नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


नेपाल ज्योतिष परिषद स्थापना दिवस
हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन छ ।
सुन्न ट्याप गर्नुहोस्
हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन छ । हुन त ज्योतिष शास्त्रलाई खगोल शास्त्र सँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ ।
नेपाल ज्योतिष परिषद्
नेपाल ज्योतिष परिषद् ज्योतिष विज्ञानको प्रवर्द्धनमा समर्पित एक नाफारहित सामाजिक संस्था हो । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो ।
अहिले नेपाल ज्योतिष परिषद्को सबै प्रदेशहरूमा प्रदेश समिति र कार्यालयहरू रहेको पाइन्छ ।

पूर्वीय दर्शनमा ज्योतिष शास्त्र
यथाश्चक्षुर्विनाः प्राणि: सर्वार्धेषु न सफल:।
तथाऽवेदितज्योतिः शास्त्रं वेदेषु न सफलम्॥
यजुर्वेद
जसरी आँखा नभएको प्राणी कुनै पनि कार्यमा सफलता प्राप्त गर्न सक्दैन,
त्यसैगरी ज्योतिष शास्त्रको ज्ञान बिना वेदहरूको पूर्ण प्रभावकारिता हुन सक्दैन।
वास्तवमा ग्रहको चालको सापेक्षिक असर मान्छेको जन्मको समय र ठाउँका आधारमा हुने अध्ययन नै ज्योतिष शास्त्र हो तर बृहत् रूपमा ज्योतिष शास्त्र यतिमै मात्र सीमित कहाँ हुन्थ्यो र ? पश्चिमाहरूले ज्येतिषशास्त्रलाई मेटाफिजीकल भनेर अभौतिक विषयको विज्ञानका रूपमा व्याख्या गरिएको पनि पाइन्छ तथापि पूर्वीय दर्शनमा भने कसमस अर्थात् ब्रह्माण्डको नै अध्ययन अनि ग्रह, नक्षत्र र तिनका प्रभावको अध्ययन गर्ने विशालकाय भौतिक विषयवस्तु विज्ञान मानिन्छ । विज्ञानको प्रारम्भिक स्वरूप नै ज्योतिष शास्त्रलाई लिइन्छ र आज यस शास्त्रको महिमा अनि महत्त्व बिश्वभरिनै गुञ्जायमान छ ।
हातमा केही थान पुस्तक अनि चन्दनको भार निधारमा हुँदैमा कोही ज्योतिष हुँदैन, चोक चौराहमा मन बहलाउन अनि गफ दिन मात्रै बसेका भविष्यद्रस्टाका स्वघोषित मनुवाहरू सबै ज्योतिष कहाँ हुन्छन् र ? ज्योतिष विद्या जान्नका लागि त्याग तपस्या अनि बलिदान चाहिन्छ । नेपालभरि विभिन्न विद्यापीठ अनि बिधाआश्रममा सदियौँ देखि यस विद्या अध्ययन अध्यापन गराइन्छ ।
जसले जे भने पनि ज्योतिष शास्त्र मानवले आफूलाई हेर्ने एउटा महत्पूर्ण घडी अनि दर्पण हो । तर ज्योतिष शास्त्रले जे भने पनि कर्म नभई कन कोही पनि अघि बढेको इतिहास कहाँ छ र ?
कर्म लाई नै हरेक धर्म, पुस्तक, लेखक अनि दर्शनले केन्द्र मानेको छ । कर्म गर्न पछि नहटौँ अनि गीताले भनेँ झैँ फलको आस नगरौँ । आइस्टाइनले पनि त भनेका छन् कि इनर्जी नेभर डाइस भनेर त्यसै अनुरूप संसारका हरेक ऊर्जाहरू कहिले खेर जाँदैनन् । अघि बढ्ने ऊर्जा सबैलाई प्राप्त होस् अनि आफ्नो अनुरूपका कर्म क्षेत्र अनि व्यवहार पक्षहरू हामी सबैले पत्ता लगाउन सकौँ ।
जुनै राशि या नक्षत्र या पलामा तपाईँको जन्म भएको होस्? जूनै जात, धर्म या लिगं तपाईँको छ ? तपाई केवल एक मात्र तपाई हो समग्र ब्रह्माण्डमा केवल एक अनि विशेष ।
आजको दिन शुभ रहोस्
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
के तपाईंले अहिलेसम्म हाम्रो पात्रोबाट विज्ञ ज्योतिषहरूसँग कुराकानी गर्नुभएको छ ?




काठमाडौं । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तह (कक्षा ९–१०)को इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्व...

कुनै समय टुकी र दियालोको भरमा अन्धकार रात बिताउँदै आएको जुम्ला अब उज्यालोको नयाँ युगमा प्रवेश गरेको छ। नेपाल विद्युत् प्राधिकरणले जिल्लाका ७,५०० भन्दा बढी घरधुरीमा विद्युत् सेवा पुर्याएको छ। पाता...

काठमाडौं । नेपालजस्ता स्रोतको कमी भएका देशमा स्वास्थ्य एआईको क्षेत्रमा वैज्ञानिक ज्ञान, प्रविधि र नवप्रवर्धन गर्ने प्रतिबद्धता गर्दै हाइकन सम्मेलन सम्पन्न भएको छ । यस्ता देशहरूलाई स्वास्थ्य एआईको ज...

आगामी जनवरी २० तारिखका दिन नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छन् । अमेरिकी राजनीतिक परिदृश्यमा जनवरी २० लाई अत्यन्त महत्त्वपूर्ण मानिन...
झापा। जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय...

काठमाडौं : शारीरिक सम्बन्ध राखेर युवतीमाथि चक्कु प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। गत कात्तिक ८ गते भक्तपुरको काँडाघारीमा रहेको आँखा अस्पताल पछाडि एक युवती रगताम्भे अवस्थामा भेटिएकी थिइन्। अस्...

मुगु – मुगुको गमगढी बजारबाट करिब १ दिनको पैदल दूरीमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका– ८ माग्रीको लेक क्षेत्रमा रहेका बिसे र दूधे ताल ओझेलमा परेका छन्। हलसम्म कुनै पनि माध्यमकाट बाट प्रचारप्रसारमा ...

जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला २४ पुस, जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । विज्ञान प्रयोगशाला सञ...