नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

नेपालमा ग्रामीण महिलाहरूको भूमिकानेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र सङ्घको बिचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आयआर्जन मूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र सङ्घको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।

विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिका झाडापखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ ।
यसरी धुँदा औँलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनीका सूक्ष्म जीवाणुहरू पनि पखालेर सफा हुनेछन् ।
धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, कीटाणुहरू सबैतिर छन् र हामी यी कीटाणुहरूलाई देख्न सक्दैनौँ । यी कीटाणुहरूले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या सङ्क्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको सङ्क्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरूबाट जोगिनु नै बुद्धिमत्ता होला ।





प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । कार्यक्रमबाट गाउँपालिकाका सात सय ४७ छोरी लाभान्वित भएका छन् । छोरा र छोरीमा गरिने लैङ्ग...

उदयपुर : उदयपुरको लिमचुङबुङ गाउँपालिका-३ बाराहा पिप्लेकी २० वर्षीया निङमा याङजी शेर्पा आत्महत्या प्रकरण शंकास्पद देखिएको छ। चार महिनाअघि मात्र नयाँ दुलहीको रूपमा भित्रिएकी शेर्पा आइतबार घरभित्रै मृ...

पार्टी कार्यालय बनाउने एमालेको पाँच बुँदे कार्ययोजना अलपत्र, गुरुङको दानप्रति तिब्र असन्तुष्टि २९ असोज, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय भाटभटेनीका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले ब...

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हेटौंडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रुपमा विकास गर्नका लागि सहयो...

कञ्चनपुर — चोलिया र फरियामा सजिएकी २४ वर्षीया अलिशा डगौरा सखिया नृत्यमा सहभागी हुन थालेको दुई/तीन वर्ष भयो । नाच्न जाने पनि उनलाई सखियाको गीत गाउन भने आउँदैन । आमा र बज्यै पुस्तासँगै सखिया नृत्यमा ...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ । समितिले स्वीकृति दिएको तो...

पाटन । खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु, बासुकी र देवकी खानेपानी मुहान क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले पन्ध्र दिनभित्र सबै काम पूरा गरेर खानेपानी...

काठमाडौँ - प्रादेशिक अस्पताल लहानमा कार्यरत करार मेडिकल अधिकृतहरूले असारदेखिकै तबल भत्ता पाएका छैनन् । तलब भत्ता उपलब्ध गराउन माग गर्दै उनीहरुले मंगलबार अस्पताल प्रमुखलाई पत्र लेखेका छन् । तलब भत्...