मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
हरेक वर्षको जनवरी २६ तारिखका दिन विश्वभरि भन्सार दिवस मनाइन्छ ।जनवरी २६ तारिखका दिन भन्सार दिवस मनाइने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिक उत्प्रेरणात्मक अनि जानकारीमूलक कार्यक्रम गरेर भन्सार दिवस मनाइन्छ ।
भन्सार महसुल भनेको के हो ??
दुई देशको सिमानामा एक देशबाट अर्को देशमा मालवस्तु निकासी पैठारी हुँदा लाग्ने महसुललाई भन्सार महसुल भनिन्छ । यो अप्रत्यक्ष कर हो । स्वदेशबाट विदेशमा मालवस्तु पैठारी हुँदा पैठारी महसुल लाग्छ । सामान्यतया सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको लेखाजोखा राख्ने अड्डालाई जनाउँदछ । नेपाललाई दुई ढुङ्गाबिचको तरुलका रूपमा परापूर्वकाल देखि नै व्याख्या गरिदैं आएको छ, भारत र चीनसँग जोडिएका नेपालका धेरै भन्सार कार्यालयहरू छन् ।

तपाईंको दृष्टिकोणमा भन्सार महसुलले देशको अर्थतन्त्रमा कत्तिको योगदान गर्छ?
भन्सार र जिवनयापन
बिहानै उठ्ने बित्तिकै हामीले चिया खाने कपहरू, या प्रयोग गरेका विभिन्न प्रकारका विदेशी रिकापी अर्थात् कचौराहरू, चम्चाहरू, विदेशमा बनेर आयात गरिएका सम्पूर्ण सामानहरू, लत्ताकपडाहरू अनि प्रयोग गरिने मोबाइल लगायत कम्प्युटरहरू यिनै विभिन्न भन्सार कार्यालयहरू हुँदै आयात गरिएका हुन् । यस अर्थमा हाम्रो दैनिक जीवनमा चाहिने बस्तु अनि सेवाहरूको सरल अनि सहज आपूर्तिका लागि भन्सारको ठुलो महत्त्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरू लगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरू अनि हाम्रो भान्सा कोठामा भएका प्रत्येक चिम्टी नुन समेत भन्सारकै नाका भएर आएको हो ।
नेपाल एउटा भूपरिवेष्टित देश भएकाले हामी नेपालीहरुका लागि भन्सारको महत्त्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरूमा आयात या निर्यात गरिने सामानहरूको लेखाजोखा राखिन्छ, देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्ड अनुसार पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजश्वका रूपमा देशले विकास निर्माण, सुरक्षा आदि अनेक देश हितमा सरोकार राख्ने गतिविधिहरूका लागि प्रयोग गर्दछ । हामीले देखेका देश विकासका कदमहरू चाहे ती बाटो, स्कुल बनाउने देखि पुल र अन्य भौतिक पूर्वाधारहरू अनि विकासका अन्य मापदण्डप्रति सरकारको लगानीहरूमा धेरैजसोका श्रोतहरू यिनै राजश्व नै हुन् । चीनसँगका भन्सार नाकाहरु हुँदै या भारतसँगका नाका हुँदै ठुला ठुला मालवाहक गाडीमा आउने सामानहरू हाम्रा जीवनरेखाका रुपमा रहेका छन् ।
भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनतः ठुलो अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरी त्यो उद्देश्य प्राप्ति भए नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरूको विषयमा छलफल गर्दछ । विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजश्व असुलीमा कठिनाइ हुन्छ ।
आयात अनि निर्यातका लागि चीन र भारत दुवै देशसँग व्यापार सम्झौता गरि नेपाल सरकारले कुनै एउटा देश भन्दा पनि समग्र संसारभरबाटै वस्तु तथा सेवाको विनिमय गर्न सफल होस् । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अर्थात् त्रिभुवन विमानस्थललाई अझ वैज्ञानिक अनि सहज बनाउँदै सहज आयात, निर्यातको व्यवस्था गर्न सकोस् । राष्ट्रसेवकहरूको निष्ठामा आँच नआओस् । विश्वमा कम्प्युटर प्रविधिबाट सहज अनि सरल बनाइएको भन्सारका लेखाजोखाका विवरण अनि हिसाबहरू नेपालमा अझै पनि अधिकांश रुपमा पुरानै ढड्डा अनि हस्त लिखित कागजमा भइरहेको छ, प्रविधिले नेपाली भन्सारलाई सर्लक्क बाँध्न सकोस् । नेपालीको हित होस् अनि नेपालको जय होस् ।भन्सार दिवसको शुभकामना !





काठमाडौं । लगातार तीन हारपछि शीर्ष डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ । मनाङले सोमबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा काँक्रेविहार...

सर्लाही। सर्लाही जिल्लाको गोडैता नगरपालिकामा उखु खेतमा भएको भीषण आगलागीबाट ६५ जना किसान प्रत्यक्ष रूपमा पीडित भएका छन्। आगलागीबाट उद्योगलाई बिक्री गर्न तयारी अवस्थामा रहेको करिब २३ बिघा उखु जलेर न...

काठमाडौँ । इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट जोगाउन कानुन बनाउन पहल सुरु गरेको छ । सांसदहरूले पश्चिमी देशहरूले अपनाइरहेका कदमहरूलाई ध्यानमा राख्दै ‘डिजिटल अराजकता’ व...

काठमाडौँ । नेपाली बजारमा चिनियाँ इलेक्ट्रिक गाडीहरूको भीडमा अर्को एक सशक्त प्रतिस्पर्धी थपिएको छ– डोङफेङ नामी भिगो । एमएडब्लू वृद्धिले नेपाल भित्र्याएको यो गाडीले छोटो समयमै १५० भन्दा बढी युनिट बिक...

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका सम्पूर्ण संरचना, नेता–कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न परिपत्रमार्फत निर्देशन दिएको छ...

ताप्लेजुङको फुङलिङ बजारमा रहेको अनमोल ज्वेलर्सबाट चाँदी चोरी भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ फुङलिङ नगरपालिका २ घर भई वीरेन्द्र चोकमा अमृतकुमार विश्वकर्माको नाममा...

काठमाडौं । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ। आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापी...

१२ माघ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ मा हुने चुनाव केन्द्रित हुन ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई सम्बोधन गर्दै परिपत्र गरेका छन् । उनले विशेष महाधिवे...