
हरिपरिवर्तिनी एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
हरिपरिवर्तिनी एकादशीका अन्य नामहरु
हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास छ ।पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो ।

तपाईं एकादशीको दिन केही दान दिने गर्नुहुन्छ ?
भगवान बिष्णुको निन्द्रा र हरिपरिवर्तिनी एकादशी
आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागकोपिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुकोआज पूजा गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ ।
हरिपरिवर्तिनी एकादशीको व्रतकथा
त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादि देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गर्नुभयो। र, तेजस्वी बलिसंग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गर्नुभयो । महाबलीले ती तीन पाइला जमीन आफ्नालागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गर्नुभयो ।तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, मह:लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पद स्वर्गलोकमा राख्नुभयो । अब तेस्रो पदकहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिनुभयो । बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहनुभएको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको हो ।
दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।




काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपाल घरेलु टोली ताजकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ४(० गोल अन्तरले पराजित भएको हो । ताजकिस्तानको सेन्ट्रल रिपब्लिकन...
काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग हार बेहोरेको छ ।

काठमाडौं : बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङले तदारुकता देखाएका छन्। तियानजिनमा उनीहरूबीच भएको भेटवार्ताका क्रम...

काठमाडौँ । डिशहोमले चर्चित थकाली ब्रान्ड ‘मेलुङ थकाली’ सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ । यस साझेदारी अन्तर्गत डिशहोमका सक्रिय ग्राहकले मेलुङ थकालीका सबै आउटलेटहरूमा थकाली परिकारमा १० प्रतिशत व...

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार तथा गठबन्धनको ठूलो दल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई दायाँ सिटमा राखेर चिनियाँ राष्ट्रपति सी चिनफिङको टोलीसँगको संवाद गरे । उक्त संवादमा भारत ...

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ । उहाँ नवलपुर जिल्ला अदालतबाट धरौटी बुझाएर बुधबार रिहा हुनुभए...

काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेसनले चाडपर्वलक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दसैँतिहारलक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम ...

सरकारले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउँदै अब भारत भ्रमणको तयारीमा लाग्ने जनाएको छ। प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि लिपुलेकबारे नेपालको अडान राख्ने सरकारको भनाइ छ। प्रधानमन्...