नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


विश्व पर्वत दिवस
पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल ।
सुन्न ट्याप गर्नुहोस्
विश्व पर्वत दिवसको पृष्ठभूमि
हामी नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि । पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल । त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ । यस वर्ष हिमालको महत्त्व छ भन्ने नाराका साथ विश्व पर्वत दिवस मनाइँदै छ ।
सन् २०२४ को नाराः
यस वर्षको विश्व पर्वत दिवसको नारा "“Mountain solutions for a sustainable future – innovation, adaptation, youth and beyond”" अर्थात् पर्वतहरु दिगो भविष्यका लागि समाधान हुन् – नवप्रवर्तन, अनुकूलन, युवा र त्यसपछिका कदमहरू भन्ने अर्थ लाग्दछ ।
हेर्दा सुन्दर देखिने मात्र होइन, सूर्यको उदाउँदो वा अस्ताउँदो प्रकाश पर्दा मनमोहक देखिने मात्र होइन, पर्वतहरूले हाम्रो जीवनसँग अन्योन्याश्रित सम्बन्ध राख्छन् । हिमालहरूबाट नै आउने कलकल बग्ने खोलाहरू हुन् या समुद्रबाट उडेको बादल गएर हिमालहरूमा ठोक्किएर पर्ने पानी किन नहोस्, हाम्रो जीवन र हिमालको सम्बन्ध सुन्दर छ, अति आवश्यक छ ।
तपाईंलाई नेपालका यी प्रसिद्ध हिमालहरूमध्ये कुन हिमाल घुम्न वा चढ्ने इच्छा छ ?

नेपाल भनेपछि आज पनि विश्वमा हिमालको देश भनेर चिनिन्छ । हुन पनि नेपालको कूल भूभागको १५ प्रतिशत त हिमाली क्षेत्रले ओगटेको छ । त्यसैले पनि हामी विविधतामा धनी छौँ, हिमाली उत्पादनका विषयमा हामीले गर्व गर्न सक्ने थुप्रै विशेषता छन् । हिमाली जडीबुटीमा हामी विश्वमै धनी छौँ, विशेष छौँ ।
तर, यही समयमा हामीसँग चिन्ता र चुनौतीहरू पनि बढेका छन् । विश्वमा बदलिँदो जलवायुका असर सोझै हाम्रा हिमाल र पर्वतहरूमा परिरहेका छन्, भूकम्पका कारण हाम्रा हिमालहरूको आधार हल्लिएको हुनसक्ने अनुमान गरिएका छन् । अनि हिमाली क्षेत्रमा पाइने वन्यजन्तु तथा वनस्पतिहरूको पनि लोप हुँदै गएको छ । पर्वत, हिमालमा भइरहेको ह्रासलाई न्यूनीकरण गर्न अब सोच्ने समय आएको छ ।
चुनौतीहरूबाट हाम्रा हिमालहरू जोगाऔँ । सबैमा शुभकामना ।

