नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ ।
सुन्न ट्याप गर्नुहोस्
भ्रष्टाचार लाई नाई भनौं, हरेक नाई को मुल्य हुन्छ ।
हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । सन् २००३ मा संयूक्त राष्ट्रसंघको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको हो ।
सन् २०२४ को नाराः
Engage in Transparency: अर्थात पारदर्शिताका क्रियाकलापहरुमा संलग्न हौं भन्ने अर्थ लाग्दछ । सरकार र व्यापार अभ्यासहरूमा पारदर्शिता र जवाफदेहिताको लागि वकालत गर्नु भन्ने आव्हानका साथ बिश्वभरि सन् २०२४ को भ्रष्टाचार बिरुद्धको दिवसको शंखनाद गरिदैछ ।
आजको दिन संसारभरि भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउन र जागरण बढाउने कार्यमा केन्द्रित गरिन्छ । मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व जगाउनसकेमा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अर्कोतर्फ भ्रष्टाचारीहरुलाई कारवाही गरेर उदहारण कायम गर्न सकेमा आगामी दिनमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न सकिन्छ । नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अङ्गमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ ।

तपाईंको विचारमा नेपालमा भ्रष्टाचारको मुख्य कारण के हो ?
"हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले"
महाकविका यी हरफ आजपनि उत्तिकै सार्थक छ, जीवनको मूलभूत उद्धेश्य भनेको साधारण जीवनशैली र असाधारण र विलक्षण विचारहरुको र उदाहरणहरुको सृजना हो । सोक्रेटस्, महाकवि लक्ष्मीप्रसाद देवकोटा, रुमी, गौतम बुद्ध अनि नेलशन मण्डेलाहरुलाई उनिहरुले कमाएको धन नभई उनिहरुको ब्यक्तित्व, विचार अनि समाज परिवर्तनका आधारहरु खडा गरेकाले मात्र हामीले चिनेका हौ र श्रृष्टि रहुञ्जेल पुस्तौ पुस्ताकाबिच जीवित रहनेछन् ।
पैसा अनि सुखी जीवनशैली लगायत निरन्तरका नव सपनाहरुले हामी ग्रसित नभईकन् सुखी र आफ्नो पसिनाको कमाईले वाँचन सिक्न जरुरी छ, सरकारलाई कर तिर्न र त्यसको पैरवीगर्न पनि हाम्रो अधिकार र दायित्व हो । भ्रष्टाचार मार्फत सम्पती कमाउनु छोटो उन्नतीको वाटो त होला तर ठगेर, झुठो वालेर अनि संसारलाई पिरोलेर कमाएको अझ भनौ लुटेको सम्पती एउटा दुर्भाग्यदायी अपुताली भन्दापनि नराम्रो कुरा हो । यस्तो सम्पतीले पुस्तौ पुस्ता पिरोल्छ ।
भ्रष्टाचार आजभोली संसारभरि एउटा साझा समस्याका रुपमा बढीरहेको छ । भ्रष्टाचार एउटा सामाजिक चुनौती हो जसको प्रभावले आर्थिक, राजनैतीक अनि वैचारीक पृष्ठभूमीलाई नकारात्मक असर पार्ने गर्दछ । मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी जरा गाडेको छ । यसले आर्थिक उन्नतीलाई धरासायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ ।
हामी आफैले कर तिरेर खडा गरेका सरकारी संयन्त्रहरु अनि त्यसैबाट तलब खाने कर्मचारीहरुले नै सहज कार्यकालागि पनि घुमाउरो गरि दुखः दिने गर्दा, उनीहरुले सामान्य कार्यको दुःखदायी परिभाषा दिंदा राज्यप्रति अनि आफूले तिरेको करप्रति धिक्कार लाग्नू स्वभाविक छ । वास्तवमा सुशासन भनेको पारदर्शीता नै हो । भ्रष्टाचारले पारदर्शीताको कमी गराउँछ अनि प्रजातन्त्रप्रतिको विश्वासको धरातललाई धमिल्याईदिन्छ । हामीले चुनेर पठाएका प्रतिनिधीहरुलेनै संसदमा गएर राज्यकोष अनि सुविधाको बढ्दो दुरुपयोग र भ्रष्टाचारले अाम जनताको चुनाव र संसदिय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै नजाओस |
नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठन सम्वन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकारबारे व्यवस्था गरिएको छ । संविधानमा भएको व्यवस्था बमोजिम कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी अाएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ ।
कानूनले गरेका प्रावधान भन्दापनि हामीभित्र रहेको सोंचाई भ्रष्टाचारविरुद्ध अगाडी बढ्नकालागि जरुरी छ । मान्छेलाई उसले बनाएका घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन जरुरी छ । स्वतन्त्र, सभ्य, समान अनि भ्रष्टाचारमुक्त पारदर्शी समाजको शुभकामना । भ्रष्टाचार विरूद्धको अभियानमा लागेका अभियन्ताहरूलाई सलाम, यस बिरूद्ध हामी सबै अघि बढाैं, घूसखोरी र भ्रष्टाचारीको चरमलाई जरैदेखि उखेल्न हातेमालो गराैं ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल




काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंक...

फिल्म ‘प्रकाश’प्रदर्शनका बेला बोर्ड अध्यक्ष भुवनलाई थर्काएका प्रदीपले यस पटक डिसीलाई पाठ पढाए ५ मिनेट अघि A A काठमाडौँ : अभिनेता प्रदीप खड्का फिल्म ‘प्रकाश’को प्रदर्शनका समयमा चलचित्र विकास बोर...

काठमाडौं- संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली...

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनि प्रदूषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रुप परिवर्तन गरी सशह...

सिरहा – चुरे क्षेत्रका इनार, कुवा र चापाकलमा पानी रसाउन छाडेपछि लहान नगरपालिकाले चालु आर्थिक वर्षमा यहाँका एक हजार घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गर्ने भएको छ ।

दमौली (तनहुँ) – जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ। म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म...

काठमाडौँ । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु भएको छ । नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित आजदेखि सुरू भएको महोत्सवमा...

कञ्चनपुर, मंसिर २४ गते । बेलौरी नगरपालिका –६ स्थित पुरैनी तालनजिक उड्दै गरेको लोपोन्मुख प्रजातीको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा गरुड प्रजातीको बथ...