नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


अन्तर्राष्ट्रिय मानव अधिकार दिवस
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ ।
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाउने गरिएको हो ।
विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणा पत्र हो । पछिल्लो तथ्यांकअनुसार यो घोषणा पत्र ५ सयभन्दा बढी भाषामा अनुवादित भएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र ७६ वर्ष पुग्यो
१० डिसेम्बर २०२४ मा विश्वको सबैभन्दा महत्वपूर्ण बिश्वव्यापी घोषणहरु मध्ये एक मानिने मानव अधिकारको विश्वव्यापी घोषणा को ७६ औं वार्षिकोत्सव मनाइदैछ। यो ऐतिहासिक दस्तावेजले जाति, रंग, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतको
परवाह नगरी सबैलाई मानवको रूपमा पाउने अपरिहार्य अधिकारहरू समावेश गर्दछ।
सन् २०२४ को नारा
प्रत्येक वर्ष विभिन्न मूल नाराका साथ मनाइने अन्तर्राष्ट्रिय मानव अधिकार दिवस यो वर्ष अर्थात् सन् २०२४ मा “Our Rights, Our Future, Right Now " हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य भन्ने आशयको रहेको छ ।
नेपालमा मानव अधिकारको संरक्षणका लागि तपाईंले कुन क्षेत्र सुधार गर्नुपर्ने सोच्नुहुन्छ?

मानव अधिकार खासमा एउटा मानिसको जन्म भए पछि उसले पाउनु पर्ने अधिकारहरु हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरु मानव अधिकारभित्र पर्छन् ।
मानव अधिकार घोषणापत्रका आधारभूत विषयहरु के के हुन् त ?
आउनुहोस्, हाम्रो पात्रोमा यसबारे चर्चा गरौँ
यस मानव अधिकार घोषणापत्रले हामी सबैलाई सशक्तिकरण गर्दछ
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्वन्द्वलाई रोकेर शान्ति स्थापना गर्दछ
जहाँ जहिले मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामी सबै जोखिममा हुन्छौँ
आफ्नो र अरुको लागि आवाज उठाउने गरौँ
पछिल्ला वर्षमा पूरै संसारलाई हल्लाउने र त्रसित गर्ने मानव अधिकार उल्लंघनका समाचारहरु पनि आइरहेका छन् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने महिलामाथिका हिंसा हुन् या सिरियाका बालबालिकामाथि भइरहेका हिंसा, वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरु किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् ।
पाकिस्तानमा ‘अनर किलिङ’का नाममा हुने घटना हुन् या म्यानमारबाट ज्यान जोगाउनैका लागि विदेशिनु परेका रोहिंग्याहरुको वेदना किन नहोस्, सबै आधारभूत मानव अधिकार हनन भएका निर्लज्ज घटना हुन् । कहिलेकाहीँ त यस्तो लाग्छ, विश्वभर भइरहेका विभिन्न यी घटनाहरु कुनै ढुंगाको मन भएका व्यक्तिहरुले गराइरहेका छन्, मानौं हाम्रो मानवता पूर्णरुपमा मरिसकेको छ ।
मानव अधिकारको पूर्ण सुनिश्चितता विकासको आधार हो, हाम्रो समाज समुन्नत हुने खुड्किलो हो । आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनका
कदम नचाल्ने संकल्प लिऔँ । मानव अधिकार दिवसको शुभकामना ।
-हाम्रो पात्रोको लागि सुयोग ढकाल



२५ मंसिर, काठमाडौं । एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको । कुनै टिमले लगातार चार जित, कसैले ३, कसैले २ त कसैले कम्तीमा १ खेल जितिसके...

कायरो । मध्य कायरोमा मंगलबार ६ तले आवासीय भवन ढल्दा आठजनाको मृत्यु भएको र तीनजना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । “नौ वटा एम्बुलेन्स घटनास्थलमा पठाइएको छ । उद्धारकर्ताहरूले भग्...

धनुषा, मंसिर २५ गते । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित पेठिया बजार (पुरानो बजार) मा बिक्रीका लागि राखिएको बाँसबाट निर्मित परम्परागत हस्तकलाका सामग्री । तस्बिरः चन्द्रदेव साह, रासस

ऊर्जामन्त्री दिपक खड्काको कम्पनीले लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर पैसा नतिरेकोबारे संसदीय समितिले सोधपुछ अघि बढाएको छ। खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले जग्गा भाडाबापत् स्काउटलाई ५ क...
हेटौंडा — मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम...

काठमाडौँ- नेपाल सरकारले चीन सरकारसँग हालै भएको ‘बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क’ सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणका क्रममा यही मङ्सिर १९ गते भएको उक्त दस्त...

दमास्कस । सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मद अल–बशीरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका...

काठमाडौँ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र लक्जमबर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेलबीच मङ्गलबार लक्जमबर्गमा भेटवार्ता भएको छ । बेटेल सन् २०१३ देखि २०२३ सम्म...