नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

देह शिवा वर मोहे, शरण गुरु के पास।
धरम जुद्ध में जाएं, तो ये सहस्र बरस।
यस भजनमा गुरु गोविन्द सिंह जी को प्रार्थना के छ भने आत्मालाई त्यस्तो शक्ति प्रदान गरियोस्, जसले धर्मको रक्षा गर्नको लागि साँचो वीरता र साहसका साथ संघर्ष गर्न सकोस् । साथै, गुरुको शरणमा जानु, धर्मको मार्गमा हिड्नु र साहसपूर्ण जीवन यापन गर्ने आव्हान नै यस भजनको मुख्य सन्देश हो।
यो भजन प्रायः सिख धर्मका अनुयायीहरूले पूजा र ध्यानका समयमा गाउने गर्दछन्।
सिखहरूको दसौँ गुरु
सिखहरूको दसौँ गुरु "गुरु गोविन्द सिंह"को आज ५ जनवरीको दिन जन्म जयन्ती हो। एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोविन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौँ गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोविन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोविन्द सिंहको मान्यता थियो कि "मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ"।
गुरु गोबिन्द सिंहको शिक्षालाई आजको समाजमा कसरी लागू गर्न सकिन्छ?
"गुरु गोविन्द सिंह" को बाल्यकाल
गुरु गोविन्दलाई उनको बाल्यकालमा गोविन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोविन्दको जन्म हुँदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोविन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो। पटनामा उहाँ त्यस बेला बस्ने घरलाई अहिले "तखत श्री पटना साहिब" नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ वर्ष पटनामा बिताएपछि उहाँ आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुई वर्ष पछि फेरी गुरु गोविन्द सिंह आफ्नो बुवा आमासँग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।
गोविन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदै गयो। त्यहाँका मानिसहरूमा समानताको लहर फैलाउन गोविन्द सिंहका पिता निरन्तर लागिरहे।
खाल्सा"को निर्माण
त्यसपछि, गुरु गोविन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नयाँ परिवर्तन ल्यायो। सन् १६९९ मा उहाँले "खाल्सा"को निर्माण गर्नुभयो। "खाल्सा" सिख धर्मावलम्बीका अनुयायीहरूको सामूहिक रूप हो। गुरु गोविन्द आफ्नो भक्तहरूलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोविन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोविन्द सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रन्थ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरू गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहाँ सिखहरूको अन्तिम गुरु हुनुहुन्थ्यो। आज उहाँको जन्म जयन्तीको अवसरमा सिख धर्मावलम्बीहरूले मात्र नभई सबैले एक पटक उहाँको सम्झना गरौँ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल





अर्घाखाँची, पुस २१ गते । अर्घाखाँचीको पाणिनी गाउँपालिका २ स्थित पोखराथोकका कृषक भाष्कर पौडेलको बगैँचामा पहेँलपुर भएर पाकेको सुन्तला। तस्बिरः प्रेमनारायण आचार्य, रासस

काठमाडौं – २०२४ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बन्यो, टाटाको पन्च। गतवर्ष टाटाले भारतमा २ लाख २ हजार ३० वटा पन्च बिक्री गरेर रेकर्ड बनाएको छ। यसअघि मारुती सुजुकीका कार नै वर्षौँदेखि सर्वाध...

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा पाँच दिनसम्म जारी दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ म तीन लाखभन्दा बढीले अवलोकन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सभ...

गाजा । इजरायली सेनाले गाजापट्टीमा पछिल्लो ७२ घण्टामा ९४ वटा हवाई आक्रमण र गोलाबारी गरेको र त्यसमा १८४ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले शनिबार साँझ जनाएको छ । कार्यालयले...

काठमाडौं । अर्थ विद् डा.पोषराज पाण्डेले सार्वजनिक रुपमै सबै औषधिको मूल्य घट्ने मात्र नभई बढ्ने पनि भएको बताएका छन् । आइतबार अन्तरक्रिया कार्यक्रममा औषधिको मूल्य समायोजन भनेको मूल्य घट्ने मात्र नभ...

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले घोषणा गरेको ‘स्टार्टअप उद्यम कर्जा’ कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजना शर्टलिस्ट (प्रारम्भिक सूची)मा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठा...
काठमाडौँ – बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’हुने भएको छ। आगामी माघ ५ गते नुवाकोटस्थित कोल्पुटार, बेल...

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्। नेपाली कां...