दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
अर्थ
म भगवान शिवलाई प्रणाम गर्छु। हे महादेव, मलाई बुद्धि दिनुहोस् र भगवान रुद्र मेरो मनलाई उज्यालो पारिदिनुहोस् ।

प्रदोष व्रतको कथा सुन्ने/पढ्ने क्रममा तपाईंलाई कुन भाग सबैभन्दा प्रेरणादायी लाग्छ?
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
वर्ष २०८२ चाँही यस दिवसको १९ औं संस्करण हो ।
हरेक प्रकारको मानव वेचविखन अझ विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिरहेको छ । आजको दिनले बिभिन्न कार्यक्रम, र्याली र सभाहरु मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्दछ । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।
मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस २०२५ को नारा: तीनै तहका सरकार मिली गरौ हातेमालोः मानव बेचबिखनको हटाओं दुष्चक्रको जालो। यो नाराले देखाउछ कि संघीय, प्रदेश र स्थानीय – तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ । संयुक्त प्रयास र हातेमालोबाट मात्र मानव बेचबिखनको दुष्चक्र अन्त्य गरेर सुरक्षित, न्यायपूर्ण र मर्यादित समाज बनाउन सकिन्छ ।





गोरखा। यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा मनास्लु हिमाल आरोहणका लागि दुई सय २४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागबाट प्राप्त तथ्याङ्कअनुसार आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण...

२० भदौ, काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ । तर १०औं महाविधेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनमा सहभागी हुन...

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नीति निर्माणको बहस ओझेलमा पर्ने गरी नेतृत्वको बहसलाई चर्चामा ल्याउने कोसिस भएको टिप्पणी गरेका छन् । शुक्रबारबाट सुरु भएको विधान महाधिवेशनमा...
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले घरेलु मैदानमा २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ। नेपाली टिम घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न निकै उत्साहित छ। महिला टोली र क्लब स्त...
एनपिएलको ट्रफी टुर हुने काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको ट्रफी टुरको घोषणा गरेको छ। पहिलो पटक हुन लागेको ट्रफी टुर पूर्वको म...

काठमाडौं। भारतका प्रधानन्यायाधीश भूषण गवईले दुई देशबीच न्यायिक अभ्यास र अनुभव साटासाट हुँदै आएको बताउँदै आगामी दिनमा संवाद र सहकार्य अझै गहिरो बनाउने प्रतिबद्धता जनाएका छन्। नेपाल–इन्डिया जुडिसियल...
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्र सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको उल्लेख गरेका छन् । कीर्तिपुरमा शुक्रबार ...

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा रोक्ने निर्णय गरेको पृष्ठभूमीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशनलाई चासोका साथ हेरिएको छ। पार्टी निर्णयपछि महाधिवेशनमा सह...