श्रीकृष्ण उवाच:
मार्गशीर्षे मासे कृष्ण पक्षे य: पिबेद्व्रतं।
मोक्षदा नाम सा ज्ञेया सर्वपापप्रणाशिनी॥
मार्गशीर्ष महिनामा कृष्ण पक्षको एकादशीका दिन मोक्षदा एकादशीको व्रत पालन गर्दा सबै पाप नाश हुन्छ।
यस वर्षको पुण्य गीता जयन्ती र मोक्षदा एकादशीको अनेक शुभकामना ।
आजको तिथिमा नै भगवान कृष्णले अर्जुनलाई गीताको ब्याख्या गर्न सुरु गर्नुभएको थियो ।
मङ्सिर शुक्ल पक्षको एकादशी लाई किन गीता जयन्तीका रुपमा पनि मनाइन्छ ?
श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।
एकादशीमा के के गरिन्छ ?
हामीले यसअघि हाम्रो पात्रोमा एकादशीको महिमाहरूबारे चर्चा गरिसकेका छौँ । तपाईंहरुलाई पनि पक्कै थाहा छ, एकादशीमा विशेष भगवान विष्णुको पूजा गरिन्छ । आज विष्णु प्रतिमा स्थापना गरेर धूप, दीप, नैवेद्य चढाउने परम्परा रहेको छ । त्यस्तै, ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने पनि विश्वास गरिन्छ ।
धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिनाले सबै पापहरूबाट समेत मोक्ष प्राप्ति हुन्छ । अनि पापबाट मोक्ष प्राप्त हुने भएकाले आजको एकादशीलाई मोक्षदा एकादशी भनिएको विश्वास गरिन्छ । आजको दिन शुद्ध मनले व्रत बस्नाले पूर्वजहरूले समेत पापबाट मुक्ति पाउने र उनीहरूको स्वर्गको बास हुने धार्मिक मान्यता रहेको छ ।
मोक्षदा एकादशीको व्रत कथा
पौराणिक कथाअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजा थिए । राजा वैखानसले एक पटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफूलाई अनुनय गरेको देखे । यस्तो सपना देखेपछि उनी चिन्तित भए, बिहानै उठेपछि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा उनले सविस्तार सुनाए । राजाको कुरा सुनेपछि गुरु पुरोहितहरूले पर्वत नाम गरेका एक तपस्वी ऋषिमुनिलाई भेटे र उद्धारको तरिका सिक्न खोजे ।
ती ऋषिले वैखानसलाई उनका पिताले पूर्व जन्ममा गरेको पापबारे बताए, त्यसका कारण नर्क भोग्नु परेको सविस्तार वर्णन गरे । अनि यसबाट पितालाई मुक्त गर्न मङ्सिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत लिनु पर्ने बताए । ती ऋषिको अनुसार वैखानसले मोक्षदा एकादशीको व्रत बसे, पितालाई नर्कबाट उद्धार गरे ।
त्यही बेलादेखि भक्तालुहरूले आफ्ना पितृको उद्धारका लागि मोक्षदा एकादशीमा व्रत बस्ने गरेको मानिन्छ ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि
श्रीमद्भागवत अध्याय २ श्लोक ४७०
अ
र्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईँले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार नमान्नुहोस् र सदैव अगाडि बढ्नुहोस् ।
आज गीता जयन्ती । गीता जयन्तीको अवसरमा सनातन हिन्दु दर्शनको एउटा अनुपम ग्रन्थ गीताको अनुग्रह र ज्ञान सबैलाई मिलोस् भन्ने हाम्रो पात्रो परिवार कामना गर्दछ । गीताको महत्त्व र यसको दार्शनिकबारे विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको विषयमा यदाकदा चर्चा हुने गरेको छ । यसको महत्त्वलाई थप प्रभावशाली बनाउन र थप वृहत् बनाउन आज गीता जयन्ती मनाउने गरिएको हो ।
५ हजार वर्ष अगाडिको पवित्र ग्रन्थ गीता
आजभन्दा ५ हजार वर्ष पहिले अर्थात् कलियुगको आरम्भमा आजकै दिन भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको विश्वास गरिन्छ । अनि यसैले गर्दा विश्वमा अहिले पनि गीताका उपदेश र सन्दर्भका कारण मानवीयताका परिभाषाहरूले अझ उच्चतम विश्वास पाउँदै गएका छन् ।
मोक्षदा एकादशीको आजको दिनलाई गीता जयन्ती किन मानिएको पनि हुनसक्छ भने गीताले मानिसलाई मोक्ष प्राप्त गर्ने बाटोमा अग्रसर बनाउँछ भन्ने विश्वास गरिन्छ । सम भाव, अन्याय, अत्याचाररहित समाजको कल्पना गराउने, यसको विशिष्टताको व्याख्या गर्ने विश्वकै पुरानो ग्रन्थमध्ये एक गीताको पृष्ठभूमि पनि महाभारतको युद्ध नै हो ।
आजभन्दा झन्डै ५ हजार वर्ष पहिले सुनाइएको गीताको यो सार र सन्देश आज कलियुगमा पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्व राख्छ र यसले संसारका सबै चेतनशील प्राणीले मनन गर्नु पर्ने शिक्षा दिन्छ । मानिसको आत्माले न जन्म लिन्छ न मर्छ, जे हुन्छ, त्यो सबै कुराका लागि राम्रो हुन्छ भन्ने भाव गीताले बोकेको छ ।
हो, गीता हिन्दु धर्मावलम्बीहरूको ग्रन्थका रूपमा पनि लिइन्छ । तर, यसको शिक्षाले कुनै एउटा विशेष धर्मलाई मात्र संरक्षण र प्रोत्साहन गर्दैन, यसले त मानव जीवनको सुन्दर पक्षलाई व्याख्या गर्छ । गीता ज्ञानको सबैभन्दा ठुलो भण्डारण हो, हामी सबैको सम्पत्ति र अटुट ज्ञानको स्रोत हो । गीता जयन्तीको उपलक्ष्यमा हाम्रो पात्रो परिवारको तर्फबाट सबैलाई शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी न...

बेरुत । लेबनानमा संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यूएनआईएफआईएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ । बुलडोजर र इन्जिनियर...
फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकपका आगामी दुई संस्करणका आयोजक देशहरूको घोषणा भएको छ । फिफाले २०३० र २०३४ का विश्वकप आयोजना गर्ने देशबारे आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत जानकारी दिएको छ । ...

नुवाकोट, मंसिर २६ गते । नुवाकोटको लिखु गाउँपालिका थानसिङमा बुधबार रुखमा बसिरहेका बकुल्ला चरा । अहाराका खोजीमा आउने पकुल्ला चरा यहाँ बास बस्ने गरेका छन् । तस्बिरः हरिराम भेटुवाल, रासस
लुम्बिनीको एनपिएल : अक्सनमा सफल, मैदानमा असफल भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लि...
२६ मंसिर, काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब लगातारको तेस्रो खेल जित्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर...

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेनामे उजुरी लिन नपाउने गरी प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले कानुन निर्माण अघि बढाएपछि आयोगले समिति समक्ष असन्तुष्टि जनाएको छ। समितिले अख्तियार दुरूपयोग अन...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले चीनमा फोटो प्रदर्शनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसिएसन, चिनियाँ पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल–चीन मैत्री सङ्घको सहकार्यमा हिमशृं...