नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल




बेरुत । आइतबार बसर अल–असदको नेतृत्वमा रहेको सिरियाली सरकारको पतन भएदेखि करिब सात हजार सिरियालीहरू लेबनान प्रवेश गरेका छन् । अनुमानित ९० हजार विस्थापित व्यक्ति अवैध क्रसिङ्गहरूमार्फत लेबनान प्रवेश ...

अछामको मेल्लेख गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा धुर्वप्रसाद सापकोटाले मेसिनरी सामान खरिद गर्दा भ्रष्टाचार गरेको भनी परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दै थियो। गत म...

म्याग्दी । नेपाल पत्रकार महासङ्घ म्याग्दी र मुस्ताङ शाखाका पदाधीकारी तथा कार्यसमिति सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि म्याग्दीमा हरिकृष्ण गौतम र मुस्ताङमा सुनदेवी रसाइलीको म...

राजु लामिछाने रुकुमपश्चिम, मङ्सिर २८ गते। नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको अध्यक्षमा गोपालप्रसाद रेग्मी निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट रेग्मीले २३ मत प्राप्त गरी निर्वाचित हुनु भएको...

काठमाडौं । पत्रकार महासंघको एसोसिएट अध्यक्षमा रोयल आचार्य विजयी भएका छन् । उनी २६६ मतसहित विजयी भएका हुन् ।

अख्तियारमा घुस रकम बोकेर आएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ ५ मिनेट अघि A A काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जाँदा घुस रकम बोकेर आएको आरोपमा नुवाकोटको किस्पाङ गाउँ...

क्लिकमान्डु काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले दक्षिण एसियाली देशहरुले आफ्नो व्यापार नीतिहरुमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । साथै यी देशहरुले हरित र समावेशी विकास...

काठमाडाैं- कल्पवृक्षको उल्लेख वेद र पुराणहरूमा पाइन्छ । कल्पवृक्ष स्वर्गको एउटा विशेष वृक्ष हो। पौराणिक शास्त्र र हिन्दू मान्यताअनुसार यस रूखमुनि बसेर व्यक्तिले जे चाहे त्यो पूरा हुन्छ भन्ने विश्वा...