नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

गढिमाई
नेपालको तराई र भित्रि भूभागमा अलिकति उँचो स्थानमा गढिमाई को मन्दिर स्थापित गरेर पुजा गर्ने प्रचलन छ । गढिमाई शक्तिको पुञ्ज र सत्यताको पराक्रमका रुपमा स्थापीत हुनुहुन्छ । गढीमाईलाई शक्तिको देवी मानिन्छ, जसले भक्तजनहरूको मनोकामना पूरा गर्ने विश्वास गरिएको छ।
पाँच वर्षे मेला
गढीमाई मेला, जो प्रत्येक पाँच वर्षमा बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा आयोजना गरिन्छ, यस वर्ष मंसिर १७ गते डिसेम्बर २ तारिख २०२४ देखि विधिवत् रूपमा सुरु भएको छ। मेलाको मुख्य आकर्षण मंसिर २३ र २४ गते (डिसेम्बर ७ र ८) हुने विशेष पूजा र पशुबली कार्यक्रम हो, जसपछि मंसिर ३० गते डिसेम्बर १४ गते मेला विसर्जन हुनेछ। प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला यसपटक भने असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभारम्भ भएको भए पनि विधिवत् रूपमा मङ्सिर १ गतेदेखि विशेष पूजाको आयोजना गरी सुरु गरिएको हो ।
पशुवलिको परम्पराको विधि
मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि मात्र सर्वसाधारणले वली दिन पाउने छन् । परम्परा र मान्यता अनुसार हिन्दु धर्म, संस्कृतिमा पशुवलीलाई शक्तिसँग जोडिएर हेर्दै आएको मूल पुजारी मङ्गल चौधरीले बताएका हुन् । गढीमाईको सिमानाका भनिएको पसहा खोला पारगरेपछि जुनसुकै ठाउँमा सानो बलीको रूपमा बोका, कुखुरा, हाँस, परेवाको बली दिने चलन रहे पनि ठुलालीको रूपमा हजारौँको सङ्ख्यामा बली चढाइने राँगा भैँसी पाडा र सुगरका लागि छुट्टै सुरक्षित र व्यवस्थित वधशालाको निर्माण गरिएको छ ।
पाँच वर्षे मेलाको अनेक शुभकामना ।
जय गढिमाई
गढीमाईको बेलामा दिइने पशुपंक्षी बली बारे तपाईंको भनाइ के छ ?


अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस
आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ ।
सुन्न ट्याप गर्नुहोस्
आज २ डिसेम्बर
आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।
विश्वमा आधुनिक दासताको तथ्याकं
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।
यसै कुरालाई ध्यानमा राख्दै वर्ष सन् २०२४ को नारा पनि “Making time for Black mental health" राखिएको छ । यसका साथै आधुनिक समाजको दासता उन्मुलन गर्नका लागि विश्व समुदायलाई यस वर्ष अपिल गरिएको छ ।
नेपालमा दासता
अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँ गाउँमा पनि विभिन्न स्वरूपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।
नेपालमा केही वर्ष अघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गर्थ्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँमा पुर्याउन सकिने हो भने दासताका अनेक स्वरूपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।
दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । हामीले मानवअधिकारको सुनिश्चितताका लागि सधैँ आवाज उठाउनु पर्छ । हाम्रो पात्रो परिवार आजको दिन दासताका कुनै पनि स्वरूपमा हामी नलागौँ भन्ने प्रण गर्न अनुरोध गर्दछ । सबैलाई शुभकामना ।
आजको दिनका सान्दर्भिक ह्याश्ट्यागहरु :
#AbolishSlavery
#HumanRights
#EndHumanTrafficking
#ModernSlavery
#HumanDignity
#JusticeForAll
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली क...

काठमाडौं । ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमलाई नेपालमा कन्सर्ट गराउने भएको छ । दिपल कन्सर्टमा मुख्य प्रायोजक हुने भएको हो । कन्सर्ट २५ डिसेम्बर (पुस १० गते) हुनेछ । कन्सर्ट नेपाली टच...
काठमाडौँ — उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ को उपचुनावमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार घिमिरे ५ सय ५९ मतसहित विजयी भएका हुन् । एमालेका मोहन खड्का ५...

काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सोमबार अबेर सार्वजनिक अन्तिम मत परिणामसँगै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र नतिजाबाट उत्साहित देखिएको छ...

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन्। यसअघि २०७९ को निर्वाचनमा पनि माओवादीले नै जितेको यो पद यस उपनिर्वाचनमा पनि सुरक्षित गरेको हो। २०७९...

सरकारको प्रमुखको विशेष उडान सञ्चालन गर्ने अवसरप्राप्त हुनु ठूलो सम्मान : हिमालय एअरलाइन्स हिमालय एयरलाइन्सको चार्टर्ड विमानमा चीन पुगे प्रधानमन्त्री ओली नयाँ पेज २३:२४ बजे काठमाडौं : प्रधानमन्त...

शशिधर पराजुली विराटनगर, मङ्सिर १७ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गर्नुभएको छ । कोशी प्रदेश सरकारको रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एमाले संसदी...

उदयपुरको वेलका नगरपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे निर्वाचित भएका छन्। उनी ५५९ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२६ मत प्राप्त गरे...