नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


पूर्णिमा व्रत
यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ ।
सुन्न ट्याप गर्नुहोस्
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

तपाईं पूर्णिमा व्रत किन बस्नुहुन्छ?
वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

को हुन त भगवान् दत्तात्रेय ?
भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रूपको पूजा अर्चना गरिन्छ।
भगवान् दत्तात्रेय को योगदान
भगवान् दत्तात्रेयबाट वेद र तन्त्र मार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदान प्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरण शक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता रहिआएको छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल



२९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी संगिना वैद्यलाई शनिबार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम पुरस्क...

काठमाडौं । नागरिक प्रथम अभियानले देशको राजनीतिक, आर्थिक समस्याको समाधान गर्न सामुहिक प्रयास गर्न अपील गरेको छ ।

ललितपुरको झम्सिखेलमा अन्तर्राष्ट्रियस्तरको मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा ल्याइएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु दाबी गरिएको द प्लाजामा सिजी होल्डिङ्स कम्पनीले रू एक अर्ब ५० करोडभन्दा बढी...
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न २९ मङ्सिर, काठमाडौं । तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरू स...

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्...
नेपाली हक्की टोली मलेसिया जाने काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जा...

काठमाडौँ - ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्याएको आरोपमा ब्राजिलका अधिकारीहर...