नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

पृष्ठभूमि
यूएन चार्टरको आर्टिकल २ मा संयुक्त राष्ट्रसंघको हरेक सदस्य राष्ट्रलाई आफ्नो अन्तराष्ट्रिय विवाद र मुद्दाहरू शान्तिपूर्णरूपमा कुनै दबाब र चुनौति सृजना नगरी सुल्झाउन आव्हान गरिएकोमा यस बुदालाई संयुक्त राष्ट्र संघको महासभाले आफ्नो ७१ ३७५ रेसुलेसनमा पनि मान्यता दिएको छ ।
जब कुनै देश तटस्थ हुन्छ, यसको मतलब उनीहरूले युद्ध वा द्वन्द्वको समयमा पक्ष लिइरहेका हुँदैनन । तटस्थताको सबैभन्दा प्रसिद्ध उदाहरण मध्ये एक देश चाँही स्विट्जरल्याण्ड देश हो। दुवै विश्वयुद्धमा स्विट्जरल्याण्ड तटस्थ रह्यो। स्थायी तटस्थ स्थितिको परिणाम स्वरूप, स्विट्जरल्याण्ड वर्षौंदेखि हजारौं शरणार्थीहरूको लागि सुरक्षित आश्रयस्थल बनेको छ। यस वर्ष रुस यूक्रेन यूद्धकको संघारमा तठस्तता दिवसको महत्व झनै बढेर गएको छ ।
फेब्रुअरी २ सन् २०१७ मा राष्ट्रसंघले तुर्कमिनिस्तानलाई सन् १९८५ डिसेम्बर १२ देखिको स्वतन्त्र राष्ट्रको मान्यता दिएको हो, तसर्थ डिसेम्बर १२ लाई तटस्थता दिवसको रुपमा मनाउन थालिएको हो ।
के तपाईंलाई लाग्छ तटस्थता समाजमा शान्ति कायम गर्न प्रभावकारी उपाय हो?
आजको बिश्वमा तटस्थताको महत्व
शान्तिका लागि तटस्थताको आवश्यकतालाई ध्यानमा राख्दै हरेक वर्ष संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रहरू मार्फत यस दिवस डिसेम्बर १२ तारिखमा मनाउँछ । राष्ट्रहरूको आन्तरिक नीतिमा तटस्थताको सिद्धान्त लागू गर्न सके मात्र विश्व शान्तिको नारा गुञ्जायमान रहन्छ भन्नेमा राष्ट्रसंघको विश्वास रहेको पाइन्छ ।
राष्ट्रसंघको मुख्य कार्यहरुमा कूटनीति प्रमुख मध्य पर्दछ, राष्ट्रसंघले तटस्थताको पैरवीका साथै रोकथामका कुटनीतिको पनि पैरवी गर्दै आएको छ । आसन्न भारत पा विवाद, मध्यपूर्व र पश्चिमा देशहरूको तनाव, उत्तर दक्षिण कोरिया विवाद लगायतहरुमा राष्ट्रसंघले तटस्थताको पैरवी र मध्यस्थतताको कार्य गर्दै आएको छ ।
विश्व शान्तिका लागि तटस्थताको पैरवी गर्नका लागि आज यस दिवसको रूपरेखा तयार पारिएको हो । विशेषगरी विश्वयुद्धताका ध्रुविकृत भएका देशहरूमा विश्व परिवेश भन्दा पनि गुटवन्दी र समुहको प्रभाव बढि देखिएको थियो । अबको विश्वमा सबै राष्ट्रहरूको सार्वभौमिकताको पहिचान स्वीकार गर्दै तटस्थ र शान्ति मैत्री विश्व समाजको अवधारणा यस दिवसले अघि सारेको छ ।
साना ठूला सबै राष्ट्रहरुको स्वतन्त्रता कायम होस्, शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




सामाखुसी यातायात प्रालिले १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ। विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आजदेखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको ...
२७ मंसिर, काठमाडौँ । हरेक कुराको पहिलो सधैँ महत्वपूर्ण र सम्झनलायक हुन्छ । अझ खेलकुदमा त पहिलो हुनुको महत्व छुट्टै छ र पहिलोको कीर्तिमान सदाबहार नै हुन्छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रि...

दक्षिण कोरियाको सत्तारूढ पार्टीले राष्ट्रपति यून सुक योललाई महाअभियोग लगाउने प्रस्तावको समर्थन गर्ने भएको छ। सत्तारूढ दलले नै महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्ने भएपछि राष्ट्रपति यून पदबाट हट्...

वासिङ्टन । कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् । अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन् । यसलाई ह्वाइट हाउसले ...
सिंगापुर । भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिङ्गापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् । अन्...

झण्डै तीन दशकअघि बनेको कानुनमा समयसापेक्ष संशोधन नहुँदा टेलिकम कम्पनीहरू मारमा परेका छन् । अत्यधिक नवीकरण शुल्क, सेवा प्रदायकबीचको व्यवहार, ओभर द टप (ओटिटी) प्लेटफर्महरूको बढ्दो प्रयोग र ओटिटी प्ले...

काठमाडौं – आपसी सहकार्यलाई थप मजबुत बनाउन भारत र इजिप्ट सहमत भएका छन् । दुई मुलुकका परराष्ट्र अधिकारीस्तरीय १३ चरणको वार्तामा सम्पन्न बैठकमा आपसी सहकार्यलाई थप मजबुत बनाउने सहमती भएको हो ।
काठमाडाैं । फ्रेण्ड अन दी क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले ललितपुरमा आयोजना गरेको बिआरआई परियोजना सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको लागि यो परियोजना महत्वपूर्ण रहेको बताए...