नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
अपाङ्गता दिवसको पृष्ठभूमि
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरू गुन्जिरहुन् भन्ने कामना पनि छ ।
अपाङ्गता भएका व्यक्तिहरूले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरूलाई पनि आज विश्व समुदायले विभिन्न माध्यम मार्फत अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचना कालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरूले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिबद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन् भन्ने याद दिलाउने दिन पनि हो ।
अपाङ्गता भएको जनसङ्ख्यालाई साथै लिएर हिँड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन ।
सन् २०२४ नारा
"Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” हो । यसको अर्थ समावेशी र दिगो भविष्यको लागि अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वलाई विस्तार गरौं भन्ने अर्थ लाग्दछ ।
यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि सन् २०२३ को विश्वव्यापी दिवसले निम्न विषयगत विषयहरूलाई तीन फरक अन्तरक्रियात्मक संवादहरूमा समेटेको छ ।
रोजगारीमा अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
असमानता घटाउन अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
अपाङ्गता समावेशी विकासका लागि नवप्रवर्तन
र यी सबै बुँदाहरू सस्टेनेवल डिभेलपपमेन्ट गोलका हिस्साहरू हुन् ।

के तपाईंलाई लाग्छ, हाम्रो समाजमा अपाङ्ग व्यक्तिहरूको अधिकार र समावेशीकरणका लागि पर्याप्त प्रयास गरिएका छन्?
अपाङ्गमैत्री संरचनाको खाँचो
१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुवै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनी आफ्नो स्कुलको दोस्रो तल्लामा चढ्न सक्दिनन् किनकि भर्याङ अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उन कालागि कदापि सहज छैन । के उनको विद्यालयको यो संरचना उनेकोलागि योग्य छ त ?
यस्तै आशाजस्ता लाखौं अरू मान्छेहरू छन्, संसारको कूल जनसङ्ख्यामध्ये १५ प्रतिशत जनसङ्ख्यालाई कुनै न कुनै रूपको अपाङ्गता छ तर उनीहरूको हरेक ठाउँमा समान पहुँच छैन ।महोत्तरी जिल्लाका काशी साह दृष्टिविहीन छन्, नागरिकता लिन जाँदा सिडिओ कार्यलयमाथी जान अप्ठेरो भयो । यस्ता धेरै कार्यालय र संरचनाहरूमा अपाङ्गता भएकाहरूको समान पहुँच छैन ।टिभीमा आउने समाचार मैले केही पनि बुझ्दिन र कति मन लागे पनि सिरियलहरू बुझ्न सक्दिन, अरूहरू हास्य कार्यक्रम हेरेर हाँसेको देख्दा मलाई पनि बुझेर हाँस्न मन लाग्छ तर सक्दिन बाग्लुङ्ग कि सुस्त श्रवण बहिनी विनीता डिसीले हाम्रो पात्रोसँग कुराकानीको क्रममा बताउनुभयो ।
यस्तै गुनासो बाँकेका दृष्टिविहीन शिवराज वि।के।को छ, कुनै पनि पत्रिकाहरू व्रेललिपीमा आँउदैनन्, हामी बाहिरी संसारका सूचनाबाट कहिलेसम्म पर रहने ?म्याग्दीका दृष्टिविहीन साथी गणेश सुवेदि, आफ्नो प्यारो मोबाइल सहयात्री हाम्रो पात्रो हरेक दिन चलाउनुहुन्छ, वहाँले अडियो का मार्फतबाट दिन विशेषका जानकारी लिनुहुन्छ, अझै सहज र अपाङ्गमैत्री अडियो राखिदिन वहाँको हाम्रो पात्रोसँग आग्रह छ र हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताको भावना प्रति कटिबद्ध छ । अपाङ्गमैत्री समाज र सूचनाका संरचनाहरू आजको आवश्यकता हो ।
वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृति, भू(भाग मात्र नभई अपाङ्ग साथीहरूलाई पनि सहज तवरमा सँगै लिएर विकासको दौडमा हिँड्न सफल बनाउनु पनि हो ।
अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणका बिचमा राख्न सके सपाङ्ग झैँ अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनै पनि चुनौतीको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरू ।
अपाङ्गताका विषयमा भइरहेका पैरवीहरू
समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यकता हो ।नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले अपाङ्गता कालागि धेरै परियोजना कानुनतः पैरवीहरू गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गता कालागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरूमा सहज अपाङ्गमैत्री शिक्षा जस्तै: ब्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरूमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरिक उत्पादन गर्न सके वहाँहरूको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।
आफ्नो जीवनयापन कालागि अर्काको भर पर्न नपरेमा मात्र आत्म स्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैरसरकारी संस्थाहरूको पनि अपाङ्गता भएका साथीहरूको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाइन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान व्यवहार पाइयोस् अनि सहज स्वास्थ्योपचार व्यवस्थित होस् । अपाङ्गता सोचले सीमित नहोस् अनि यसमा सबै साथीहरूको साथ, सहयोग अनि प्रतिबद्धता रहोस् ।
डिसेम्बर ३ को विशेष क्षमतासहितको यो फरक ऊर्जायुक्त दिन विशेषको शुभकामना ।
- हाम्रो पात्रोका लागी सुयोग ढकाल ।





काठमाडौं – नायक सलोन बस्नेत अभिनित रहेको फिल्म ‘रंगी’को छायाङ्कन पूरा भएको छ । २६ दिनमा यसको छायाङ्कन सकिएको बताइएको छ ।

एमालेको नजरमा उपनिर्वाचनको नतिजा र शिक्षा शङ्कर पोखरेल २३:४२ बजे उपचुनावको परिणाममा नेकपा(एमाले) तेश्रो भनेर प्रचार भइरहेको छ । अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ...

क्लिकमान्डु एजेन्सी । उत्तर कोरियाको खतराको कारण देखाउँदै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य कानुन घोषणा गरेसँगै राजधानी सोलमा व्यापक प्रदर्शन भइरहेको छ । विपक्षी दल डेमोक्रेटिक पार्ट...

१८ मंसिर, काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजना...

काठमाडौं । सुरक्षित रुपमा सामाजिक सञ्जालको प्रयोगबारे डिजिटल प्लेटर्फम टिकटकले सरोकारवालामाझ छलफल चलाएको छ । काठमाडौंमा आयोजित ‘डिजिटल सेफ्टी समिट नेपाल’ कार्यक्रममा टिकटकजस्ता सामाजिक सञ्जालको सुर...

गोरखापत्र अनलाइन काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उपनिर्वाचनको परिणामले जनप्रतिनिधिहरुको कामप्रतिको असन्तुष्टि प्रकट भएको बताउनुभएको छ । स्थानीय तह उपनिर्वाचनको समीक...

दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलेले मंगलबार साँझ 'इमरजेन्सी मार्सल ल' घोषणा गरेसँगै त्यहाँको सेना संसद भवन पुगेको छ। सांसदहरूले मार्सल ल विरूद्ध संसदमा प्रस्ताव पारित गरेर त्यसलाई उल्टाउने घ...

काठमाडौं । टिकटकले नेपालमा दुई महिनाको अवधिमा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट गरेका ६ हजार ७८ भिडियो हटाएको छ । गत अप्रिल र जुन महिनामा ‘कम्युनिटी गाइडलाइन्स’ विपरीत पोस्ट भएका भिडियोमध्ये ९९.१...