नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ। शनिबारका दिन प्रदोष व्रत परेकाले शनि प्रदोष व्रत भनिएको हो ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
शनि प्रदोष व्रत मन्त्र
शनि प्रदोष व्रत भगवान् शिव र शनिदेवलाई समर्पित एक पवित्र दिन हो। यस दिन शिवजी र शनिदेवको पूजा र मन्त्र जपले शुभ फल प्रदान गर्दछ।
शिवजीको प्रदोष व्रत मन्त्र
ॐ त्र्यंबकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
यो मन्त्र प्रदोष व्रतका बेला जप गर्न विशेष फलदायी मानिन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।
-सुयोग ढकाल




काठमाडौं, १३ पुष । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यतिवेला देश दौडाहमा छन् । उनी भर्खरै सुदूरपश्चिमको यात्रा सकेर मधेश झरेका छन् । राजनीतिको केन्द्रविन्दुमा रहेका कोइराला...

बैतडी । बैतडीको सिगास गाउँपालिका–३ स्थित लगन बजारमा पहिलोपटक बिजुली पुगेको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको संयुक्त प्रयासमा यहाँ बिजुली पुगेको हो । लामो पर्खाइपछि ब...

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनका लागि भ्रष्टाचारविरुद्ध आन्दोलन निरन्तर अगाडि बढाइने बताएका छन् ।

१३ पुस, महोत्तरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन् । शनिबार महोत्तरीको भटौलियामा नेपाली कांग्रेस...

काठमाडौं। शुक्रबार रातिदेखि बदली भएको मौसम भोलिदेखि सुधार हुँदै जानेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि अहिले जस्तै बदली कायम रहने भन्दै आइतबार बिहानदेखि मौस...

काठमाडाैँ – कार्तिक २४ गते राति काठमाडौंको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, ...

काठमाडौँ : श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे आज नेपाल भ्रमणमा आएका छन्। उनी निजी भ्रमणका लागि नेपाल आएका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए। आज बिहान ११:५५ ...

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले खस्कँदो शिक्षा र सबैतिर व्याप्त भ्रष्टाचार मुलुकको विकासका लागि मुख्य बाधक रहेको बताएका छन्। आज महोत्तरीको भटौलियामा नेपाली कांग्रेस महोत्तरी–३ प्रतिनिधिसभा...