक्ति पीठ अनि मठ–मन्दिरमा जमरा राखिन्छ अथवा व्यक्तिगत रूपमा आफ्नै घरको पूजा कक्षमा या घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गरिन्छ । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस् । यसरी प्रकाश नपरेका जमराका बालाहरू पहेँला हुन्छन् । घटस्थापनाबाट प्रारम्भ हुने दसैँको नवरात्रि भनेको जमराको नौ दिने जीवन र दैनिक अङ्कुरणको प्रक्रिया पनि हो । जौको दानाभित्र रहेको जीवन शक्तिलाई जमराले उजागर गर्दछ र माटोले पोषण गर्दछ ।
१६ औँ शताब्दीका राजा महेन्द्र मल्लले निर्माण गरेको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा गोर्खाबाट ल्याइएको फूलपातीहरू फूलपातीकै दिन भित्राइन्छ । यसरी भित्र्याइँदै आएको फूलपातीको जमरा पनि आजैका दिन विधिपूर्वक गोर्खामा छरिने चलन रहिआएको छ ।
उहिले आजभोलि जस्तो यातायातको सहज सुविधा थिएन । त्यति बेला भने गोर्खाबाट आबुखैरेनीसम्म हरेक एक एक किलोमिटरमा सरकारी कर्मचारीहरू उभ्याउन लगाई एउटा कर्मचारीले अर्कोलाई हस्तान्तरण गर्ने र अर्को सोही अनुरूप अर्को एक किलोमिटरको दूरीमा भएकालाई हस्तान्तरण गरेर रीतपूर्वक फूलपातीलाई रिले दौड जस्तै गरी मानव साङ्लो निर्माण गरेर आबुखैरैनीसम्म फूलपातीलाई ल्याइन्थ्यो ।
आबुखैरेनीदेखि भने गाडीमा राखेर काठमाडौँसम्म ल्याइन्थ्यो । यसरी ल्याइएको जमरालाई काठमाडौँको जमलसम्म गाडीमा ल्याएर त्यसपछि तलेजु भवानीको मन्दिरमा अवस्थित दसैँ घरसम्म पारम्परिक बाजागाजासहित भित्र्याउने गरिन्थ्यो । गोर्खाबाट ल्याइएको फूलपाती कुनै पनि अवस्थामा चौबीस घण्टा नबित्दै काठमाडाैं ल्याइ पुर्याउनु पर्ने मान्यता समेत रहेको छ ।
लमजुङको मोरियाकोटमा स्थानीयबासी हरूले राइनासकोटको तल्लो भेगलाई (धमलीकुवा र गरमवेशीका केही स्थानीय भेगहरू) परिक्रमा गर्दै तल रहेको दूध पोखरी खोला र मस्याङ्गदीको दोभानमा गई नुहाई–धुवाई गरी चोखो भई कुभिन्डो तथा अन्य मौसमी फलफूलहरू लगायत फूलपाती बोकेर राइनासकोटस्थित राष्ट्रिय विभूति सरदार वीर भक्ति थापाको मन्दिरमा फूलपाती ल्याएर पूजाआजा गर्ने गरिन्छ ।
स्मरणीय रहोस्, उक्त मन्दिर कुनै पनि देशभक्त वीरको नाममा स्थापित देशकै एक्लो मन्दिर हो । राइनासकोट एउटा अत्यन्त सुन्दर र मनमोहक दृश्यहरू भएको लमजुङ जिल्लाको पर्यटकीय स्थल हो, जहाँबाट १५ वटा जिल्ला देखिन्छ । यस ठाउँमा दसैँ लगायत शिवरात्रिमा पनि दर्शनार्थीहरूको विशेष भीड रहन्छ । यसबाहेक मेचीदेखि महाकालीसम्मका सम्पूर्ण शक्ति पीठहरू र काली माताको मन्दिरमा प्रातः कालदेखि नै मेला लाग्ने गर्छ ।सभ्यताका प्रक्रिया अनि इतिहास हेर्दा मानवले जङ्गली युगको समाप्तिसँगै व्यवस्थित रूपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । ठूूल्ठूला नदीको किनारामा भएको यो मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्र देशहरू अनि चीनमा पनि हजारौँ वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरि नै जौलाई धेरै पुरानो अन्नका रूपमा विशेष महत्त्वका रूपमा हेरिन्छ ।
दसैँको तैयारीको सुरुवातका क्रममा अब घर वरिपरि सरसफाइ गर्ने, घर बाहिर भएका परिवारका सदस्य अनि पढ्न बाहिर बसेका विद्यार्थीहरू उत्साहका साथ घर फर्किने तैयारी अनि गाडी या प्लेनको टिकटको खोजी कार्य पनि सुरु भइसकेको छ । यो उल्लासको समय हो । आशाको सञ्चार भएको समय हो । परिवारहरू भेला हुने समय हो । सँगै माया र सद्भाव बढोस् ।





गण्डकी। गण्डकी प्रदेश सरकारले बाढी, पहिरो प्रभावित नागरिकको सहायताका लागि रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।

पाँचथर । यही असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ । मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को हेवा खोला तथा फिद...

काठमाडौं । इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको छ । इजरायली सेनाले हिजबुल्लाहको गढहरूमा बमबारी गरिरहेको छ । हिजबुल्लाहको प्रभुत्व रहेको लेबनानभरका ...
काठमाडौँ — ५७ वर्ष सञ्चालनमा आएर कोभिडपछि बन्द भएको दरबारमार्गस्थित होटल अन्नपूर्णको स्थानमा पुनर्निर्माण हुन लागेको नयाँ अत्याधुनिक पाँचतारे होटलमा भारतीय ब्रान्ड आईटीसी वेलकम होटल समूह व्यवस्थापक...
बागमती प्रदेशका जिल्ला बढी प्रभावित हुने गरि हालै गएको बाढीपहिरोका घटनामा परी मुलुकको खेलकुद क्षेत्रले अपुरणीय क्षति व्यहोर्नुपरेको छ। मकवानपुर इन्द्रसरोवर–३ स्थित बत्सला माध्यमिक विद्यालयमा अध्यय...

काठमाडौं । बाढी पहिरोले ध्वस्त भएको विपी राजमार्ग दशैंअघि सञ्चालनमा आउने सम्भावना न्यून रहेको सरकारले बताएको छ । भौतिक पूर्वाधर तथा यातायात मन्त्रालयले नै प्रयास भइरहेपनि धेरै नै क्षति भएको र डाइभ...

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण गरेकी छन् । गोरखा म्युजिक काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो गीतको लोकार्पण गरेकी हुन् ।
काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ...