नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

२०२४ को नारा:Recognising and appreciating teachers' voices and working towards a new social contract for education शिक्षकहरूको आवाजलाई मान्यता र प्रशंसा गर्दै र शिक्षाको लागि नयाँ सामाजिक अनुबन्ध तिर काम गर्दै अघि बढ्ने भन्ने अर्थ लाग्दछ ।हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ, शिक्षक अभावलाई सम्बोधन गर्न विश्वव्यापी एैक्यवद्धता भन्ने नाराका साथ विश्वभरिका १०० भन्दा बढी देशहरू र हजारौँ सङ्गठनहरूले विश्व शिक्षक दिवस मनाउदैछन् ।
पृष्ठभूमि
एउटा महान् शिक्षकको आफ्ना विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव गरेको र सही दिशानिर्देश मापन गर्न सकिन्न । उनीहरूले प्रज्वलन गरेका उत्सुकता कतै गणितका साध्य बनेर रहन्छन्, कतै विज्ञानका सिद्धान्तहरू भने कतै कला र साहित्यका रूपमा विद्यार्थीको विचार अनि जीवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट बनाइरहेको हुन्छ ।
हरेक वर्षको अक्टोबर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो सन् १९९४ बाट मनाउन सुरु गरिएको हो । आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरीय शिक्षा प्रदान गरेर
विधार्थीहरुलाई स्थानीय एवं अन्तर्राष्ट्रिय समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने शिक्षकहरूको सम्झना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन् र उक्त बालबालिकालाई जीवन जिउने सीप र ज्ञान भने शिक्षकले नै दिन्छन् ।
आजको दिन हामी सबैले जीवनमा केही पल पछाडि फर्किएर ती शिक्षकहरूलाई सम्झिन आवश्यक छ जसले हामीलाई कालो पाटीमा चक र डस्टर धस्दै वर्णमाला सिकाए । 'क' बाट कछुवा देखि 'ज्ञ' बाट ज्ञानीसम्म सिकाए । 'A' फर Apple बाट 'Z' फर Zebra सम्म सिकाए । त्यसपश्चात् हामीले विद्यालय अनि विश्वविद्यालयमा अन्य धेरै शिक्षक र शिक्षिकाहरूसँग शिक्षा लिएका छौँ, आज तिनै तमाम शिक्षक अनि शिक्षिकाहरूलाई हार्दिक नमन ।




काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५५औँ वार्षिकोत्सवका अवसरमा नेपाली सञ्चार जगत्को समग्र वस्तुस्थिति समेट्ने गरी ‘मिडिया एयर बुक’ प्रकाशन गरेको छ । यो प्रकाशन अङ्ग्रेजी भाषामा छ । नेपाली सञ्चारमाध्...

दक्षिणकालीका स्थानीय तहलाई मन्त्री यादवको आग्रह : ललितपुरमा खानेपानी उपलब्ध गराउन सहयोग गरिदिनुहोस् १९ असोज, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुर...

काठमाडौं । सरकारले सार्वजनिक गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा महत्त्वपूर्ण विषयहरू समावेश नभएको भन्दै विभिन्न क्षेत्रका सराेकारवालाहरूले कमी औँल्याएका छन् । बिहीवार कम्प...

बेरुत । हिज्बुल्लाहको एक उच्चस्तरीय स्रोतले समूहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीनसँगको सम्पर्क यसै साता इजरायली आक्रमणपछि टुटेको बताएको छ ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको खेलमा क्रिस्टलप्यालेसविरुद्ध १-० को कठिन जीत दर्ता गर्दै लिभरपुल तालिकामा ३ अंक थप्न सफल भयो । लिभरपुलले क्रिस्टल प्या...

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

काठमाडौँ – बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमि...
१९ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ को च्याम्पियन टोली कर्णाली यस्विसले नगद ७ लाख पुरस्कार पाएको छ । आयोजकले फाइनलअघिसम्म पुरस्कार घोषणा गरेको थिएन । फाइनलपछि पुरस्कार व...