
विश्व सम्पदा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सम्पदा के हो ?
कुनैपनि राष्ट्रको एतिहाषिक, धार्मिक र प्राकृतिक सौन्दर्य या महत्व झल्काउने स्थल या संरचनाहरूलाई सम्पदा भनिन्छ।
नेपालका चर्चित सम्पदाहरू कुन कुन हुन् ?
नेपालका चर्चित सम्पदाहरू सगरमाथा राष्ट्रिय निकुञ्ज, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथको मन्दिर, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र र काठमाडौँ दरवार क्षेत्र हुन् । हुन त नेपाल सम्पदाहरूको धनी देश हो । तर, युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका कारण यी १० सम्पदाहरू विश्वभरि नै चर्चित छन् ।
किन मनाइन्छ विश्व सम्पदा दिवस ?
विश्वभरि भएका महत्वपूर्ण सम्पदाहरूको बारेमा नयाँ पिँढीलाई जानकारी गराउन, ति सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि पहल गर्न संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा विश्वभरि यो दिवस मनाउन शुरु गरेको हो।
अहिले नेपालको सम्पदाहरूको संरक्षण र सम्वर्द्धन गर्नका लागि के कस्ता चुनौतीहरू छन् त ?
अहिले विकासको नाममा हाम्रो मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिनहरू दिनानुदिन अतिक्रमण हुँदै गइरहेका छन् । हाम्रा देवताका मूर्ति अनि कलाहरु चोरी निकासी भएर विश्व बजारमा बेचिएका छन् । त्यसबाहेक, जीर्ण अवस्थामा रहेका हाम्रा कयौं सम्पदाहरूको सुधारका लागि पर्याप्त अनुदान न आउनु, या आएपनि कार्यान्वयन हुन नसक्नु जस्ता समस्याहरू अहिले हाम्रो सम्पदाको संरक्षणका मुख्य चुनौती हुन पुगेका छन् । सम्बन्धित निकायले यी चुनौतीहरूको यथाशीघ्र समाधान खोज्न जरूरी देखिएको छ ।
के तपाईंलाई लाग्छ कि नेपालका सांस्कृतिक सम्पदाहरूको संरक्षणमा पर्याप्त ध्यान दिइएको छ?
यस वर्षको विश्व सम्पदा दिवसको नारा के हो ?
सन् २०२५ को विश्व सम्पदा दिवसको नारा “"Heritage under Threat from Disasters and Conflicts: Preparedness and Learning from 60 years of ICOMOS Actions" अर्थात् यो विषयवस्तु अन्तर्राष्ट्रिय स्मारक तथा स्थल परिषद् (ICOMOS) को ६०औं वार्षिकोत्सवमा केन्द्रित छ र यसले विगतमा विपद् र द्वन्द्वबाट सांस्कृतिक सम्पदाको संरक्षणमा गरिएका प्रयासहरूलाई प्रकाश पार्दछ। यस दिवसले भविष्यमा सम्पदा संरक्षणका लागि आवश्यक कार्यहरू जस्तै पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, आपतकालीन प्रतिक्रिया तथा पुनःस्थापनाका उपायहरूमा विचार गर्न र प्रतिबिम्ब गर्न प्रेरित गर्दछ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल


नयाँ काम समात्ने उत्साह बढ्नेछ। आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्वपूर्ण कुरा उठ्नेछ। थकानलाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।


साना । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ५८ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टीभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् । आक...

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासङ्घका पदाधिकारीबीच आज शिक्षक आन्दोलन र समस्याको समाधानका विषयमा बालुवाटारमा छलफल भएको छ। विद्यालय शिक्षा विधेयक, २०८१ तुरुन्त पारित गर्नुपर्ने मागसह...

भारत । नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । भारतको पन्जाबमा १३, १४ र १५ अप्रिलमा सो सङ्गठनको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो । ४६ वर्षदेखि प्रवासी नेपालीहरू...

लुम्बिनी — बुटवल–११, माझगाउँकी पिया गहतराजलाई अहिले पर्नु पिर परेको छ । केही समय चटपटे बेचेर जिविका चलाइरहेकी उनलाई स्थानीय टोल विकास समितिले ठेला राख्न नदिएपछि व्यवसाय बन्द भयो । श्रीमानले बसपार्क...
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ...

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्राचीन सम्पदा तथा पुरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन तथा अनुसन्धानमा सहयोग पुग्ने बताए...

मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । का...

खोटाङ – १८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ ।