दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

वामन द्वादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वामन पुजन मन्त्र
देवेश्वराय देवश्य, देव संभूति कारिणे। प्रभावे सर्व देवानां वामनाय नमो नमः।।
जसले भगवान वामनको भक्ति र भक्तिपूर्वक आराधना गर्दछ, भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै सबै दुःखबाट मुक्त गर्नुहुन्छ। विधि अनुसार पूजा गर्नाले सुख, आनन्द र इच्छित फल प्राप्त हुन्छ।
वामन जयन्ती
भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनाश गर्न लिनुभएको थियो।

यो कथामा तपाईंलाई सबैभन्दा प्रेरणादायी पात्र को लाग्छ?
वामन अवतार
वामन अवतारलाई भगवान् विष्णुको एउटा महत्त्वपूर्ण अवतार मानिने गरिन्छ। एक जना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई नै पराजित गर्न थालेपछि भगवान् इन्द्र विष्णु भगवान् समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान् इन्द्र मार्फत दैत्य राजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान् विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाए। भगवान् इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान् विष्णुको वामन अवतारको जन्म भएको हो।
त्यसपछि कश्यप ऋषिहरूसँग आफ्नो संस्कार सिकेका भगवान् वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृग चर्म, मरीचिसँग पलाश दण्ड, आंगिरस सँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डलु,माता अदिति सँग कौपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्य राजा बलिलाई भेट्न गएका हुन्। त्यति बेला दैत्य राजा बलि नर्मदा नदिकै उत्तरी तटमा अश्वमेध यज्ञ गरिरहेका थिए।
वामन अवतार र राजा बलिको कथा
भगवान् वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन् र राजा बलिसँग भिक्षा माग्छन्। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान् त्यहाँ आउने बित्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान् वामनले वलीसँग ३ पाइला भूमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भूमि दिने वचन दिन्छन्। भगवान् वामनले पहिलो पाइलामा स्वर्ग अनि दोस्रो पाइलामा धर्ती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्न आग्रह गर्छन्। सबै थोक गुमाई सकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान् वामनलाई प्रसन्न पार्दछ अनि भगवान् वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्।
त्यसैले पनि भगवान् इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएकोमा भगवान् विष्णुको वामन अवतारको निक्कै महत्त्व रहेको पाइन्छ।
वामन द्वादशी मा व्रत बस्ने र हरिको सुमीरण गर्ने गरिन्छ । सबैलाई शुभकामना छ ।





बेइजिङ । चीनले दोस्रो विश्वयुद्धको स्मरण गर्न आयोजित कार्यक्रममा रुस र उत्तर कोरियाका नेतालाई आमन्त्रण गर्ने आफ्नो निर्णयको बिहीबार बचाउ गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ...

१९ भदौ, काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले बिहीबार दिउँसो दर्ता गराएको फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ । बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक म...

काठमाडौं । गोदावरीमै २०७८ असोजमा भएको पहिलो विधान अधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व नै हाबी थियो । रौनक नै फरक थियो । उनलाई चुनौती दिने कोही थिएन । तर, यसपालि गोदावरीमा त्यस्तो प...

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा फर्कन रोक लगाउने केन्द्रीय कमिटी बैठकको निर्णयमा फरक मत राखेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा...

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जीवनको लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित विषय भएको बताएका छन् । शुक्रबारबाट ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनमा प्...

पाटन (ललितपुर)। कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएका छन्।

काठमाडौँ — भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आएका छन्। उनी साँझ नेपाल आएका हुन् । उनलाई वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले नेपालमा स्वागत गरिन् । गवई प्रधानन्यायाधीश प्रकाशमा...

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले० विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्र लेख्दै आफ्नो सदस्यता नवीकरणप्रति उठाइएका प्रश्नप्रति आपत्ति जनाएकी छन्।