
हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि जनावर दिवस मनाइन्छ अनि जनावर संगको मानविय दायित्व र समबन्धलाई अन्र्तनिर्भरतासंग व्याख्या गरिन्छ । मानव अनि जनावरहरु सबैका लागि यस संसार एउटा राम्रो ग्रह हुनपर्दछ भनेर आज जनावर अधिकार संगठन अनि जनावर अधिकारकर्मी हरु एकै थलोमा भेला हुने गर्दछन् ।
विश्व पशु दिवसले पशु कल्याण आन्दोलनलाई एकताबद्ध गर्दछ, यसलाई विश्वलाई सबै जनावरहरूको लागि राम्रो ठाउँ बनाउन विश्वव्यापी शक्तिमा परिचालन गर्दछ।कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाड हरुले त जनावरको यस बिश्वमा उपस्थितीलाई नै पूर्नव्याख्या र पूर्नपरिभाषीत गरिदिएको छ । हामीमध्य हरेक मान्छेले जनावरहरुको संसारलाई कृही हदसम्म खुकुलो पार्न सक्दछौं । केही जनावर खतरनाक हुन्छन् त केही मैत्रि हुन्छन्, जे होस् पृथ्वीमा बस्ने अधिकार सबैलाई समान छ ।
यस दिवसको हार्दिक शुभकामना ।

पृष्ठभूमि
वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कानसहितको भाव अनुहारमा प्रस्तुत गरे । जसले मानिसहरूको ध्यान मुस्कानको महत्त्वतिर केन्द्रित हुन पुग्यो । त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक ढङ्गमा मनाउने गरिन्छ । सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति बेला उनको सम्झनामा बनेको ‘विश्व हार्वे बल मुस्कान फाउन्डेसन’ले आजको दिनमा थुप्रै ठाउँमा मुस्कान दिवस विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । यस फाउन्डेसनको नारा छ, ‘संसारलाई मुस्कानले सुधार गर्नुहोस् ।’
सन् २०२४ को मुस्कान दिवसको नारा चाहिँ' do an act of kindness, help one person smile' छ । समाजमा मुस्कानको महत्त्व आफू हाँस्ने मात्र नभई अरूलाई पनि हँसाउने हिसाबले उल्लेख गरिएको छ ।अक्टोबर महिनाको पहिलो शुक्रवार मनाइने विश्व मुस्कान दिवसको अनेक शुभकामना छ ।
यतिखेरको प्रतिस्पर्धाको समयमा धेरै मानिसहरूले जीवनमा अघि बढ्न यो हदसम्म मेहनत गर्ने गर्छन् कि उनीहरूले एउटा मीठो मुस्कान दिन समेत भुलिसकेका हुन्छन् । तर जीवनको एउटा महत्त्वपूर्ण कार्य भनेकै आफू मुस्कुराउनु र अरूलाई मुस्कुराउन सिकाउनु हो । अनि मुस्कुराउन प्रोत्साहन गर्नु हो । हँसमुख मानिसहरू सजिलै सबैको मनमा बस्ने गर्छन् ।
सबैलाई विश्व मुस्कान दिवसको शुभकामना । सधैँ मुस्कुराएर जीवन जिउनुहोस्, खुसी हुनुहोस् !


कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।