मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

द्रोण नवमी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नमस्ते गुरवे तुभ्यं शस्त्रास्त्रविदुषां वरम्।
धनुर्वेदप्रदातारं द्रोणाचार्यं नमाम्यहम्॥
"गुरु द्रोणाचार्यलाई नमन छ, जो शस्त्रास्त्रका महान् ज्ञाता हुन्। धनुर्वेद (अर्थात् धनुर्विद्या तथा युद्धकला) का ज्ञानदातालाई म नमन गर्दछु।"
हिउँद ओरालो लाग्दै छ, उत्तरायणमा चलिरहेका सूर्य नारायणको प्रताप बढ्दो छ । माघ मासको शुक्ल पक्षको नवमी तिथिलाई द्रोण नवमीका रूपमा जानिन्छ , यस वर्षको द्रोण नवमीको सबैलाई हार्दिक शुभकामना ।
शालिनदिवाट बज्रयोगिनी सम्मको हरेक वर्ष हुने माधव नारायण पर्व अन्त्रगतको धार्मिक यात्रामा द्रोण नवमीको विशेष भूमिका रहन्छ । आजका दिन तस्मै अर्थात् खिर खाने चलन रहन्छ ।

के तपाईंको जीवनमा पनि द्रोणाचार्य जस्तै कोही शिक्षक हुनुहुन्छ ?
को हुन त द्रोण ?
द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, उहाँले कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्नुहुन्छ। उहाँ महाकाव्यमा चित्रित प्राथमिक सल्लाहकार र योद्धाहरू मध्ये एक हुनुहुन्छ। उहाँ असुरहरूका गुरु शुक्राचार्यका साथै महाबलीका मित्र हुनुहुन्छ। माताको गर्भमा उत्पति नभई द्रोणको उत्पति गर्भ बाहिर भाँडामा भएका कारणले वहाँलाई द्रोण भनिएको हो । संस्कृतमा द्रोणको अर्थ भाँडो भन्ने पनि लाग्दछ ।
कौरव र पाण्डवहरू दुबैका गुरु द्रोणको नाममा यस नवमीको नामकरण गरिएको छ । गुरु बृहस्पतिका पूर्नजन्म मानिने द्रोण युद्धकला र हतियारका अनन्य जानकारी भएका थिए । महाभारतमा विशेष भूमिका रहेको द्रोणको नाममा राखिएको यस नवमीमा सबैको भलो होस् ।






आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी...

परासी — पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्रका उम्मेदवार प्रचारप्रसारका लागि घरदैलोमा पुग्न थालेका छन् । यसरी मत माग्न आएका उम्मेदवारलाई मतदाताले भने पुराना वाचा सम्झाइरहेका छन् । अहिले उम्मेदवा...

सर्वोच्च अदालतले संसद् पुनः स्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गते पेसी तोकिएको भन्न...

सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रक्रियाले देशभरका अन्य मुद्दा पनि प्रभावित हुने देखिएपछि...

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’ का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका प्रमुख...

नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नागढुङ्गाको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको मप्र ०१–००१ ख ७७२१ नं को यात्रुबाहक बस चेकजाँचका क्रममा दुई दशमलव पा...

प्रत्यक्ष्य निर्वाचित कार्यकारी राष्ट्रपति र संविधान संशोधन अथवा पुनलेर्खनको माग राख्दै जनता समाजवादी पार्टी (जसपा) ले २७ वटा बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीको प्रवक्ता मनिष सुम...

वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज नाका हुँदै गत आवको ६ महिनाको तुलनामा चालु आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी रुप...